काठमाडौं- महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित पञ्चकन्या मन्दिर परिसरमा रहेको ८ आना क्षेत्रफल जग्गामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण सुरु गरिएको छ ।
बागमती प्रदेशको विशेष बजेटबाट प्राप्त एक करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको तीन तल्ले सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले शनिबार विहान संयुक्तरुपमा शिलान्यास गरे ।
‘बर्थिङ्ग सेन्टर’को रुपमा समेत विकास गरी दैनिक बहिरङ्ग र प्रयोगशाला सेवा उपलब्ध गराउने गरी स्वास्थ्य चौकी निर्माण गर्न लागिएको सो वडाका वडाध्यक्ष बाबुराजा महर्जनले बताए ।