विराटनगर : मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।
सिरहाकी २२ वर्षीया चन्द्रीका कुमारी दासकाे हत्या भएकाे प्रहरीले जनाएको छ ।
उनको शव काेठाको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।