स्वास्थ्य डायरी

ललितपुर- ​नेपालमा पहिलो पटक आयोजना गरिएको दुई दिने ऐतिहासिक ‘नेपाल युवा आँखा चिकित्सक सम्मेलन’ सम्पन्न भएको छ। देशभरका ४० वर्षमुनिका युवा आँखा चिकित्सकहरूको साझा मञ्च ‘यंग अप्थाल्मोलोजिष्ट नेपाल’को आयोजनामा ललितपुरको रोयल टुलिप होटलमा जेठ १६ र १७ गते सम्मेलन सञ्चालन भएको हो। “युवा आँखा चिकित्सकहरूमा उत्कृष्टता प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजित यस सम्मेलनमा देशभरका युवा नेत्र विशेषज्ञ, मेडिकल कलेजका रेजिडेन्ट डाक्टर र वरिष्ठ चिकित्सकहरूको व्यापक सहभागिता थियो। सम्मेलनका मुख्य अतिथि एवं वरिष्ठ आँखा चिकित्सक प्रो. डा. सन्दुक रुइतले युवा चिकित्सकहरू नै नेपाली नेत्र चिकित्साको वास्तविक भविष्य भएको बताए। युवा पुस्ताको ऊर्जा र आधुनिक प्रविधिप्रतिको ज्ञानको प्रशंसा गर्दै उनले ‘यंग…

विस्तृतमा...

काठमाडौं- आधुनिक चिकित्सकहरूको नियमन गर्ने संस्था नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सकीय अभ्यास (क्वाकरी) विरुद्ध ‘एन्टी क्वाकरी’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार सोमबार बस्ने काउन्सिलको पूर्ण बैठकमा पेश गर्ने गरी अवैध चिकित्सकीय अभ्यासको परिभाषालाई अझ बृहत्तर बनाउँदै कार्यविधिको मस्यौदा तयार गरिएको हो । उक्त कार्यविधि पारित भएमा काउन्सिललाई विभिन्न विधाका स्वास्थ्यकर्मी तथा स्वास्थ्य व्यवसायीमाथि समेत कारबाहीको प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ । नेपाल मेडिकल काउन्सिलले पछिल्लो समय विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा अनुगमन तथा छापा मारे पनि कारबाही गर्न पर्याप्त कानुनी आधार नपुगेपछि कार्यविधिमार्फत थप व्यवस्था गरेर अघि बढ्ने तयारी गरेको हो । नेपाल मेडिकल काउन्सिल ऐन,…

विस्तृतमा...

काठमाडौं – क्यान्सर उपचारमा नयाँ आशा जगाउने औषधि ‘अमिभान्तामाब’ (amivantamab) ले केही बिरामीमा ट्युमर पूर्ण रूपमा नष्ट गरेको क्लिनिकल परीक्षणले देखाएको छ। औषधि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको हो। यो औषधि ११ देशमा गरिएको क्लिनिकल ट्रायलमा ती बिरामीहरूमा प्रयोग गरिएको थियो, जसमा क्यान्सर अन्य उपचारपछि पनि फर्किएको वा फैलिएको थियो। परीक्षण नतिजाअनुसार एक तिहाइभन्दा बढी बिरामीमा ट्युमरको आकार उल्लेख्य रूपमा घटेको पाइएको छ भने १५ जना बिरामीमा ट्युमर पूर्ण रूपमा हराएको चिकित्सकहरूले बताएका छन्। केही बिरामीमा त केही हप्तामै उल्लेखनीय सुधार देखिएको थियो। लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्रोफेसर केभिन हेयरिङटनले यसलाई “अभूतपूर्व परिणाम” भन्दै सीमित उपचार विकल्प…

विस्तृतमा...

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले इबोला प्रकोप प्रभावित मुलुकहरूमाथि लगाइएका यात्रा प्रतिबन्ध र सीमा बन्दीको पुनर्विचार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको इटुरी प्रान्तस्थित बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक टेड्रोसले यस्ता प्रतिबन्धले रोग नियन्त्रण प्रयासलाई जटिल बनाउने मात्र नभई पारदर्शिता र आपसी विश्वासलाई समेत कमजोर बनाउन सक्ने बताए। उनले ‘विश्वास र पारदर्शिता नै जीवन बचाउने आधार हुन्’ भन्दै इबोला प्रभावित क्षेत्रप्रति अपनाइएका यात्रा तथा सीमा नीतिको पुनः मूल्याङ्कन आवश्यक रहेको उल्लेख गरे। टेड्रोसका अनुसार इबोलाविरुद्ध पूर्ण रूपमा स्वीकृत खोप वा प्रभावकारी औषधिको पहुँच अझै सीमित भए पनि समयमै…

विस्तृतमा...

काठमाडौं – विश्वका विभिन्न देशमा हान्टा भाइरस सङ्क्रमण देखिन थालेपछि नेपाल सरकारले पनि सतर्कता बढाएको छ। हालसम्म नेपालमा हान्टा भाइरस सङ्क्रमण पुष्टि नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रोग निगरानी, स्वास्थ्य सुरक्षा तथा पूर्वतयारीका गतिविधि तीव्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नेपालले आवश्यक तयारी सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रमुख सीमानाकामा निगरानीलाई निरन्तरता दिइएको उनले बताए। “नेपालमा हालसम्म हान्टा भाइरसको सङ्क्रमण पुष्टि भएको छैन। तर, विश्वका केही देशमा सङ्क्रमण देखिएकाले स्वास्थ्य सुरक्षा सतर्कता बढाएका छौँ,” सचिव देवकोटाले भने। आवश्यक परे थप जनशक्ति परिचालन गर्नुका साथै स्वास्थ्यकर्मीलाई…

विस्तृतमा...

तनहुँ- तनहुँको भानु नगरपालिकाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमार्फत छातीसम्बन्धी रोगको पहिचान अभियान सञ्चालन गर्दा २३ जना क्षयरोगका सम्भावित बिरामी फेला परेका छन्। भानु नगरपालिका–३ खहरेस्थित स्वास्थ्य चौकीमा आयोजित एआई प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण शिविरमा ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २३ जनामा क्षयरोगसँग मिल्दोजुल्दो लक्षण तथा संकेत देखिएपछि थप पुष्टि र प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल दमौलीमा रिफर गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। भानु नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको सहकार्य तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा उक्त विशेष स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरको मुख्य उद्देश्य क्षयरोग तथा छातीसम्बन्धी अन्य जटिल रोगलाई…

विस्तृतमा...

बागलुङ – गलकोट नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि रु दुई करोड ७९ लाख रकम स्थानीयस्तरबाटै जुटाइएको छ । अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम सङ्कलन गरिएको हो । गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टङ्कबहादुर केसीका अनुसार अभियानमार्फत हालसम्म रु दुई करोड ७९ लाख ६२ हजार सङ्कलन गरिएको हो । रकममध्ये दुई करोडबाट अस्पतालको जग्गा खरिदमा खर्च गरिएको छ भने रु १९ लाख १० हजारबराबरको एक्स–रे मेसिन खरिद गरिएको छ । समितिका अनुसार हालसम्म रु दुई करोड २१ लाख ७५ हजार खर्च भइसकेको…

विस्तृतमा...

काठमाडौं- बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत सातवटै प्रदेशका ५० वटा विद्यालयमा कक्षा ७ देखि १० सम्म पढ्ने तीन हजार बालबालिकामा अध्ययन गरिएको जानकारी दिए । उनका अनुसार अध्ययनमा १० वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवनमा लागेको पाइएको छ । त्यस क्रममा ५७ प्रतिशत मानिसले बिहान उठ्नबित्तिकै चुरोट खाने गरेको, र ७४ प्रतिशत सेवनकर्ताले चुरोट छाड्न कोशिस गरे…

विस्तृतमा...

चितवन – चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको छ। चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको दोस्रो दिन वैशाखमा सम्पन्न निर्वाचनबाट चयन भएका पदाधिकारीलाई विधिवत रूपमा कार्यभार हस्तान्तरण गरिएको हो। नयाँ कार्यसमितिले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। संघको अध्यक्षमा डा. बद्री रिजाल चयन भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल र सहसचिवमा डा. हुलास अग्रवाल रहेका छन्। प्रदेश संयोजकतर्फ कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल,…

विस्तृतमा...

दोलखा – नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको पाँचौँ वार्षिक साधारण सभा २०८३ जेठ १५ र १६ गते दोलखाको चरिकोटस्थित होटल एम्ब्रोसियामा सम्पन्न भएको छ। औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, महासचिव श्रीधर खनाल, कोषाध्यक्ष सम्राटमान जोशी, केन्द्रीय सदस्य बद्रीप्रसाद खनाल तथा केन्द्रीय सदस्य (महिला) कपिला जोशीलगायतको सहभागिता रहेको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष खण्डेलवालले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै यसले बागमती प्रदेशभरिका औषधि व्यवसायीबीच आपसी एकता, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त…

विस्तृतमा...