काठमाडौं- सरकारले आर्थिक वर्ष ०८३/८४ को वार्षिक कार्यक्रम प्रस्तुत गरिरहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरिरहेको बजेट भाषणमा बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने घोषणा गरेका छन् ।
स्वास्थ्य डायरी
काठमाडाैं- सरकारले सात प्रदेशका सरकारी अस्पताललाई विशिष्कृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । वाग्ले भने, ‘सातै वटा प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टकृत स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने भएको छ ।’ त्यसैगरी कर्मचारी सजयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टकृत स्वास्थ्य सेवामा परिचालन गर्ने बताए ।
काठमाडाैं- स्वास्थ्य बीमा कार्यक्रममा सरकारले १५ अर्ब विनियोजन गरेको छ । निर्माण सुरु भएका अस्पताललाई तीन वर्षमा पूरा गर्ने सरकारले घोषणा गरेको छ ।
काठमाडौं- सरकारले देशका तीन प्रमुख स्वास्थ्य शिक्षण प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाइने बताएका हुन्। उनका अनुसार ती प्रतिष्ठानहरूलाई उच्चस्तरीय चिकित्सा शिक्षा केन्द्रका रूपमा विकास गरी विदेशी विद्यार्थीलाई समेत अध्ययन गर्न सक्ने वातावरण तयार गरिनेछ। सरकारले यी संस्थाहरूलाई अनुसन्धान, उपचार तथा चिकित्सा शिक्षामा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरको केन्द्र बनाउने लक्ष्य लिएको छ।
काठमाडौं- सरकारले राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्युनीकरण गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
काठमाडौं- सरकारले नेपाल औषधि लिमिटेडलाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउँदै थप सुदृढ गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका हुन्। सरकारले देशभित्रै औषधि उत्पादन क्षमता विस्तार गर्दै बाह्य निर्भरता घटाउने र आवश्यक औषधिको आपूर्ति सुनिश्चित गर्ने लक्ष्य लिएको छ। यसका लागि संस्थागत क्षमता अभिवृद्धि, उत्पादन प्रविधि सुधार र उत्पादन विविधीकरणमा जोड दिइने जनाइएको छ।
काठमाडौं – सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा प्रणालीलाई सुधार गरी प्रभावकारी बनाइने बताएका हुन्। सरकारको स्वास्थ्य बीमा कार्यक्रम लामो समयदेखि विभिन्न संरचनागत र कार्यान्वयनगत समस्याका कारण प्रभावकारी बन्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। सेवा प्रवाह, दाबी भुक्तानी ढिलाइ तथा व्यवस्थापनका कमजोरीका कारण कार्यक्रम अपेक्षित रूपमा सफल हुन नसकेको बताइन्छ।
काठमाडौं – सरकारले देशभर मेडिकल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित विभिन्न विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेका चिकित्सा शिक्षाका कोटा बढाउने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मेडिकल शिक्षामा विद्यार्थी भर्ना कोटामा उल्लेख्य वृद्धि गरिने जानकारी दिए। बजेट वक्तव्यअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, महाराजगञ्जस्थित शिक्षण अस्पताललगायत प्रमुख मेडिकल शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्रका रूपमा विकास गरिनेछ। साथै सातै प्रदेशमा मेडिकल शिक्षाको अवसर विस्तार गर्ने सरकारी योजना पनि बजेटमा समेटिएको छ।
काठमाडौँ- नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले आफ्नो ९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको क्यान्सर सचेतनामूलक ‘वाकाथन २०८३’ आज काठमाडौँमा सम्पन्न भएको छ। ‘क्यान्सरमुक्त भविष्यका लागि सँगै हिँडौँ’ भन्ने नारासहित बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएको पदयात्रा विभिन्न मार्ग हुँदै पुनः बसन्तपुरमै पुगेर सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागीहरूले क्यान्सरबारे जनचेतना फैलाउने, समयमै जाँच गराउने र उपचारप्रति सकारात्मक सोच विकास गर्ने सन्देश दिएका थिए। “नेपालीको क्यान्सर उपचार नेपालमै नै” भन्ने मूल नारालाई अघि सार्दै सहभागीहरूले स्वास्थ्य सचेतना अभिवृद्धिमा जोड दिएका थिए। पदयात्रा बसन्तपुरबाट इन्द्रचोक, असन, भोटाहिटी, दरबार हाई स्कुल, न्यू रोड गेट हुँदै पुनः बसन्तपुरमै आएर समापन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका…
काठमाडौँ- आर्थिक सर्वेक्षण २०७२/७३ अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका एक हजार १३६ स्वास्थ्य संस्थामध्ये २०८२ फागुनसम्म एक हजार ५१ संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ । निजी आवास पुनर्निर्माणतर्फ २०८२ फागुनसम्म आठ लाख ३५ हजार १८५ लाभग्राहीको पहिचान गरिएकामध्ये आठ लाख ३४ हजार ३०३ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन् । त्यसैगरी सात लाख ७० हजार ८३८ लाभग्राहीले दोस्रो किस्ता तथा सात लाख ४३ हजार ९८७ लाभग्राहीले अन्तिम किस्ता पाएका छन् । सर्वेक्षणअनुसार हालसम्म सात लाख ७३ हजार ९८७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । यसैगरी जेनजी आन्दोलनबाट सहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्रका १२६ भवनमा सामान्य क्षति र १४४…

