काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले हालका लागि विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले संविधानमा सबै नागरिकलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था उल्लेख भए पनि वर्तमान आर्थिक अवस्थाका कारण तत्काल सबैलाई यस्तो सुविधा उपलब्ध गराउन कठिन रहेको बताए। उनले अहिलेको परिस्थितिमा सबै नागरिकलाई निःशुल्क सेवा दिन नसकिए पनि विपन्न वर्गलाई लक्षित गरेर शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाउनेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे। “हाम्रो संविधानमा निःशुल्क स्वास्थ्य र शिक्षा भनेर लेखिएको छ। तर त्यसअनुसार सेवा प्रदान गर्न आवश्यक बजेटको सुनिश्चितता भएको…
स्वास्थ्य डायरी
काठमाडौं- नेपाल चिकित्सक संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ‘स्वास्थ्य समता शुल्क’ शीर्षकमा ३ प्रतिशत कर असुल्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले उपचारका लागि अस्पताल पुग्ने बिरामीमाथि थप आर्थिक भार पर्ने र यसले बिरामी तथा उनीहरूका आफन्तमाथि अन्याय हुने जनाएको छ। विज्ञप्तिमा विगतमा पनि यस्तै प्रकारको कर व्यवस्था नेपाल चिकित्सक संघको पहलमा फिर्ता गरिएको उल्लेख गर्दै यसपटक पुनः सोही व्यवस्था ल्याइनु दुःखद र खेदजनक भएको बताइएको छ। संघले स्वास्थ्य सेवा लिन आउने बिरामीबाट अतिरिक्त शुल्क असुल्नु उचित नभएको भन्दै सरकारले उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने माग गरेको…
काठमाडौं – नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष करिब ३९ हजार २०० जनाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। विज्ञहरूले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि प्रभावकारी नीतिगत हस्तक्षेपको आवश्यकता औँल्याउँदै पछिल्ला वर्षमा निकोटिनयुक्त नयाँ उत्पादनमार्फत युवापुस्तालाई लक्षित गरिँदै गएको चेतावनी दिएका छन्। विश्व धूमपानरहित दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगलगायत नसर्ने रोगको जोखिम उल्लेखनीय रूपमा बढाइरहेको बताए। उनले सुर्ती नियन्त्रणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिँदै सुर्ती तथा निकोटिनजन्य पदार्थले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार…
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थ तथा निकोटिनजन्य उत्पादनको बढ्दो प्रयोग विश्व जनस्वास्थ्यका लागि गम्भीर चुनौती बनेको भन्दै विशेषगरी युवापुस्तालाई लक्षित गरी गरिने उद्योगहरूको प्रचार रणनीतिप्रति सचेत रहन आग्रह गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६ का अवसरमा जारी सन्देशमा डब्लुएचओकी दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशक डा. क्याथरिना बोहमेले विश्वभर १ अर्ब २० करोडभन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ तथा निकोटिनजन्य उत्पादन प्रयोग गरिरहेको बताएकी छन्। उनका अनुसार यस्ता पदार्थको प्रयोगले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोगलगायतका गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको छ। डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एशिया क्षेत्रमा मात्रै करिब ३२ करोड २० लाख वयस्क र ८६ लाख किशोरकिशोरी सुर्तीजन्य पदार्थ…
काठमाडौं – सरकारले निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक विधेयकमार्फत निजी स्वास्थ्य सेवामा यो नयाँ शुल्क लागू गर्ने व्यवस्था गरेका हुन्। नयाँ व्यवस्थाअनुसार निजी क्षेत्रबाट सञ्चालित अस्पताल, क्लिनिक, नर्सिङ होम, पोलिक्लिनिक तथा अन्य स्वास्थ्य संस्थाले बिरामीबाट लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशतका दरले स्वास्थ्य समता शुल्क असुल गर्नुपर्नेछ। उक्त शुल्क बिरामीलाई जारी गरिने बिलमै समावेश गरिने व्यवस्था गरिएको छ। सरकारले स्वास्थ्य क्षेत्रमा समान पहुँच विस्तार, सेवा गुणस्तर सुधार तथा पूर्वाधार विकासका लागि…
काठमाडौं– सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। रकमका हिसाबले यो अघिल्लो वर्षको तुलनामा वृद्धि भए पनि समग्र राष्ट्रिय बजेटमा स्वास्थ्य क्षेत्रको हिस्सा भने झन् खुम्चिएको देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटअनुसार आगामी आर्थिक वर्षको कुल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। यसमध्ये स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको रकम कुल बजेटको करिब ४.७५ प्रतिशत मात्र हो। अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बजेट ९५ अर्ब १ करोड रुपैयाँ रहेको थियो। त्यसबेला कुल बजेट १९ खर्ब…
काठमाडौं- सरकारले धुलिखेल अस्पताल र डा. भगवान कोइराला नेतृत्वको किओच बाल अस्पताललाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै स्वास्थ्य संस्थालाई गुणस्तरीय उपचार सेवा विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण तथा पूर्वाधार विकासका लागि बजेट उपलब्ध गराइने बताएका हुन्। सरकारले सामुदायिक तथा विशिष्टीकृत स्वास्थ्य संस्थाहरूलाई सुदृढ बनाउँदै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवै वृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ। यसैबीच, सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा लाग्दै आएको कर छुट दिने घोषणा पनि गरेको छ। अर्थमन्त्री वाग्लेले उक्त कर छुटले प्रतिष्ठानको उत्पादन क्षमता विस्तार हुने र स्वदेशमै…
काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले स्वास्थ्य सेवा विस्तार, सामाजिक सुरक्षा तथा स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए। बजेटअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ र स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। सरकारले देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताललाई आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको…
काठमाडौं– कर्णाली प्रदेशका दुर्गम स्थानमा एयर एम्बुलेन्स सञ्चालन हुने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।
काठमाडाैं- सरकारले जलन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पताललाई स्तरोन्नती गर्ने भएको छ ।त्यस्तै, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर गरेको छ ।

