स्वास्थ्य डायरी

जनकपुर – आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन आगामी २ र ३ अक्टोबर २०२६ मा जनकपुरमा आयोजना हुने भएको छ। क्यान्सर उपचार तथा सचेतना सम्बन्धी अन्तर्राष्ट्रिय संस्था विनयताराले विगत आठ वर्षदेखि निरन्तर रूपमा यो सम्मेलन आयोजना गर्दै आएको हो। सम्मेलनको साइन्टिफिक कमिटीले क्यान्सर तथा रक्तरोग (अन्कोलोजी र हेमाटोलोजी) सम्बन्धी नवीन अनुसन्धान, क्लिनिकल अनुभव तथा उपचार क्षेत्रमा भएका प्रगतिबारे अनुसन्धानकर्ताहरूलाई अब्स्ट्र्याक्ट पेश गर्न आह्वान गरेको छ। चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूले मौलिक अनुसन्धान, गुणस्तर सुधार परियोजना, उपचार परिणामसम्बन्धी अध्ययन, शैक्षिक अनुसन्धान तथा दुर्लभ केस रिपोर्ट वा केस सिरिजसम्बन्धी अध्ययनहरू पेश गर्न सक्नेछन्। आयोजक विनयताराका अनुसार उत्कृष्ट १५ वटा अब्स्ट्र्याक्ट छनोट गरी प्रत्येकलाई सम्मेलनमा सहभागी…

विस्तृतमा...

काठमाडौँ – एचआइभी सङ्क्रमित व्यक्तिप्रति हुने लाञ्छना, विभेद र गलत धारणाका कारण उनीहरू अझै पनि स्वास्थ्य तथा सामाजिक अधिकारबाट वञ्चित हुनुपरेको सरोकारवालाहरूले बताएका छन्। ‘एचआइभी, मलेरिया र क्षयरोगसँग सम्बन्धित लाञ्छना तथा भेदभाव अन्त्यका लागि मानव अधिकारमुखी रिपोर्टिङ’ विषयक कार्यक्रममा वक्ताहरूले एचआइभी सङ्क्रमितमाथि हुने भेदभाव अन्त्य गर्न सरकार, सञ्चार माध्यम र समुदायबीच साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका हुन्। कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा अझै पनि सङ्क्रमित व्यक्तिमाथि हुने विभेदका कारण उनीहरूलाई समाजमा स्थापित हुन कठिनाइ भइरहेको बताए। उनका अनुसार हाल नेपालमा एचआइभी सङ्क्रमितको संख्या ३४ हजार ३३७ पुगेको छ भने प्रत्येक वर्ष करिब…

विस्तृतमा...

काठमाडौं – सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारी अस्पतालहरूमा देखिन थालेको छ। नियमित बहिरङ्ग (ओपीडी) सेवा हप्तामा दुई दिन बन्द हुँदा बाँकी पाँच दिनमा बिरामीको अत्यधिक चाप बढेको छ। उपचारका लागि अस्पताल पुग्ने बिरामीहरूले टिकट लिनेदेखि चिकित्सक भेट्नेसम्म घण्टौं कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। राजधानीको सबैभन्दा ठूलो सरकारी अस्पताल वीरमा आइतबार बिरामी र आफन्तको भीडसँगै अन्योल, असन्तुष्टि र व्यवस्थापनको कमजोरी प्रस्ट देखिन्थ्यो। अस्पतालको पुरानो भवन मर्मतका लागि जालीले घेरिएको छ भने आकस्मिक कक्षअगाडिको सडकसमेत निर्माणाधीन रहेकाले आवतजावत गर्न कठिन भएको छ। बौद्धबाट बिरामी लिएर आएका एक आफन्त आकस्मिक कक्ष पुग्ने बाटो नपाएर अस्पताल…

विस्तृतमा...

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले आवासीय चिकित्सक (रेसिडेन्ट) र इन्टर्नहरूको कार्यअवधि कानुनी सीमाभित्र राख्न तथा उनीहरूले पाउनुपर्ने निर्वाह भत्ता (स्टिपेन्ड) नियमित रूपमा उपलब्ध गराउन चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेको छ। काउन्सिलले आइतबार आयोगका उपाध्यक्षलाई पत्र पठाउँदै ‘रेगुलेसन्स फर पोस्टग्रेजुएट मेडिकल एजुकेसन–२०१७’ मा उल्लेखित व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गराउन आवश्यक पहल गर्न अनुरोध गरेको हो। काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा हस्ताक्षरित पत्रमा कतिपय शिक्षण अस्पतालहरूले कानुनले तोकेको सीमाभन्दा बढी समयसम्म आवासीय चिकित्सक र इन्टर्नहरूलाई काममा खटाउने गरेको उल्लेख गरिएको छ। साथै, उनीहरूले पाउनुपर्ने मासिक निर्वाह भत्ता पनि नियमित रूपमा भुक्तानी नभएको गुनासो बढ्दै गएको काउन्सिलले जनाएको छ। काउन्सिलले अत्यधिक कार्यबोझ…

विस्तृतमा...

काठमाडौँ – विज्ञहरूले नेपालमा आँखा उपचार सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भए पनि अन्धोपनको जोखिम अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको बताएका छन्। नेपाल नेत्रज्योति सङ्घको ३०औँ केन्द्रीय सभाको अधिवेशनमा सहभागी विशेषज्ञहरूले अन्धोपनको दरमा केही कमी आए पनि जनसङ्ख्याको आकारका कारण जोखिम अझै उच्च रहेको बताएका हुन्। कार्यक्रममा बोल्दै वरिष्ठ नेत्ररोग विशेषज्ञहरूले औसत आयु बढ्दै जानु, उच्च रक्तचाप तथा मधुमेहका बिरामीको सङ्ख्या वृद्धि हुनुजस्ता कारणले नेपालमा आँखासम्बन्धी समस्या बढ्दै गएको उल्लेख गरे। उनीहरूले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय आँखा उपचार सेवाको पहुँच थप विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए। वक्ताहरूले नेपालको आँखा उपचार सेवा अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय रहेको उल्लेख गर्दै…

विस्तृतमा...

विराटनगर – विराट मेडिकल कलेज टिचिङ हस्पिटलको जठरान्त्र शल्यचिकित्सा विभागको आयोजनामा दीर्घकालीन अग्न्याशयशोथ (क्रोनिक प्यान्क्रियाटाइटिस) सम्बन्धी विशेष निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम भएको छ। शनिबार सञ्चालन भएकाे ‘दीर्घकालीन अग्न्याशयशोथसम्बन्धी नवीन जानकारी’ विषयक यस पूर्णदिवसीय कार्यक्रममा अग्न्याशयको दीर्घकालीन रोगको पहिचान, उपचार तथा व्यवस्थापनका आधुनिक विधिबारे विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति दिएका थिए। कार्यक्रममा दीर्घकालीन अग्न्याशयशोथको उन्नतस्तरको तस्बिर परीक्षण, इन्डोस्कोपीमार्फत गरिने उपचार, शल्यचिकित्साका रणनीति तथा फ्रे प्रक्रिया, रोग पुनः दोहोरिने अवस्थाको व्यवस्थापन र नियमित अनुगमन, बालबालिकामा देखिने अग्न्याशयसम्बन्धी समस्या, सानो चिराबाट गरिने शल्यचिकित्सा विधि तथा यस क्षेत्रमा भएका महत्त्वपूर्ण अनुसन्धान र प्रमाणमा आधारित उपचार पद्धतिबारे विस्तृत छलफल भइरहेको थियाे। अस्पतालका अनुसार कार्यक्रममा विभिन्न विधाका…

विस्तृतमा...

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी कार्यक्रमहरू सार्वजनिक गरेको छ। महानगरभित्र बढ्दो सवारी चाप, साँघुरा सडक तथा बदलिँदो जीवनशैलीका कारण देखिएका स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न ‘बाइक एम्बुलेन्स’ सेवादेखि मानसिक स्वास्थ्य ‘कल सेन्टर’ सञ्चालनसम्मका योजना अघि सारिएको छ। नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्र छिटो र प्रभावकारी आपत्कालीन स्वास्थ्य सेवा पुर्‍याउन बाइक एम्बुलेन्स सञ्चालन गर्ने योजना समावेश गरिएको हो। महानगरका अनुसार काठमाडौंका धेरै क्षेत्रमा सडक साँघुरा हुनुका साथै ट्राफिक जामको समस्या बढ्दो क्रममा रहेकाले परम्परागत एम्बुलेन्स समयमै घटनास्थल…

विस्तृतमा...

बाँके – पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष (एनआइसीयू) विस्तार गरिने भएको छ । हाल अस्पतालमा रहेका आठ एनआइसीयू शय्यालाई बढाएर २० शय्यासम्म पुर्‍याउने लक्ष्यका साथ आवश्यक उपकरण थप गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिए । उनका अनुसार, अहिले एनआइसीयू शय्याको अभावका कारण जटिल स्वास्थ्य समस्या भएका नवजात शिशुलाई अन्य अस्पतालमा प्रेषण (रेफर) गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । सेवा विस्तारपछि अस्पतालले आफ्नै स्रोतसाधनमार्फत थप शिशुलाई उपचार सेवा दिन सक्नेछ भने अन्य अस्पतालबाट प्रेषित भई आउने शिशुलाई एनआइसीयू सेवा…

विस्तृतमा...

नवलपरासी – भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् । विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन् । नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका–१४ को सहिद स्मृतिलाई विसं २०८१ मा उपलब्ध गराएको रु एक करोड २० लाख मूल्य बराबरका ६ वटा डायलासिस प्रयोगविहीन छन् । आर्थिक अभाव र मेसिन सञ्चालनका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पतालले बताएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताए । त्यसैगरी…

विस्तृतमा...

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’का क्रममा देशभर १८ हजारभन्दा बढी बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको पोषण शाखाले अभियानको तथ्याङ्क सार्वजनिक गर्दै १८ हजार ३०९ बालबालिकामा कडा शीघ्र कुपोषण भेटिएको जनाएको हो। पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार अभियानअन्तर्गत १० लाख ३५ हजार २०१ बालबालिकाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ८८ हजार २०५ बालबालिकामा शीघ्र कुपोषण समेत देखिएको छ। सरकारले गत वैशाख १५ देखि जेठ १५ गतेसम्म ६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका बालबालिकाको पोषण अवस्था परीक्षण, शीघ्र कुपोषणको समयमै पहिचान तथा उपचारका लागि अभियान सञ्चालन गरेको थियो।…

विस्तृतमा...