काठमाडौं – नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले देशभर क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रीले संसदलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद थपलियाले क्यान्सरका बिरामीहरूले औषधि अभावका कारण उपचारमा गम्भीर समस्या भोगिरहेको बताइन्। यसअघि स्वास्थ्य मन्त्रीले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिएको जानकारी आए पनि बिरामीहरूले अझै औषधि नपाएको गुनासो गरिरहेको उनको भनाइ थियो। उनले हाल सिस्प्लाटिन नेपालका कुन–कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ भन्ने जानकारी तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरिन्। साथै यस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव भविष्यमा दोहोरिन नदिन सरकारको तत्कालीन तथा…
स्वास्थ्य डायरी
काठमाडौँ- चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिएअनुसार सेवामा खटाउन अनुरोध गरेको छ। आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई सोमबार पत्राचार गरेर चिकित्सकको कार्यबोझ अत्यधिक समय कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक असर परेको भन्ने गुनासाहरू आयोगमा प्राप्त भएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रही सेवामा खटाउने व्यवस्था गरेर यथाशीघ्र आयोगलाई जानकारी गराउनका लागि निर्देशन दिएका छन्। त्यसैगरी, आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नसिप भत्ता विभिन्न शिक्षण संस्थामा समान नभई कतिपय मेडिकल कलेजको इन्टर्नसिप भत्ता अति न्यून रहेको भन्ने गुनासो आएको जनाएको छ। आयोगले गुनासोका सम्बन्धमा मेडिकल कलेजले आफ्नो…
हुम्ला- हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित मासपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति सेवा सञ्चालनमा नआउँदा स्थानीय महिला अझै पनि जोखिमपूर्ण अवस्थामा घरमै सुत्केरी हुन बाध्य भएका छन्। बर्थिङ सेन्टर स्थापना भएको झन्डै आठ वर्ष बितिसक्दा पनि सरकारी स्वीकृतिको अभावमा सेवा सुरु हुन नसकेको गुनासो स्थानीयको छ। जिल्लाकै दुर्गम बस्तीमध्ये एक मानिने मासपुरमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीसहित तीन जनाको दरबन्दी भए पनि अधिकांश समय एक जना स्वास्थ्यकर्मीले मात्रै सेवा दिँदै आएको स्थानीय बताउँछन्। सीमित जनशक्ति र न्यून स्वास्थ्य सुविधाका कारण मातृ तथा शिशु स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ छ। २६ घरधुरी रहेको मासपुर गाउँका बासिन्दासँगै कुवाडीखोलापारि पर्ने बाजुराको बौडी…
काठमाडौँ- सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन् । पोर्टलमा अद्यावधिक गरिएको जानकारीअनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल २३ हजार ४५६ वटा शैय्या उपलब्ध छन् । सो सङ्ख्याको १० प्रतिशतअर्थात् दुई हजार ३५६ शैय्या पूर्णतः निःशुल्क उपलब्ध छन् । उपलब्ध कुल निःशुल्क शैय्यामध्ये हाल ३५४ शैय्यामा बिरामी छन् । यसरी तत्काल…
काठमाडौँ– चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो । नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो…
काठमाडौं – बजारमा अभाव देखिएको प्लेटिनम–आधारित औषधि कार्बोप्लाटिन अब काठमाडौं, भक्तपुर र चितवनका तोकिएका वितरण केन्द्रमार्फत सहज रूपमा उपलब्ध हुने भएको छ। यति फार्माकेम डिष्ट्रिब्युटर्स प्रालिले औषधि व्यवस्था विभागलाई पत्राचार गर्दै उक्त औषधि विभिन्न स्थानका सम्पर्क व्यक्तिहरूको समन्वयमा उपलब्ध गराइने जानकारी दिएको हो। कम्पनीका अनुसार चितवनस्थित ए प्लस मेडिको, भक्तपुरस्थित वाशा मेडिकेयर प्रा.लि. तथा काठमाडौंस्थित यतिकेम डिष्ट्रिब्युटर्समार्फत कार्बोप्लाटिन उपलब्ध गराइनेछ। सम्बन्धित सम्पर्क व्यक्तिहरूसँग समन्वय गरी औषधि सहज रूपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको पत्रमा उल्लेख छ। औषधि अभावको अवस्था देखिएपछि वितरण प्रणालीलाई सहज बनाउन तथा आवश्यक औषधि उपलब्ध गराउने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यति फार्माकेम डिष्ट्रिब्युटर्स प्रा.लि.ले…
काठमाडौँ- औषधि व्यवस्था विभागले नवीकरण नगरेका ५ हजार ३०२ औषधि पसलको दर्ता स्वतः खारेज भएको जनाएको छ। विभागले आज ती पसलहरूको प्रमाणपत्र म्याद समाप्त भई स्वतः रद्द भएको भन्दै सूची सार्वजनिक गरेको हो। औषधि ऐन २०३५ को दफा ११ (संशोधित व्यवस्था) अनुसार औषधि उत्पादन अनुज्ञा पत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि, नवीकरण तथा सम्बन्धित प्रक्रिया नयाँ व्यवस्था अनुसार लागू गरिएको विभागले जनाएको छ। विभागका अनुसार पहिले म्याद समाप्त भएको ३५ दिनभित्र नवीकरण गर्न सकिने र त्यसपछि ३ महिनासम्म २५ प्रतिशत विलम्ब शुल्क तिरेर नवीकरण गर्ने व्यवस्था थियो। तर संशोधित व्यवस्थाअनुसार अब म्याद समाप्त हुनुअघि नै नवीकरण गरिसक्नुपर्ने र नगरे स्वतः…
काठमाडौं- भारत सरकारले अत्यावश्यक क्यान्सर उपचारमा प्रयोग हुने दुई प्रमुख केमोथेरापी औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको मूल्य ५० प्रतिशतले बढाउने निर्णय गरेको छ। भारतको औषधि मूल्य निर्धारण निकायले बजारमा ती औषधिको अभाव चर्किएपछि उत्पादन निरन्तरता र उपलब्धता सुनिश्चित गर्न यस्तो कदम चालेको हो। तर नेपालमा अवस्था फरक छ। यहाँ यी औषधिको मूल्य वृद्धि त भएको छैन, तर बिरामी र चिकित्सकहरूका अनुसार बजारमा पर्याप्त उपलब्धता पनि छैन। परिणामस्वरूप क्यान्सरका बिरामीहरू उपचार ढिलाइ, महँगो विकल्प रोज्नुपर्ने बाध्यता र अनिश्चितताको मारमा परिरहेका छन्। भारतले किन बढायो मूल्य ? भारतमा पछिल्ला महिनाहरूमा प्लाटिनमको अन्तर्राष्ट्रिय मूल्य तीव्र रूपमा बढ्यो। सिस्प्लाटिन र कार्बोप्लाटिन उत्पादनका लागि प्लाटिनम मुख्य…
काठमाडौं- स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवाप्रदायक २०२ अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। बोर्डका अनुसार विगत आर्थिक वर्षदेखि बाँकी रहेका स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको छ। यसबाट स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास बढाउनुका साथै कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार गत जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत एक अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड…
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् र महत्त्वपूर्ण निकायहरूमा रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न स्वास्थ्य परिषद्का साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त पदहरूका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो। मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य सचिव तथा नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन माग गरिएको छ। सोही प्रकारले नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा पनि अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको…

