स्वास्थ्य डायरी

काठमाडौं- कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले नेतृत्व पाएको छ। विश्वविद्यालयको सभाले योग्यताक्रममा पहिलो स्थान हासिल गरेका प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गरेको छ। सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले योग्यताक्रमसहितको सिलबन्दी प्रतिवेदन सहकुलपति तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत विश्वविद्यालय सभामा पेश गरेका थिए। कानुनी व्यवस्थाअनुसार पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नियुक्त गर्दै मन्त्री पोखरेलले निर्णय सार्वजनिक गरेका हुन्। मन्त्री पोखरेलले नियुक्ति प्रक्रिया चिकित्सा क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको बताउँदै नवनियुक्त पदाधिकारीको नेतृत्वमा यही वर्षदेखि विश्वविद्यालयमा शैक्षिक र प्रशासनिक गतिविधि सञ्चालन हुने विश्वास व्यक्त गरे। सहिद…

विस्तृतमा...

काठमाडौं – काठमाडौंका दुई अस्पतालमा उपचारका लागि पुगेका दुई जनामा हैजाको शंका देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निगरानी बढाएको छ। महाशाखाका अनुसार मंगलबार सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा पुगेका एक जना र सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा उपचारका लागि पुगेका अर्का एक जनामा आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत हैजाको प्रारम्भिक संकेत देखिएको हो। दुवै बिरामी झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल पुगेका थिए। रोग निगरानी शाखाका प्रमुख हेमराज पाण्डेका अनुसार उनीहरूको नमूनाको कल्चर परीक्षण भइरहेको छ र रिपोर्ट आउन करिब ४८ घण्टा लाग्नेछ। उनले आरडीटीको नतिजामात्रका आधारमा हैजा पुष्टि गर्न नमिल्ने भएकाले अन्तिम निष्कर्ष कल्चर…

विस्तृतमा...

विराटनगर – विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर बिरामीको पुनःस्थापना सेवालाई थप सुदृढ बनाउन अंकोलोजी फिजियोथेरापी विशेषज्ञ अस्मिता श्रेष्ठलाई सेवा सुरु गराएको छ। अस्पतालका अनुसार अंकोलोजी फिजियोथेरापीमा उच्च शिक्षा हासिल गरेकी श्रेष्ठ नेपालकी पहिलो विशेषज्ञ फिजियोथेरापिस्ट हुन्। उनले अब अस्पतालको फिजियोथेरापी विभागबाट क्यान्सर बिरामीलाई परामर्श तथा उपचार सेवा प्रदान गर्नेछिन्। अस्पतालले शल्यक्रिया, किमोथेरापी वा अन्य उपचारपछि धेरै क्यान्सर बिरामीले शारीरिक कमजोरी, अंग चलाउन कठिनाइ तथा दैनिक जीवनमा फर्किन समस्या भोग्ने भएकाले यस्तो विशेषज्ञ सेवाको आवश्यकता रहेको जनाएको छ। श्रेष्ठको आगमनसँगै उक्त क्षेत्रमा रहेको सेवाको अभाव कम हुने विश्वास अस्पतालले व्यक्त गरेको छ। श्रेष्ठले काठमाडौं मेडिकल कलेज स्कुल…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा बोर्डमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। पदाधिकारी सिफारिस समितिको निर्णयअनुसार नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार, स्वास्थ्य बिमा बोर्डको अध्यक्ष तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि वर्णानुक्रममा नामावली सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। सार्वजनिक सूचीअनुसार नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिस्ट्रार पदका लागि सात–सात जना तथा उपाध्यक्ष पदका लागि पाँच जना उम्मेदवार छनोट भएका छन्। स्वास्थ्य बिमा बोर्डको अध्यक्षका लागि पाँच जना र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक…

विस्तृतमा...

काठमाडाैँ – कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबिच उत्तरपूर्वी इटुरी प्रान्तस्थित रुवाम्पारा सामान्य अस्पतालको इबोला उपचार केन्द्रमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मीले दुई महिनादेखिको तलब र भत्ता नपाएको भन्दै हडताल गरेका छन्। यस घटनाले देशको इबोला नियन्त्रण अभियानमा थप चुनौती थपिएको छ। कङ्गोले गत मे महिनादेखि स्वीकृत उपचार वा खोप उपलब्ध नभएको इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिविरुद्ध सङ्घर्ष गरिरहेको छ । गत साता स्वास्थ्यमन्त्री रोजर कम्बाले सङ्क्रमण थप दुई प्रान्तमा फैलिएको जानकारी दिएका थिए। प्रकोपको केन्द्र मानिएको रुवाम्पारा अस्पतालमा हडतालमा उत्रिनेहरूमा महामारीविद्, सङ्क्रमितको खोज तथा अनुगमनमा खटिएका कर्मचारी, चालक र शव व्यवस्थापनमा संलग्न कामदारसमेत छन्। उनीहरूले सरकारले तलब र भत्ता उपलब्ध…

विस्तृतमा...

कञ्चनपुर- कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टका अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । उनका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल ७० जनामा सङ्क्रमण देखिएको छ । जसमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा…

विस्तृतमा...

काठमाडौँ – प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्। संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले स्वास्थ्य बीमाको असफलता, बीमाको तथ्याङ्क र व्यावसायिक घरानाको एकाधिकारका कारण सिर्जना हुन सक्ने वित्तीय जोखिमबारे सरकार र नियामक निकायको ध्यानाकर्षण गराएका हुन् । सांसद तामाङले बीमाको पहुँचका सम्बन्धमा सरकारी दाबी र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको उल्लेख गरे। बीमाको पहुँच ५१ प्रतिशत पुगेको भनिए पनि व्यवहारमा २० प्रतिशतको हाराहारीमा मात्र देखिएको तर्क गर्दै उनले पहुँच विस्तारका लागि ठोस योजना आवश्यक रहेको बताए। बैठकमा उनले नेपालको अर्थतन्त्र…

विस्तृतमा...

काठमाडौं- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः सुरु भएपछि गरिएको पहिलो कलेजो प्रत्यारोपण सफल भएको छ भने प्रत्यारोपण गराएकी काठमाडौंको असन निवासी गंगा श्रेष्ठ स्वस्थ भएर घर फर्किएकी छन्। गत असार १९ गते कलेजो प्रत्यारोपण गरिएकी श्रेष्ठ प्रत्यारोपणको ११ औँ दिन असार २९ गते अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनलाई आधा कलेजो दान गरेका उनका देवर सञ्जय श्रेष्ठ भने प्रत्यारोपणपछि छैटौँ दिनमै घर फर्किएका थिए। कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहका अनुसार दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य र सन्तोषजनक छ। प्रत्यारोपणपछि दाता र ग्रहणकर्ता दुवैले आफ्नै…

विस्तृतमा...

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले देशको जलन (बर्न) उपचार प्रणाली प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले बर्न वार्ड विस्तारको घोषणा मात्रै पर्याप्त नहुने भन्दै दक्ष जनशक्ति, उपकरण र उपचार प्रणाली सुदृढ गर्न जोड दिइन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री कार्यालयले विभिन्न अस्पतालमा बर्न वार्ड पूर्ण रूपमा सञ्चालन गर्न निर्देशन दिएको भनिए पनि सम्बन्धित निकायहरूले औपचारिक जानकारी नपाएको उल्लेख गरिन्। यदि त्यस्तो निर्णय भएको हो भने सार्वजनिक गर्न र नभएको भए भ्रम चिर्न सरकारसँग आग्रह गरिन्। उनले कीर्तिपुर बर्न अस्पताललाई राष्ट्रिय बर्न प्रशिक्षण केन्द्रका रूपमा विकास गरी देशभरका स्वास्थ्यकर्मीलाई कम्तीमा एक वर्ष वा…

विस्तृतमा...

काठमाडौं- नेपालमा जलन (बर्न) अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको भन्दै विशेषज्ञहरूले समयमै प्राथमिक उपचार र विशेषज्ञ सेवा विस्तारमा जोड दिएका छन्। पछिल्लो समय आत्मदाहका घटनासँगै जलनका कारण हुने मृत्यु बढिरहेका बेला उपचार प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता झन् बढेको उनीहरूको भनाइ छ। कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं वरिष्ठ प्लास्टिक सर्जन डा. विशाल कार्कीका अनुसार अस्पतालमा सबैभन्दा धेरै आगोले पोलेका बिरामी आउने गर्छन्। त्यसपछि तातो तेल, पानी वा दूधले पोलेका, करेन्ट लागेका, एसिड तथा रसायनका कारण जलेका र चट्याङबाट घाइते भएका बिरामी उपचारका लागि आउने गरेका छन्। उनले जलनपछि पहिलो २० देखि ३० मिनेटसम्म पोलेको भागमा बगिरहेको…

विस्तृतमा...