

काठमाडौं – सरकारले विभिन्न सरकारी निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव दिवस आचार्यको कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ। आचार्यले अब कोशी प्रदेश सरकारअन्तर्गत रहेर जिम्मेवारी सम्हाल्नेछन्।
आचार्यको स्थानमा गोविन्दप्रसाद अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ल्याइएको छ। अधिकारी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।
सरकारले गरेको पछिल्लो सहसचिव सरुवाअन्तर्गत अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारी दिइएको हो।



