काठमाडौं- १३ वर्षअघि मिर्गौला र कलेजो जस्ता संवेदनशील अंग प्रत्यारोपणका लागि विशिष्टिकृत सेवा दिने उद्देश्यले स्थापना गरिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अझै आफ्नै भवनविहीन छ । वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जग्गा नपाएर सेवा विस्तारमा असहज भएको गुनासो पुनः दोहोर्याए । श्रेष्ठले विगत १३ वर्षमा ८ जना प्रधानमन्त्री, २० स्वास्थ्य मन्त्री र ३० भन्दा बढी सचिवलाई बारम्बार आग्रह गर्दा पनि केन्द्रका लागि उपयुक्त जग्गा पाउन नसकेको बताए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि ढिलाइको स्वीकारोक्ति गर्दै स्थानीय तहलाई छिटो निर्णय गर्न चेतावनी दिए । प्रत्यारोपण केन्द्रलाई जमिन…
स्वास्थ्य डायरी
काभ्रेपलान्चोक- बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । बिरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक युनिट रगतसमेत दिन नसकेको जनाइएको छ । केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । ‘केन्द्रमा एक युनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ’, केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भने । उनका अनुसार रगतका लागि बिहीबार बिहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ । रगतको मुख्य बैंकका रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालितको उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उनले बताए । रेडक्रसले सात सय…
कञ्चनपुर- भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिममा छ । छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले स्थानीय सङ्क्रमणभन्दा आयातित औलो सङ्क्रमित बिरामी बढिरहेको बताए । “यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइबाट भन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ”, उनले भने, “पछिल्ला केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।” उनले औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको भए पनि यसको न्यूनीकरण गर्न कठिनाइ रहेको बताए । “नेपालबाट भारत रोजगारीमा जानेहरू औलो सङ्क्रमित भएर यहाँ…
काठमाडौं – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली कामदारहरूलाई लक्षित गर्दै निःशुल्क ओपीडी क्लिनिक सेवा सुरु गरेको छ। साथै, चौबिसै घण्टा उपलब्ध हुने अनलाइन स्वास्थ्य परामर्श सेवा पनि सुरु गरिएको छ। केन्द्रको १३औं वार्षिक उत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त सेवाहरूको औपचारिक उद्घाटन गरे। कार्यक्रममा मन्त्री पौडेलले नेपालमा मात्र होइन, विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि सहज रूपमा स्वास्थ्य परामर्श सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले टोल फ्री कल तथा सामाजिक सञ्जाल (सोसल मिडिया) को माध्यमबाट विदेशबाटै परामर्श लिन मिल्ने व्यवस्था गरिएको जानकारी दिए। उक्त सेवा श्रम, रोजगार तथा…
काठमाडौं – नेपाल चिकित्सक संघले सरकारले वेवास्ता गरेको र आवासीय चिकित्सकलाई दिइनुपर्ने भत्ता अहिलेसम्म नपाएको भन्दै आन्दोलनलाई जारी राखेको छ । संघले आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गर्न आह्वान गरेको छ। सोही अनुरूप संघका पदाधिकारीहरू अस्पताल पुगेर सूचना टाँसिरहेका छन् भने आवासीय चिकित्सकहरु काम छाडेर बसेका छन्। संघले आज अत्यावश्यक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्दै काठमाडौंका लागि माइतीघर मण्डलामा धर्ना र अन्य जिल्लामा प्रशासन कार्यालय अगाडि धर्ना दिन आह्वान गरेको छ ।
काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवास्ता र आवासीय चिकित्सकलाई दिइनुपर्ने भत्ता अझै नपाएको भन्दै आफ्नो आन्दोलनलाई जारी राख्ने घोषणा गरेको छ । संघले आजको घेराउ कार्यक्रममा सहभागी भएका सम्पूर्ण चिकित्सकहरुलाई धन्यवाद दिँदै भोली पनि आन्दोलन यथावत् रहने जनाएको छ । संघले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णयअनुसार आवासीय चिकित्सकहरुले पाउनुपर्ने निर्वाह भत्ता हालसम्म नपाएको र विभिन्न ठाउँबाट धम्कीसमेत आएको कारणले हामी आन्दोलनमा उत्रिनु परेको हो ।” संघले भाेलि वैशाख १२ गते सबै निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज तथा अन्य स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक सेवा (जस्तै आकस्मिक र सघन उपचार…
– डा. तेजसु सिंह मल्ल नेपाल सरकारका अभिभावक तथा सम्माननीय प्रधानमन्त्रीको अग्रसरतामा भएको सहमति अनुरुप, चिकित्सा शिक्षा आयोगले तथ्यपरक र यथार्थताका आधारमा निर्णय गरेको हो । यो निर्णयले चिकित्सा शिक्षामा देखिँदै आएको विकृति र विसंगतिलाई न्यूनिकरण गर्ने उद्देश्य राख्दछ । तर, निजी मेडिकल कलेजहरूले यो निर्णयलाई नमान्ने प्रयास गर्दै, राज्यको निर्णयलाई चुनौती दिने अस्वाभाविक र अस्वाभवीय व्यवहार देखाएका छन् । नेपाल सरकारले गम्भीर रूपमा मनन गरी उक्त निर्णयको अक्षरसः कार्यान्वयन गर्ने वातावरण तयार गर्न अत्यन्तै ढिला हुँदै गएको विद्यमान अवस्था छ। राज्यले आवासीय चिकित्सकहरूलाई सरकारी सरहको निर्वाह भत्ता दिने ऐतिहासिक निर्णय गरेर चिकित्सा क्षेत्रलाई थप व्यवस्थित बनाउने दिशामा ठोस कदम…
काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता नदिए तालुकदार मन्त्रालयसँग सम्बन्धित कुनै पनि काम अघि नबढ्ने चेतावनी दिएका छन्। बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री पौडेलले सरकारको निर्णय जुनसुकै हालतमा पनि कार्यान्वयन हुने दोहोर्याए। उनले गत माघ २५ गते चिकित्सा शिक्षा आयोगको बैठकले गरेको निर्णयअनुसार निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ भत्ता दिनुपर्ने बताए । साथै साे निर्णय पालना नगर्ने मेडिकल कलेजहरूसँग कुनै किसिमको सहकार्य नहुने बताए। “निजी मेडिकल कलेजले सरकारको निर्णय नमान्ने भए मन्त्रालयमा उनीहरूसँग सरोकार राख्ने कुनै पनि काम…
काठमाडौं – निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सक र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच स्वास्थ्य मन्त्रालयमा वार्ता जारी छ । चिकित्सकहरुले सरकारी सेवासरह आठौँ तहको निर्वाह भत्ता माग गर्दै २९ दिनदेखि आन्दोलन गर्दै आएका छन् । आज बिहान माइतीघर मण्डलामा प्रदर्शनपछि स्वास्थ्यमन्त्री पौडेलले आन्दोलनरत चिकित्सक प्रतिनिधिहरुलाई मन्त्रालयमा छलफलका लागि बोलाएका थिए । वार्तामा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावललगायतको उपस्थिति रहेको छ । चिकित्सकहरुले २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभए शुक्रवारदेखि देशभर आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएका…
काठमाडौं- सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा आवासीय चिकित्सकहरू माइतीघरबाट ¥याली निकालेर मन्त्रालयतर्फ जाँदै गर्दा प्रहरीले बाटोमै रोकेपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । संघले चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार आठौं तह बराबरको तलब संरचना कार्यान्वयन गर्न र शैक्षिक प्रगतिको सुनिश्चितता गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संघले मागहरू पुरा नभए वैशाख १२ गतेदेखि आकस्मिक र सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयतर्फ जाँदै गर्दा प्रहरी र आन्दोलनरत चिकित्सकबीच केहिबेर धकेलाधकेलसमेत भएको थियो…

