स्वास्थ्य डायरी

काठमाडौँ – डाक्टरहरूको अगुवाइमा स्थापना भएको नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड बन्द हुने भएको छ। काठमाडौँ महानगरपालिका–१० मा रहेको सो सहकारी संस्थाले दर्ता खारेजीका लागि निवेदन दिएकाले अब संस्था बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ। विस २०७७ मा स्थापना भएको यो संस्था पाँच वर्ष नपुग्दै बन्द हुन लागेको हो। काठमाडौँ महानगरपालिकाको सहकारी विभागले संस्थाले सञ्चालन स्थगन गर्दै दर्ता खारेजीका लागि २०८१ साल चैत १ गते निवेदन दिएको जानकारी दिएको छ। महानगरले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड ०३/०७७/७८ (का.म.पा–१०, काठमाडौं) ले दर्ता खारेजीका लागि निवेदन दिएको छ र संस्था हाल सञ्चालनमा नरहेकाले सो प्रक्रिया…

विस्तृतमा...

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रदुषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानी गर्ने बताइन्। महानगरबाट फोहर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरे। उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरे ।

विस्तृतमा...

सिरहा – सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् । उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक गरिनुपर्नेलगायत मागसहित अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिँदै १९ बुँदे मागपत्र बुझाएका हुन् । अस्पताल प्रशासनलाई पटकपटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले नसुनेका कारणले बाध्य भएर विरोधमा उत्रनुपरेको सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बताए । “हामीले विगतदेखि अस्पताल सुधारका लागि पटकपटक अस्पताल प्रशासनलाई ध्यानाकर्षण गरायौँ”, उनले भने, “तर मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका अध्यक्षले अस्पतालको गतिविधिमा…

विस्तृतमा...

काठमाडौँ – नेपाली श्रमिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य परामर्श तथा परामर्श सेवा उपलब्ध गराउने निर्णय गरिएको छ । दुई दिन अघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका तथा फर्किएका श्रमिकको स्वास्थ्य सुरक्षाका लागि विशेष योजना अघि सारिएको घोषणा गरेका थिए । उक्त योजनाअनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले श्रमिकहरूको स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार अब विदेशबाट फर्किएका नेपालीहरूका लागि निःशुल्क ओपिडी वार्ड स्थापना गरिनेछ । यस सेवाबाट लाभ लिन जो–कोही श्रमिक केन्द्रमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन् ।…

विस्तृतमा...

काठमाडाैं- औषधि व्यवस्था विभागले पेटसम्बन्धी समस्या उपचारका लागि प्रयोग हुने दुई प्रकारका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामका ती औषधिहरू गुणस्तर परीक्षणमा असफल भएका कारण विभागले बिक्री, वितरण, सिफारिस तथा प्रयोग नगर्न र नगराउन आग्रह गरेको हो । संबन्धित ब्याचका यी औषधिहरू प्रयोग गर्न उपयुक्त नभएको भन्दै विभागले आम नागरिक, स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीलाई सतर्क रहन समेत अनुरोध गरेको छ ।

विस्तृतमा...

बझाङ – जिल्लाको केदारस्युँ गाउँपालिका–९ झोतामा रहेको ‘सुलभ क्लिनिक’ दर्ता विना २७ वर्षदेखि सञ्चालनमा रहेको पाइएको छ। क्लिनिकमा किराना सामानदेखि अत्यधिक मात्रामा औषधि भण्डारण गरिएको भेटिएपछि जिल्ला प्रशासन कार्यालय बझाङले क्लिनिक शील गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा क्लिनिकले प्राविधिक मापदण्डको पालना नगरेको, औषधि व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएको र फार्मेसी सञ्चालन अनुमति नलिएको पाइएको थियो । अनुगमन टोलीले क्लिनिकमा फार्मासिष्ट नहुने, डेन्टल र आयुर्वेदिक सामग्रीहरू अव्यवस्थित रूपमा राखिएको, साथै किराना सामानसमेत बिक्री भइरहेको पाएको छ। यस्ता गम्भीर अनियमितता भेटिएपछि क्लिनिक तत्कालका लागि बन्द गरी शील गरिएको हो । सहायक प्रमुख…

विस्तृतमा...

डा शेरबहादुर पुन काठमाडौँ- “यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ । यसमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले थप समस्या दिएको देखिन्छ । एक दशकअगाडिसम्म पानीजन्य सङ्क्रमणको महामारी बढी देखिने गर्दथ्यो भने पछिल्ला केही वर्षयता तुलनात्मक रुपमा कीटजन्य रोगले तीव्र गति लिइरहेको देखिन्छ । यद्यपि पानीजन्य सङ्क्रमणको जोखिमपूर्ण रुपमा नियन्त्रणमा आइसकेको भन्न खोजिएको भने होइन । अब चाँडो नेपालमा मनसुनको प्रवेश हुँदै गर्दा मौसमी महामारीको…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकाससम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालाा गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो । ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ, प्रादेशिक अस्पताल मुस्ताङ जोमसोम, दमौली अस्पताल, तनहुँ, प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा, लमजुङ जिल्ला अस्पताल, लमजुङ,प्रादेशिक अस्पताल बेनी, प्रादेशिक अस्पताल चामे मनाङ, प्रदेश अस्पताल कुस्मा, पर्वत,आमपिपल अस्पताल, गोरखा, मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर, मातृ शिशु मितेरी प्रादेशिक अस्पताल कास्की,प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल कास्की रहेका थिए । सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख महिनामा देशभरका ८ संघीय अस्पतालमा थप तथा विस्तार गर्न लागिएको १५ सेवाको सूची सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यी सेवाहरू स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नीति अनुरूप विस्तार गरिंदैछन्। उनका अनुसार वीर अस्पतालले सर्जिकल आइसीयूको सेवा विस्तार गर्दैछ, जहाँ वैशाख दोस्रो साता नौ शैय्या थपिनेछ। चितवनको भरतपुर अस्पतालले वैशाख चौथो सातादेखि क्याथ ल्याब सेवा सुरु गर्दैछ। साथै, जलन वार्ड, सिमुलटेसन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब पनि थपिने छन्। भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि पीआईसीयू र पेडियाट्रिक वार्ड वैशाख दोस्रो साताबाट सञ्चालनमा आउनेछ। नेपालगन्जको भेरी…

विस्तृतमा...

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा. डा. सञ्जीवकुमार शर्माले पाएका छन्। उपकुलपति डा. ज्ञानेन्द्र गिरी अवकाशमा गएपछि प्रतिष्ठान उपकुलपतिविहीन भएको थियो। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको वैशाख ४ गतेको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले डा. शर्मालाई निमित्त उपकुलपतिमा नियुक्त गरेको हो। प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. शर्मालाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्यहरू सुचारु गर्न यो जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि प्रतिष्ठानको सम्पूर्ण कामकारबाहीको जिम्मेवारी डा. शर्माले सम्हाल्ने छन्। डा. शर्माले आइतबारदेखि निमित्त उपकुलपतिका रूपमा कार्यभार सम्हालेका छन्।

विस्तृतमा...