स्वास्थ्य डायरी

काठमाडौं – चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो। चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेकाे छ । आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ । सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेकाे थियाे । तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् । शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय…

विस्तृतमा...

नेपालगन्ज – बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार भएको आगलागीबाट ४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी भएको प्रारम्भिक अनुमान छ। आगालागीबाट औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको अस्पतालका मेडिकल सुपरिटेण्ड डा. निराजन सुवेदीले जानकारी दिए। उनका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। समितिले ४ दिनभित्र प्रतिवेदन बुझाउने छ। आगलागीका कारण आइतबार र सोमबार भेरी अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको अस्पतालका मेसु डा. सुवेदीले…

विस्तृतमा...

काठमाडौं – निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूको चलिरहेको आन्दोलनमा पाँचवटा सरकारी मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ऐक्यबद्धता जनाएका छन्। चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयनका लागि जारी दवाव र आन्दोलनमा आफ्नो समर्थन रहेको एलाइन्सले जनाएको छ। गठबन्धनद्वारा जारी विज्ञप्तिमा निजी क्षेत्रका आवासीय चिकित्सकहरूले आफ्नो मागको कार्यान्वयनका लागि निरन्तर आन्दोलन गरिरहँदा समस्या समाधानतर्फ कुनै प्रभावकारी प्रगति नदेखिएको र त्यसैले ऐक्यबद्धता पुर्याउने निर्णय गरिएको जनाइएकाे छ । विज्ञप्तिमा भनिएको छ, “हामी विगत दुई दिनदेखि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवामा सहभागी भएका छैनौँ।” विज्ञप्तिमा बिरामीहरूको समस्याप्रति आफूहरूलाई पूर्ण बोध रहेको र आन्दोलनका कारण सिर्जना भएको असुविधाप्रति दुःख व्यक्त…

विस्तृतमा...

बाँके — बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आगलागीपछि आकस्मिक बाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गरिएको छ। शनिबार बिहान अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी हुँदा ठूलो क्षति भएको कारण अस्पताल प्रशासनले आइतबार र सोमबार (वैशाख १४ र १५ गते) ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको हो। अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, “२०८२ वैशाख १३ गते भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागीका कारण ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसी लगायतका ठाउँमा क्षति भएकोले तत्काल बहिरङ्ग सेवा सुचारु गर्न नसकिने भएको छ।” यद्यपि, आकस्मिक सेवा भने यथावत् सञ्चालनमा रहेको अस्पतालले जनाएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका…

विस्तृतमा...

दिपायल- डोटीमा पछिल्लो समय ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै गएको छ। जिल्लाका नौवटा स्थानीय तहमा रहेका पालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट सहज भएको छ। घुम्ती अल्ट्रासाउन्ड सेवा जिल्लाका सबै स्वास्थ्य संस्थामा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए। जिल्लामा आर्थिक वर्ष २०७७/७८ देखि जिल्लाका नौवटा स्थानीय तहका एक, एक स्वास्थ्य संस्थाबाट अल्ट्रासाउन्ड सेवा आरम्भ गरिएको हो। हाल सेवा विस्तार गरी सबै स्वास्थ्य संस्थामा पु¥याइएको उनले बताए। ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनका लागि नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिम दिई दक्ष बनाई सेवा प्रभावकारी भइरहेको बडीकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले बताए। बडीकेदार गाउँपालिकाका स्वास्थ्य संस्थामा प्रत्येक महिना…

विस्तृतमा...

बैतडी- बैतडीका दुर्गम गाउँहरूमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। जिल्लाको शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा शिविर सञ्चालन गरिएको हो। शिविरमार्फत दुबै पालिकामा गरेर ४ सय जनाको आँखाको ज्योति फर्किएको छ। शिवनाथमा सञ्चालन भएको दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ४५० जनाले सेवा लिएका छन्। जसमध्ये ११३ जनाको आँखाको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना गरिएको शिविरमा ११५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ। गाउँपालिकावासीलाई सहज होस् भनेर विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर आँखा शिविरको आयोजना गरिएको अध्यक्ष साउँदले बताए। उनले भने, ‘आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई स्थानीयस्तरमै निःशुल्क सेवा दिन शिविरको…

विस्तृतमा...

म्याग्दी – सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । आवासीय चिकित्सकको आन्दोलनको न्यायोचित र व्यावहारिक माग सम्बोधन नभएपछि नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदेश अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि ओपिडी सेवा बन्द गरेका हुन् । आन्दोलनका कारण ओपिडीमा आएका बिरामी उपचार नपाएर फर्कन बाध्य भएका छन् । गण्डकी प्रदेशमा पहिलोपटक दुई वर्षअघिदेखि प्रदेश अस्पताल बेनीमा शनिबार र सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन हुनेगरी बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो । शनिबार बिहानै अस्पतालमा उपचार गराउन आए पनि ओपिडी सेवा बन्द भएपछि उपचार नगराइकन फर्कनुपरेको…

विस्तृतमा...

काठमाडौं- सरकारले तोकेको निर्वाह भत्ता उपलब्ध गराउन माग गर्दै देशभर आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। सरकारले एमडी, एमएस र एमडीएस आवासीय चिकित्सकलाई मासिक ४८,७३७ रुपैयाँ भत्ता दिने निर्णय गरेको भए पनि कार्यान्वयन नहुँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनका कारण सरकारी अस्पताल र निजी मेडिकल कलेजहरूका बहिरंग (ओपीडी) सेवा पूर्णरूपमा बन्द भएका छन्। आपत्कालीन तथा सघन उपचार सेवाहरू भने यथावत् सञ्चालनमा छन्। नेपाल चिकित्सक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आकस्मिक सेवाबाहेक अन्य सेवामा सहभागी नहुन आग्रह गरेको छ। संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले एक महिनादेखिको आन्दोलनमा सरकार गम्भीर नभएकाले बाध्य भएर सेवा बन्द गरिएको बताए। आन्दोलनरत चिकित्सकहरूले नियमित भत्ता…

विस्तृतमा...

चितवन । साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर अस्पतालले बिमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ । बिमा बोर्डबाट पाउनुपर्ने रु ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन् । यसअघि नै बिमा बोर्डले तीन महिनामा एकपटक मात्रै परीक्षण गर्न पाउनेगरी नीति बनाएको थियो । भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बिमामार्फत गर्न रोकिएको हो । पौडेलले भने, “अत्यावश्यक परीक्षण…

विस्तृतमा...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया आरम्भ भएको छ । मन्त्री पौडेलको पहलपछि भारत सरकारले बिरामीको प्रतिरोधी क्षमता वृद्धिका लागि दिने भनिएको भ्याक्सिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गरेको छ । मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरे । मन्त्री पौडेलले थारु समुदायले वंशाणुगत रुपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन यसै वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरि अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गराउने निर्णय गरेका…

विस्तृतमा...