काठमाडौँ- आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष आयोजना हुने गरेको छ । विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ । बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरूलाई एचपिभीबाट जोगाउँछ ।…
स्वास्थ्य डायरी
काठमाडौँ – हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो लहरको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी…
काठमाडौं – नेपाल अप्थाल्मीक सोसाइटीले नेपाल चिकित्सक संघद्वारा बैशाख १० गते सार्वजनिक गरिएको आन्दोलनको घोषणा प्रति ऐक्यबद्धता जनाएको छ । एक प्रेस विज्ञप्तिमार्फत सोसाइटीले आन्दोलनमा उठाइएका सम्पूर्ण मागहरूप्रति समर्थन जनाउँदै, आवसीय चिकित्सकहरूको जायज मागलाई उचित ठहर गरेको जनाएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार, सोसाइटीले सम्बन्धित निकायहरूले ती मागहरूलाई यथाशिघ्र सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ । अध्यक्ष डा. पुरुषोत्तम जोशी र महासचिव डा. तेजशु सिंह मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल चिकित्सक संघले अघि सारेको आन्दोलनमा हामी पूर्ण समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछौं। आवसीय चिकित्सकहरूको न्यायसंगत मागप्रति हामी गम्भीर छौं र समाधानको अपेक्षा राख्दछौं।”
काठमाडौं- चिकित्सा शिक्षामा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको भन्दै निजी मेडिकल कलेजहरूले निर्वाह भत्ता वृद्धि सम्बन्धी सरकारले गरेको पछिल्लो निर्णयप्रति आपत्ति जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निजी मेडिकल कलेजहरूको एसोसियसनले चिकित्सा शिक्षा आयोगको १६औं बैठकबाट पीजी (पोष्ट ग्र्याजुएट) विद्यार्थीका लागि तोकिएको नयाँ स्टाइपेन्डबारे असहमति व्यक्त गर्दै उक्त निर्णय एसोसियसनको सहमतिविना गरिएको स्पष्ट पारेका छन् । “हामी पीजी विद्यार्थीलाई सरकारले तोकेको ४८ हजार ७ सय ३७ रुपैयाँभन्दा एक रुपैयाँ बढी दिन तयार छौं,” एसोसियसनले भनेकाे छ”तर त्यसका लागि हामीसँग स्रोत छैन ।” प्रेस वक्तव्यमा उल्लेख भएअनुसार एक जना विद्यार्थीबाट २३ लाख रुपैयाँ शुल्क लिइने भए पनि त्यसबाट मेडिकल…
काठमाडौं- अब महिला कर्मचारीहरूले गर्भवती हुने अवस्थामा मातृत्व विशेष बिदा प्राप्त गर्नेछन् । यो ऐतिहासिक व्यवस्था संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्की भण्डारीले गर्भधारणको अवस्थामा महिलालाई मातृत्व बिदा दिनुपर्ने आवश्यकता प्रस्तुत गरेकी थिइन् । यस प्रस्तावलाई राज्य व्यवस्था तथा सुशासन समितिले स्वीकार गर्दै संघीय निजामती सेवा विधेयकमा समेटेको हो । यो कदम महिला कर्मचारीहरूको हक र समर्पणको मूल्याङ्कन गर्दै लिइएको सकारात्मक परिवर्तनको रूपमा हेरिएको छ ।
बैतडी- बैतडीको शिवनाथ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । गाउँपालिका– ६ सुल्लेखानमा निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार सङ्घीय सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार रु नौ करोडको लागतमा शिवनाथमा भवन निर्माण भएको हो । उनले भने, ‘अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने छ ।’ अस्पतालमा दुई जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारीको दरबन्दी छ ।
सर्लाही- सर्लाहीको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उनका परिवारले जनप्रतिनिधिमार्फत् नगर अस्पतालमा सम्पर्क गरे । अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो । अपराह्न उनले स्वस्थ शिशुलाई जन्म दिए । अर्को दिन उनलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ उनको निवास पुर्याइयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् । मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालसँगको समन्वयमा नगरपालिकाले यो सेवा शुरू गरेको हो । नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी…
काठमाडौँ- देशभर तापक्रम उच्च भइरहेका बेला तातो हावाको लहर (हिट वेभ) को सम्भावना तीव्र रूपमा बढेको छ। मौसमविद्हरू र चिकित्सकहरूले यसलाई सामान्य गर्मी भन्दा निकै खतरनाक बताउँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ । तातो हावाको असर केवल असहज तापमा सीमित हुँदैन । यसले स्वास्थ्यमा प्रत्यक्ष प्रहार गर्न सक्छ। शुरुवातमा छाला चिलाउने, साना बिमिरा आउने, घाउ इन्फेक्सन भएर खटिरा बन्ने, र तिब्र असर हुँदा बेहोस हुने, रक्तचाप घट्ने, वान्ता हुने, फोक्सोमा असर पुगेर ज्यानै जाने खतरा हुन्छ। विशेषज्ञहरूले यस्तो अवस्थामा विशेष गरी…
काठमाडौं – स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक परीक्षण नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पचात्रार गरेको छ । अहिले सरकारले आधारभूत स्वास्थ्य उपचारका लागि दिने रकमको समेत स्वास्थ्य बीमा कार्यक्रममा मागदावी परेको भन्दै बोर्डले दोहोरोपना हटाउन सकिए दायित्व कम पर्ने निष्कर्षका साथ यसका लागि समेत सघाउन मन्त्रालयमा अनुरोध गरेको छ । यसका लागि सरकारले बेग्लै रकम दिने भए…
काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको घिरौँलामा विषादी फेला परेको छ । धादिङबाट बिक्रीका लागि ल्याइएको घिरौँलामा ५३.९३५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १५ पसलको १५ वटा तरकारी तथा फलफूल परीक्षण गरेको थियो । विषादीको सो मात्रा उपभोग अयोग्य हुन्छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

