

काठमाडौं – नेपाल चिकित्सक संघले सरकारले वेवास्ता गरेको र आवासीय चिकित्सकलाई दिइनुपर्ने भत्ता अहिलेसम्म नपाएको भन्दै आन्दोलनलाई जारी राखेको छ ।
संघले आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गर्न आह्वान गरेको छ। सोही अनुरूप संघका पदाधिकारीहरू अस्पताल पुगेर सूचना टाँसिरहेका छन् भने आवासीय चिकित्सकहरु काम छाडेर बसेका छन्।

संघले आज अत्यावश्यक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्दै काठमाडौंका लागि माइतीघर मण्डलामा धर्ना र अन्य जिल्लामा प्रशासन कार्यालय अगाडि धर्ना दिन आह्वान गरेको छ ।




