स्वास्थ्य डायरी

कैलाली- सेती प्रादेशिक अस्पतालमा डायलासिस गराइरहेका एक ६३ वर्षीय बिरामीले मंगलबार दिउँसो अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन्। गोदावरी नगरपालिका–१ का चक्रबहादुर सिंह दीर्घकालीन मृगौला समस्याबाट ग्रसित थिए र नियमित रूपमा डायलासिस गराइरहेका थिए। सोमबार मात्र अस्पतालको मेडिकल वार्डमा भर्ना भएका उनी मंगलबार दिउँसो “बाहिर निस्किन्छु” भन्दै कोठाबाट निस्किएर अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन्। अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार सिंह गम्भीर रूपमा घाइते छन् र अहिले आकस्मिक कक्षमा उपचाररत छन्। उनकी श्रीमती ईश्वरीदेवी अस्पतालमा कुरुवाको रूपमा साथमा थिइन्। सिंहले आत्महत्या प्रयास गर्नु उनको दीर्घरोगसँगको संघर्ष, सम्भावित मानसिक तनाव र भावनात्मक अवस्थाको सूचक भएको बताइएको छ। अस्पताल प्रशासनले…

विस्तृतमा...

हुम्ला- सुत्केरी व्यथा लागेकी सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज बिहान सदरमुकाम सिमकोटबाट जिल्लाबाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन् । आइतबारदेखि एक्कासी उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले बताइन् । प्रसवव्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनुपर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले जिल्लामा उपकरण, औजारलगायत दक्ष जनशक्ति अभावले जिल्लाबाहिर सुर्खेत उद्धार…

विस्तृतमा...

भक्तपुर- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्य तीनगुनासम्म बढाउने प्रस्ताव अघि सारेका छन्। नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर थिमीको १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक उद्घाटन समारोहमा सोमबार बोल्दै मन्त्री पौडेलले अहिले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ र एक हजार रुपैयाँ पर्ने रक्सीको मूल्य तीन हजार रुपैयाँ पुर्‍याउन प्रस्ताव गरिएको जानकारी दिए। उनका अनुसार यसरी प्राप्त हुने अतिरिक्त राजस्वमध्ये केही हिस्सा स्वास्थ्य बिमा कार्यक्रममा लगानी गरिनेछ। “यदि यस्तो व्यवस्था हुन सकेमा स्वास्थ्य बिमा कार्यक्रम जीवन्त बन्नेछ, नत्र खारेज गर्नुपर्ने अवस्था आउन सक्छ,” मन्त्री पौडेलले स्पष्ट पारे। त्यसैगरी, उनले हाल एक लाख रुपैयाँसम्मको सीमामा…

विस्तृतमा...

काठमाडौं- सरकारले गर्भवती, सुत्केरी र किशोरीहरूलाई निःशुल्क वितरण गर्दै आएको आइरन चक्की केही संघ, प्रदेश र स्थानीय तहमा अभाव भएको छ। दुई महिनादेखि कतिपय क्षेत्रमा आइरन चक्की आपूर्ति नहुँदा लक्षित वर्ग प्रभावित भएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले केही स्थानीय तहबाट आइरन चक्कीको अभाव भएको गुनासो आएको बताए। “धेरैजसो ठाउँमा नियमित वितरण भइरहेको भए पनि केही स्थानीय तहमा अभावको समस्या देखिएको छ,” उनले भने। “यस्ता क्षेत्रमा वैकल्पिक व्यवस्था गर्न मन्त्रालयबाट पहल भइरहेको छ।” उनका अनुसार अघिल्ला वर्षहरूमा प्रदेशले आइरन चक्की खरिद गरेर स्थानीय तहमा वितरण गर्दै आएको थियो। संघले पनि दुई वर्ष टिक्ने…

विस्तृतमा...

काठमाडौं- सरकारले आगामी वैशाख ३१ गते देशभरका सबै स्वास्थ्य संस्थामार्फत नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको बाल तथा खोप शाखाका प्रमुख अभियान गौतमले बालबालिकाहरू खोपबाट नछुटून् भन्ने उद्देश्यले यो विशेष कार्यक्रम ल्याइएको जानकारी दिए। सरकारले वैशाख महिनालाई ‘खोप महिना’को रूपमा मनाउँदै आएको छ। यसै सन्दर्भमा, खोप महिनाको अन्तिम दिनमा खोप छुटेका बालबालिकालाई समेट्ने योजना बनाइएको हो। नेपालमा नियमित खोप कार्यक्रमको प्रभाव उल्लेखनीय देखिएको छ। पछिल्ला २७ वर्षमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ७८ प्रतिशतले घटेको छ। सन् १९९६ मा प्रतिहजार जीवित जन्ममा ११८ बालबालिकाको मृत्यु हुने दर रहेकोमा सन् २०२३…

विस्तृतमा...

काठमाडाैं- नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेकाले अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन लागेको हो । यही वैशाख २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा जीआई ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्ट्यान्ट सर्जन डा. प्रकाश चौधरी र कन्सल्ट्यान्ट युरोलोजिस्ट डा. सुनील श्रेष्ठले सेवा दिनेछन् । बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुने ओपीडीमा निःशुल्क परामर्शका साथै स्क्रिनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । निःशुल्क ओपीडी सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ । नर्भिकले आफ्नो सामाजिक…

विस्तृतमा...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूलाई निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। साथै, आवासीय चिकित्सकहरूले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णयसमेत बैठकले गरेको छ। यसअघि माघ २५ गते बसेको आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजले सरकारीसरह स्नातकोत्तर तह (पीजी) का आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। निजी मेडिकल कलेजहरूले स्रोतको सुनिश्चितता नभएको भन्दै भत्ता दिन आनाकानी गरेपछि प्रधानमन्त्री ओलीको पहलमा आयोगका तीन वटा बैठक…

विस्तृतमा...

कैलाली- घोडाघोडी नगरपालिका–८ का ३३ वर्षीय नीरजबहादुर शाहीको सामान्य टाउको दुखाइका कारण स्थानीय मेडिकल गएका बेला सुई लगाएपछि ज्यान गएको छ। सोमबार बिहान टाउको दुखेपछि शाही नजिकैको दहित मेडिकल गएका थिए। मेडिकल सञ्चालक इन्द्र दहित काठमाडौं गएको बेला मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले शाहीलाई जन्डिस भएको भन्दै एउटा सिरिन्ज दिए। प्रत्यक्षदर्शी खडकबहादुर साउँदका अनुसार, इन्जेक्सन लगाएको केही मिनेटमै शाहीको मुखबाट फिँज निस्कन थालेको थियो र एकाएक छटपटिन थालेका थिए। कृत्रिम श्वास दिने प्रयास गरिए पनि उनको मृत्यु भइसकेको थियो। शाहीका ससुरा रामबहादुर शाहीले बिहान मात्र ज्वाइँसँग चिया–खाजा खाएर टाउको दुखेको भन्दै मेडिकल गएको जानकारी दिए। “एकदमै सामान्य अवस्थामा निस्केका…

विस्तृतमा...

काठमाडौं- आज काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदैछ । यस वर्ष ‘स्वास्थ्य र सुरक्षामा क्रान्तिः काममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको भूमिका’ नाराका साथ यो दिवस मनाइँदैछ । सन् २००३ मा विश्व श्रम सङ्गठन (आईएलओ)को आह्वानमा कार्यस्थलमा हुनसक्ने दुर्घटना तथा रोगको रोकथाममा जोड दिने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । यो दिवस विश्व श्रम सङ्गठनको व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी विश्व रणनीतिको एक हिस्सा हो । कार्यस्थलको सुरक्षा र स्वास्थ्यलाई कसरी सुनिश्चित गर्ने भन्नेबारे जनचेतना फैलाउने र यस विषयलाई राजनीतिक प्राथमिकता ल्याउने महत्त्पूर्ण उपकरणका रुपमा विश्व सुरक्षा तथा स्वास्थ्य दिवसलाई प्रयोग गरिन्छ । आजको डिजिटल युगमा कृत्रिम…

विस्तृतमा...

काठमाडौं – मधेस प्रदेश सरकारले १ सय ३६ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापना गर्न किनेका स्वास्थ्य उपकरण खरिदमा ५२ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा चार वटा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवणकुमार मिश्रसहित स्वास्थ्य प्राविधिक, लेखा अधिकृत र निजी कम्पनी सञ्चालकहरूलाई प्रतिवादी बनाइएको छ। अनुसन्धानबाट खरिद प्रक्रिया सञ्चालन गर्दा आवश्यक पर्ने लाभ–लागत विश्लेषण, आवश्यकता मूल्यांकन र जनशक्ति व्यवस्थापनजस्ता आधारभूत प्रक्रिया बेवास्ता गरिएको खुलेको छ। त्यस्तै, एउटै कार्यक्रमलाई दुई टुक्रा पारेर छुट्टाछुट्टै टेण्डर आव्हान गरिएको, सामानको गुणस्तर परीक्षण नगरी पेस्की प्रमाणपत्र…

विस्तृतमा...