काठमाडौं – आवासीय चिकित्सकसँग भएको समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन्। कार्यदलको संयोजकत्व स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीले गर्नेछन्। कार्यदलमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा सुजनबाबु मरहट्टा, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहन शर्मा, स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य रहेका छन्। त्यस्तै, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेक्टर प्राडा लोचन कार्की, काठमाडौँ विश्वविद्यालयका डिन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल…
स्वास्थ्य डायरी
बाजुरा- बाजुराको दुर्गम गाउँपालिका जगन्नाथ–२ मा कुपोषणका कारण दुई महिनाकी शिशुको मृत्यु भएको छ। मल्लोहुनीकी भावना बिष्टकी छोरीको कुपोषणसँगै अन्य रोगको संक्रमणबाट मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश बुढाले जानकारी दिए। गम्भीर अवस्थामै अस्पताल ल्याइएको शिशुको ज्यान बचाउन नसकिएको उनले बताए। स्वास्थ्यकर्मीहरूका अनुसार जिल्लाका अन्य गाउँहरूमा पनि कुपोषण व्यापक रहेको पाइएको छ। स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा मात्रै १४ जना बालबालिका गम्भीर कुपोषणको अवस्थामा छन्। स्थानीय बासिन्दाहरू भन्छन्, “रेकर्डमा नआएका धेरै बालबालिकाको ज्यान कुपोषणकै कारण गएको छ।” बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहका अनुसार दुर्गमता, स्वास्थ्य सेवामा पहुँचको कमी, न्यून प्रभावकारिता र गरिबीले समस्या झनै गम्भीर बनाएको छ। सुदूरपश्चिम प्रदेश…
ढोरपाटन (बागलुङ)- गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ । दुईवटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो । दुदिलाभाटी स्वास्थ्य चौकी २०८० मङ्सिरमा सम्झौता गरी काम सुरु भएको थियो । विष्णु निर्माण सेवाले एक करोड ८१ लाख ५८ हजार ६८० लागतमा निर्माणको जिम्मा पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । उक्त भवन गत माघमा सम्पन्न…
काठमाडाैं- नेपालमा सोमबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ। त्यसैको पूर्वसन्ध्यामा आइतबार राजधानीमा नर्सहरुले विभिन्न माग राख्दै र्याली निकालेका छन्। उनीहरुले स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नुपर्ने, सेवा सुरक्षाको माग, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। उनीहरुले ‘हामी स्वदेशमै बस्न चाहन्छौं, अवसर खोई ?’, ‘निजी अस्पताल पेलेको पेल्यै सरकार हेरेको हेर्यै’, ‘नर्स न्याय कुर्दैछ सरकार घुर्दैछ’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए। विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा…
नवलपरासी पश्चिम- बर्दघाट नगरपालिकाले सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार रुपैयाँ नगद प्रोत्साहन तथा १५ हजार रुपैयाँ बराबरको मोबाइल फोन प्रदान गर्ने घोषणा गरेको छ। नगरपालिकालाई पूर्ण खोप र संस्थागत प्रसूति सेवा सुनिश्चितता तथा दिगोपनामा पुर्याएको योगदानको सन्दर्भमा आयोजित समारोहमा नगरप्रमुख शम्भुलाल श्रेष्ठले उक्त घोषणा गरेका हुन्। उनका अनुसार, यसअघि दिँदै आएको २ लाख रुपैयाँ प्रोत्साहनमा ५० हजार रुपैयाँ थप गरी आगामी आर्थिक वर्षदेखि नयाँ व्यवस्था लागू गरिने छ। साथै, प्रत्येक स्वयंसेविकालाई एक थान मोबाइल फोन पनि उपलब्ध गराइनेछ। नगरप्रमुख श्रेष्ठले स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा पुर्याउन स्वयंसेविकाहरूले जुन समर्पण र सेवा भाव देखाएका छन्, त्यसको…
काठमाडौं — वर्षा सुरु भएसँगै डेङ्गु रोगको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी जम्ने ठाउँहरूमा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि हुने भएकाले सावधानी अपनाउनुपर्ने बताएका छन्। डा. दाहालका अनुसार, “पानी जम्दा त्यसमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले अण्डा पार्छन्। करिब १५ देखि २० दिनभित्र ती अण्डाबाट लार्भा निस्केर वयस्क लामखुट्टे बन्छन्, जसले मानिसलाई टोकेर डेङ्गु संक्रमण फैलाउँछन्।” उनले आगामी दुई सातालाई उच्च जोखिमको समय मानेर विशेष सतर्कता अपनाउन सबैलाई आह्वान गरे। स्वास्थ्य मन्त्रालयले गत वर्ष बढी संक्रमित…
म्याग्दी (बेनी)- मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार शिविरबाट ७१५ जना लाभान्वित भएका छन् । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ४५९ जना महिला र २५६ जना पुरुषले आँखा परीक्षण गराएका हुन् । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालका अनुसार शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित ७४ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो । बिरामीहरुलाई निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको थियो । हिमालयन आँखा अस्पतालका चिकित्सक हरिविक्रम अधिकारी नेतृत्वको…
काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस सङ्क्रमण भएको छ । नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन् । मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झा का अनुसार वडा न २, ३, ४ र ६ का बालबालिका तथा नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा सङ्क्रमण देखिएको हो । उनले पानी वा खानेकुराबाट सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा नमूना सङ्कलन गरी परीक्षणमा पठाइएको बताए ।सङ्क्रमितमध्ये अस्पतालमै कार्यरत एकजना चिकित्सकसमेत रहेको पाइएको छ । मङ्लबारदेखि जन्डिसलगायतक लक्षणसहित बिरामी अस्पताल आउन थालेपछि नमूना सङ्कलन गरी परीक्षण गर्दा हेपाटाइटिस…
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नेपालको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो । मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । नेपाललाई सघन उपचार कक्षमा राखिएको बताइएको छ । के हाे एन्जिओप्लास्टी सर्जरी ? एन्जिओप्लास्टी सर्जरी भनेको हृदयका धमनीहरू साँघुरा वा अवरुद्ध भएका कारणले रक्तसञ्चारमा समस्या आउँदा ती धमनीहरूलाई फुलाएर रक्तप्रवाह सहज बनाउने चिकित्सकीय प्रक्रिया हो। कसरी गरिन्छ ? -सर्जरी नभई यो एक मिनिमल इन्भेसिभ (कम चीरफार हुने) प्रक्रिया हो। -सामान्यतया खुट्टा, हात वा…
काठमाडौँ – चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको छ । स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यो अस्पताल निःशुल्क शल्यक्रिया सेवा थालनी गर्ने पहिलो भएको बताइएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट करिब रु दश लाखमा अस्पतालको शल्यक्रिया कक्ष र शल्यक्रिया पछि बिरामी राख्ने श्यया निर्माण गरिएको अस्पतालका प्रमुख डा नारायण आचार्यले जानकारी दिए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शल्यक्रिया कक्षको आज शुभारम्भ गर्दै नगरले ‘एलोपेथिक’ उपचार…

