स्वास्थ्य डायरी

काठमाडौं – मोबाइल हाम्रो जीवनको अपरिहार्य हिस्सा बनेको छ, तर यसलाई अनावश्यक स्थान र समयमा प्रयोग गर्नुले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। विशेषगरी ट्वाइलेटमा मोबाइल चलाउने बानी आजकाल धेरैमा सामान्यजस्तै देखिन्छ। तर यही सामान्य लाग्ने बानीले निम्न ५ स्वास्थ्य समस्या निम्त्याउन सक्छ: १. कब्जियत, फिस्टुला र फिसरको खतराट्वाइलेटमा लामो समय बस्दा मलद्वार वरिपरिका मांसपेशीमा निरन्तर दबाब पर्छ। यसले गम्भीर पाचनसम्बन्धी समस्या जस्तै कब्जियत, पाइल्स (बवासीर), फिस्टुला र फिसर निम्त्याउन सक्छ। २. संक्रमण फैलिने जोखिमट्वाइलेटको वातावरणमा हुने किटाणु मोबाइलमा सर्ने सम्भावना हुन्छ। यही मोबाइल हात हुँदै किचन, बेडरुम वा खानपानमा प्रयोग हुँदा पेटसम्बन्धी संक्रमण, झाडापखाला, र अन्य जटिल रोगहरू लाग्न सक्छन्।…

विस्तृतमा...

पञ्जाब, भारत — अमृतसरको मजिठा क्षेत्रमा नक्कली मदिरा सेवनका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। समाचार एजेन्सी एएनआईका अनुसार घटना अमृतसर जिल्लाका पाँच वटा गाउँमा फैलिएको छ। अमृतसरका एसएसपी मनिंदर सिंहले सञ्चारकर्मीसँग कुरा गर्दै बताएअनुसार घटना सोमबार राति करिब ९:३० बजे सुरु भएको हो। “हामीले घटना भएको खबर प्राप्त गर्नासाथ घटनास्थलमा पुग्यौं र अनुसन्धान थालेका छौं,” उनले भने, “मुख्य आपूर्तिकर्ता परबजीत सिंहसहित चार जनालाई पक्राउ गरिएको छ।” एसएसपी सिंहका अनुसार राज्य सरकारले नक्कली मदिरा उत्पादन तथा आपूर्तिमा संलग्नहरूलाई कडा कारबाही गर्न निर्देशन दिइसकेको छ। अहिले घटना सम्बन्धी थप अनुसन्धान जारी छ।

विस्तृतमा...

दमौली – तनहुँको प्रदेश अस्पताल दमौलीमा चिकित्सक अभावका कारण प्रसूति सेवा प्रभावित भएको छ। अस्पतालमा शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा गर्भवती महिलालाई पोखरा, चितवन वा काठमाडौं रेफर गर्नुपर्ने बाध्यता छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार साढे दुई महिनाअघि स्त्रीरोग विशेषज्ञ गाइनोलोजिस्ट डा. कुमार विष्टको सरुवापछि शल्यक्रिया सेवा ठप्प भएको हो। डा. विष्ट भक्तपुरस्थित क्यान्सर अस्पतालमा सरुवा भएपछि अहिले अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छैन। “सामान्य अवस्थामा सुत्केरी सेवा उपलब्ध गराइरहेका छौं, तर शल्यक्रिया आवश्यक पर्ने गर्भवतीलाई रेफर गर्नुपर्ने अवस्था छ,” डा. बरालले बताए। विशेषज्ञ चिकित्सक अभावका कारण महिलाको स्वास्थ्य जोखिममा परेको भन्दै स्थानीयवासीले चाँडै समाधान गर्न सरकारसँग माग गरेका छन्।

विस्तृतमा...

कानपुर, भारत — उत्तर प्रदेशको कानपुरमा हेयर ट्रान्सप्लान्ट गराउँदै गर्दा एक सहायक इन्जिनियरको मृत्यु भएको छ। यो घटना भएको ५४ दिनपछि मात्रै प्रहरीमा उजुरी दर्ता गरिएको छ। मृतकको पत्नीले संलग्न महिला डाक्टरविरुद्ध गम्भीर आरोप लगाएकी छन् भने डाक्टर अहिले फरार छिन्। गोरखपुरका स्थायी बासिन्दा ३७ वर्षीय विनीत दुबे कानपुरको पनकी पावर प्लान्टमा सहायक अभियन्ताको रुपमा कार्यरत थिए। उनी १३ मार्चका दिन इम्पायर वाराही क्लिनिक गएका थिए, जहाँ डाक्टर अनुश्का तिवारीले हेयर ट्रान्सप्लान्टको लागि इन्जेक्सन दिएकी थिइन्। इन्जेक्सन लगाउनेबित्तिकै विनीतको अनुहार सुन्निन थाल्यो र अवस्था बिग्रिँदै गयो। त्यसपछि उनलाई तत्कालै एक निजी अस्पतालमा भर्ना गरियो। विनीतकी पत्नी जया दुबेका अनुसार डाक्टरले…

विस्तृतमा...

जनकपुरधाम- धनुषाको मिथिला विहारी नगरपालिका–८ स्थित ठेरा कचुरीमा आयोजित विवाह भोज खाँदा सय जनाभन्दा बढी व्यक्ति बिरामी परेका छन्। नरेश महराको छोरीको बिहेमा सहभागी भएका जन्ती र स्थानीयहरूले खाजामा बुनियाँ, रसबरी लगायतका परिकार खाएका थिए। त्यसपछि केही समयमै उनीहरूमा पेट दुख्ने, वान्ता हुने, र कमजोरी महसुस हुने लक्षण देखिएको हो। धनुषाका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवका अनुसार अहिले ४५ जनाभन्दा बढी बिरामी प्रादेशिक अस्पतालमा भर्ना भएका छन् भने अन्यको स्थानीय स्वास्थ्य संस्था र निजी क्लिनिकहरूमा उपचार भइरहेको छ। केही बिरामीलाई उपचारपश्चात डिस्चार्ज गरिएको छ। “हामीले खाजाको नमुना ल्याएर परीक्षणमा पठाएका छौं। प्रारम्भिक अनुमान विषाक्त खानेकुराकै कारण भएको हो,” यादवले…

विस्तृतमा...

काठमाडौँ- गर्मीको मौसममा तापक्रमसँगै स्वास्थ्यसम्बन्धी विविध समस्याहरू देखिन्छन् । ज्वरो, बान्ता, पखाला जस्ता सामान्य समस्याका साथै केही व्यक्तिहरूलाई आँखामा रातोपन, पोल्ने र बिझाउने समस्या पनि देखिन्छ । विज्ञहरूका अनुसार यस्तो समस्याको मुख्य कारण चर्को घाम, धुलो-माटो, पानीको कमी र पसिनाले हुने संक्रमण हुन सक्छ । गर्मीमा आँखा रातो हुने समस्याबाट बच्नका लागि यस्ता सावधानी अपनाउन सकिन्छ: -आइस प्याकले राहत पाउनुहोस्आँखा पोल्ने वा रातो हुने समस्या देखिएमा हलुका तरिकाले आइस प्याक आँखामाथि केही मिनेट राख्न सकिन्छ । यसले आँखालाई शीतल बनाउने मात्र होइन, पोल्ने समस्या पनि कम गर्छ । आइस प्याक प्रयोग गर्नु अघि हात सफा गर्नु अनिवार्य छ । – प्रशस्त पानी पिउनुहोस्गर्मीमा शरीरमा पानीको कमी…

विस्तृतमा...

केही मानिसहरूलाई केवल चार घण्टा सुत्दा पनि पर्याप्त आराम मिल्ने रहस्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्। वैज्ञानिकहरूले मानव शरीरमा एउटा नयाँ जीन म्युटेसनको खोज गरेका छन् जसले केही व्यक्तिहरूलाई अन्य मानिसहरूभन्दा आधा समय सुत्दा पनि ऊर्जाशील बनाइराख्न सक्षम बनाउँछ। उक्त अध्ययन अमेरिकी विज्ञान जर्नल PNAS मा प्रकाशित गरिएको हो। शोधकर्ताहरूले सुरुवातमा इनब्रेड मुसामा निद्राबाट वञ्चित भएको अवस्थाको अध्ययन गरे। त्यही क्रममा उनीहरूले SIK3-N783Y नामक एक जीन म्युटेसनको पहिचान गरे जुन कम निद्रामै पूर्ण विश्रामको अनुभव गराउने गुणसंग सम्बन्धित छ। पछिल्लो अनुसन्धानमा वैज्ञानिकहरूले मानिसहरूमा पनि सोही म्युटेसन भेटिएको बताएका छन्। यसले पुष्टि गर्छ कि केही “सुपर स्लीपर” व्यक्तिहरू चार घण्टा सुत्दा पनि…

विस्तृतमा...

काठमाडाैं- नेपालमा कलेजो (लिभर) प्रत्यारोपण चिकित्सा सेवा सस्तो, सुरक्षित र प्रभावकारी बन्दै गएको छ। प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहका अनुसार, लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो मुलुकमध्ये एक हो, जहाँ बिरामीले विदेशी मुलुकको तुलनामा झन्डै २० गुणासम्म कम खर्चमा सेवा पाउँछन्। उनले हालै अमेरिकामा दुई महिनासम्म लिभर ट्रान्सप्लान्टसम्बन्धी अस्पतालहरूको अवलोकन गरेका थिए। उनले भने, “अमेरिकामा एउटा लिभर ट्रान्सप्लान्टको लागत बराबरको रकममा नेपालमा २० जना बिरामीको ट्रान्सप्लान्ट गर्न सकिन्छ।” यसमा मुख्य कारण भनेको नेपालमा मेनपावर र सेवा शुल्क सस्तो हुनु हो। नेपालमा हाल ३०–३५ लाख रुपैयाँ खर्चमा लिभर ट्रान्सप्लान्ट सम्भव छ। यसमा बिरामी र डोनर दुवैको अपरेशन खर्च, अस्पतालमा १५–२० दिनको बसाइ,…

विस्तृतमा...

 काठमाडाैं- ‘हाम्रा नर्सहरू, हाम्रो भविष्य: नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई बलियो बनाउँछ’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमका साथ नेपाललगायत विश्वभर मनाइँदै छ। नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्म जयन्तीमा हरेक वर्ष मे १२ मा विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ। यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेसालाई बढावा दिनका लागि विशेष मानिन्छ। रोगबाट निको हुनमा औषधि र उपचारको जति भूमिका हुन्छ उत्तिकै उचित हेरचाहले महत्त्वपूर्ण भूमिका खेल्छ। यसमा चौबीसै घण्टा बिरामीको हेरचाहमा डाक्टरभन्दा नर्सहरूले ठुलो जिम्मेवारी वहन गर्छन् । उनीहरूको सम्मानमा हरेक वर्ष मे १२ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नर्स दिवस’ मनाइन्छ। आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२०…

विस्तृतमा...

काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे। बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए। सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो। सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए। ‘अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च छ,’ मन्त्री पौडेलले भने, ‘अस्पतालमा थप…

विस्तृतमा...