

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
नेपालको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।
मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । नेपाललाई सघन उपचार कक्षमा राखिएको बताइएको छ ।
के हाे एन्जिओप्लास्टी सर्जरी ?
एन्जिओप्लास्टी सर्जरी भनेको हृदयका धमनीहरू साँघुरा वा अवरुद्ध भएका कारणले रक्तसञ्चारमा समस्या आउँदा ती धमनीहरूलाई फुलाएर रक्तप्रवाह सहज बनाउने चिकित्सकीय प्रक्रिया हो।
कसरी गरिन्छ ?
-सर्जरी नभई यो एक मिनिमल इन्भेसिभ (कम चीरफार हुने) प्रक्रिया हो।
-सामान्यतया खुट्टा, हात वा कम्मरको कुनाबाट सुईमार्फत क्याथेटर (पातलो ट्युब) हृदयसम्म पुर्याइन्छ।
-साँघुरो धमनीमा पुगेर एक बलुन फुलाइन्छ जसले धमनीलाई चौडा बनाउँछ।
-कहिलेकाहीँ बलुन फुलाएपछि धमनी खुला राख्न स्टेन्ट (सजिलै नथुन्ने मेटलको जाली) राखिन्छ।
कहिले आवश्यक पर्छ?
-हृदयघात भएको अवस्थामा तुरुन्तै।
-छाती दुख्ने समस्या बारम्बार भइरहने हो भने।
-ECG, Echo वा Angiography जाँचमा धमनी बन्द देखिएमा।
फाइदा
-छाती दुखाइ कम हुन्छ।
-हृदयघातको जोखिम घट्छ।
-लामो समयको औषधि सेवनबाट बच्न सकिन्छ।