स्वास्थ्य डायरी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नेपालको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो । मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । नेपाललाई सघन उपचार कक्षमा राखिएको बताइएको छ । के हाे एन्जिओप्लास्टी सर्जरी ? एन्जिओप्लास्टी सर्जरी भनेको हृदयका धमनीहरू साँघुरा वा अवरुद्ध भएका कारणले रक्तसञ्चारमा समस्या आउँदा ती धमनीहरूलाई फुलाएर रक्तप्रवाह सहज बनाउने चिकित्सकीय प्रक्रिया हो। कसरी गरिन्छ ? -सर्जरी नभई यो एक मिनिमल इन्भेसिभ (कम चीरफार हुने) प्रक्रिया हो। -सामान्यतया खुट्टा, हात वा…

विस्तृतमा...

काठमाडौँ – चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको छ । स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यो अस्पताल निःशुल्क शल्यक्रिया सेवा थालनी गर्ने पहिलो भएको बताइएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट करिब रु दश लाखमा अस्पतालको शल्यक्रिया कक्ष र शल्यक्रिया पछि बिरामी राख्ने श्यया निर्माण गरिएको अस्पतालका प्रमुख डा नारायण आचार्यले जानकारी दिए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शल्यक्रिया कक्षको आज शुभारम्भ गर्दै नगरले ‘एलोपेथिक’ उपचार…

विस्तृतमा...

काठमाडौं — हानिकारक अस्पताल फोहरको उचित व्यवस्थापन नगरेको भन्दै काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित वि.पी. स्मृति अस्पतालको फोहर संकलन रोक्का गर्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ। स्थानीयले फोहरको दुर्गन्धको गुनासो गरेपछि महानगरको वातावरण विभाग, स्वास्थ्य विभाग र प्रहरी टोलीले अनुगमन गर्दा अस्पतालले फोहर वर्गीकरण तथा निर्मलीकरण नगरेको पाइएको हो। यसअघि पनि अस्पतालमा अनुगमन गरिएको भए पनि सुधार देखिएको थिएन। टोखाबाट सञ्चालित हिमालयन प्रालिले अस्पतालको फोहर संकलन गर्दै आएकोमा, अब महानगरले अनुमति नदिएसम्म फोहर नउठाउन निर्देशन दिएको छ। विद्यमान कानुनअनुसार अस्पताल वा स्वास्थ्य संस्थाले जोखिमपूर्ण फोहर जथाभावी फाल्न नपाइने र उल्लंघन गरेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, दोहोरिएमा अनुमति रद्दसम्म गर्न…

विस्तृतमा...

काठमाडौं – दक्षिण एसियाको लोकप्रिय परिकार जेरी केवल स्वादको लागि मात्र नभई स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ। विशेषतः दूध वा रबडीसँग खाइने जेरी सन्तुलित मात्रामा सेवन गरिएमा विभिन्न स्वास्थ्य समस्या घटाउन सहयोगी हुन्छ। यहाँ जेरी खानुका पाँच प्रमुख फाइदाहरू उल्लेख गरिएको छ: १. माइग्रेन र टाउको दुखाइमा राहतमाइग्रेन वा लगातार टाउको दुखाइको समस्या भएका व्यक्तिका लागि बिहान दूधसँग जेरी सेवन गर्नु फाइदाजनक हुन्छ। एक/दुई जेरीले टाउको दुखाइ धेरै हदसम्म कम गर्ने जनाइएको छ। २. डिप्रेसन र तनाव घटाउँछजेरीलाई “तनाव बस्टर” मिठाई पनि भनिन्छ। यसको रसिलो मिठासले मन हल्का बनाउँछ र मानसिक दबाब घटाउँछ। तनाव वा चिन्ताको बेला एक–दुई जेरीले मूड सहज बनाउने…

विस्तृतमा...

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको मुख्य कारण पञ्चायतकालमा गोलघर जेलमा भोगेको अमानवीय यातना र त्यसपछि लिइएका औषधिको असर रहेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले जेल जीवनमा चिसो भुइँमा सुताएर यातना दिइएको, त्यसपछि क्षयरोग (टिबी) र अल्सर जस्ता रोगले ग्रसित भएको र पीडाका लागि बारम्बार पेन किलर सेवन गर्नुपरेको बताए। “पेटभरी घाउ भएर, भतभत पोल्छ, रगत आउँछ, अनि पेन किलर दिन्छन्। पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?” भन्दै उनले ती सबै स्वास्थ्य समस्याहरूले अन्ततः मिर्गौला फेल गराएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियानअन्तर्गत कुष्ठरोग उन्मूलनलाई सरकारको प्राथमिकतामा…

विस्तृतमा...

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियान अन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरू सन्तुष्ट नहुने बताए। उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरुपमा गरेर स्वस्थ्य रहन सकिने र कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमै सञ्चालन गर्न आग्रह गरेका छन्। प्रधामन्त्री ओलीले आफूले पञ्चायतकालमा…

विस्तृतमा...

काठमाडौं – नेपालमा नयाँ कुष्ठरोगका बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा फेला परेका छन्। बिहीबार काठमाडौंमा आयोजित कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा कुष्ठरोगको भार सबैभन्दा धेरै छ। कुल बिरामीमध्ये एक तिहाइभन्दा बढी मधेस प्रदेशमा भेटिएका छन् भने लुम्बिनी प्रदेशमा एक चौथाइभन्दा बढी छन्। आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म देशभर २ हजार ४७२ नयाँ कुष्ठरोगी फेला परेका छन्। तीमध्ये १ हजार ४२ जना महिला र १४ वर्षभन्दा कम उमेरका १३६ जना बालबालिका छन्। डा. देवकोटाका अनुसार कुष्ठरोग निवारणका लागि प्रकोप दर प्रति १० हजार जनसंख्यामा…

विस्तृतमा...

चितवन – रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार मात्र अस्पताल भर्ना भएका थिए ।

विस्तृतमा...

स्याङ्जा – जिल्लाकाे वालिङ नगरपालिका-७ मा नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न भएकाे छ। वैशाख २० गते शनिबार कँवरे भञ्ज्याङ् स्वास्थ्य चौकीमा सम्पन्न निःशुल्क आँखा परीक्षण शिविरमा २३५ जनाले आँखा सम्बन्धी सेवा प्राप्त गरेका छन्। शिविरमा १५३ महिला र ८२ पुरुषको आँखा परीक्षण गरिएको थियो। विभिन्न आँखा समस्या पत्ता लागेकोमा मोतिबिन्दुको शल्यक्रियाको लागि १८ जनालाई सिफारिस गरिएको छ। त्यस्तै, ड्राइ आई भएका ५१ जना, प्टेरिजियम १८, पिङ्गुएकुला ११, रिफ्र्याक्टिभ एरर २६, प्रेसबायोपिया ८६, आक्युलर एलर्जी ९, कनजङक्टिभाइटिस २, स्क्विन्ट १, ब्लीफाराइटिस २ र १ जनामा ट्राइखियासिस समस्या देखिएको थियो। शिविरमा ८२ जनालाई निःशुल्क रिडिङ चश्मा वितरण गरिएको थियो भने १६१ जनालाई…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भएपछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ ।…

विस्तृतमा...