काठमाडाैं- नेपालमा सोमबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ। त्यसैको पूर्वसन्ध्यामा आइतबार राजधानीमा नर्सहरुले विभिन्न माग राख्दै र्याली निकालेका छन्।


उनीहरुले स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नुपर्ने, सेवा सुरक्षाको माग, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। उनीहरुले ‘हामी स्वदेशमै बस्न चाहन्छौं, अवसर खोई ?’, ‘निजी अस्पताल पेलेको पेल्यै सरकार हेरेको हेर्यै’, ‘नर्स न्याय कुर्दैछ सरकार घुर्दैछ’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए।


विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एउटै नर्सले २० देखि ३० जनासम्म बिरामी हेर्नुपरेको तथ्यांक छ ।










![‘हामी स्वदेशमै बस्न चाहन्छौं’ [फाेटाेफिचर]](https://swasthyadiary.com/wp-content/uploads/2025/05/WhatsApp-Image-2025-05-11-at-08.12.30-1-1024x768.jpeg)


