स्वास्थ्य डायरी

उदयपुर – जिल्ला अस्पताल उदयपुरका चिकित्सक डा. दिपेश यादवमाथि दुर्व्यवहार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका–९ का ३३ वर्षीय देवराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो अस्पतालको कार्यालय समयमा रेडियोलोजिस्ट डा. यादवमाथि विष्टले कार्यकक्षभित्र प्रवेश गरेर गालीगलौज गरेको अस्पताल प्रशासनले जनाएको छ। डा. यादवको भनाइअनुसार, उनी खाजा खाएर कार्यकक्षमा फर्किएलगत्तै विष्टले ढोकामा लात्ती हानेर कोठामा पसेर आक्रोसपूर्ण व्यवहार गर्दै गाली गरेका थिए। त्यस समय यादव बिरामीहरूको नाम बोलाउने क्रममा थिए र बाहिर करिब २०–२२ जना बिरामी लाइनमा थिए। अस्पताल प्रमुख डा. बीरेन्द्र मण्डलले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

विस्तृतमा...

काठमाडाैं- ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार नियमित गराउन ‘ब्रीथफ्री ९०’ कार्यक्रम सुरु गरेको छ। एआई प्रविधिमा आधारित यो कार्यक्रम ९० दिनसम्म चल्नेछ र ह्वाट्सएपमार्फत बिरामीहरूलाई इनहेलर समयमै प्रयोग गर्न नियमित रूपमा सम्झाउनेछ। देशभर वायु प्रदूषण गम्भीर स्वास्थ्य चुनौती बनेका बेला नेपालका लागि यो पहल निकै सान्दर्भिक मानिएको छ। नेपालमा प्रदूषणका कारण प्रत्येक वर्ष झन्डै ५० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ। दम र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरू बढ्दै गइरहेको पाइएको छ । यस्ता रोगका लागि इनहेलरहरू प्रभावकारी उपचार मानिए पनि, धेरैजसो बिरामीहरूले नियमित रूपमा औषधि प्रयोग नगर्दा समस्या झन् जटिल हुने…

विस्तृतमा...

दार्चुला – जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्ध प्रयोग हुने एआरभी खोप अभाव भएपछि जनावरको टोकाइबाट प्रभावित बिरामीहरू उपचार नपाएर समस्यामा परेका छन्। जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार, कुकुर, बिरालो वा मुसाजस्ता जनावरले टोकेपछि तुरुन्त लगाइने खोप अभाव भएपछि सोमबार दुई जना र मंगलबार एक जना बिरामी रित्तो हात फर्किनुपरेको छ। सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको यो खोप हाल अस्पतालमा सकिएको छ। अस्पतालले सोमबार एक सूचना जारी गर्दै खोपको आपूर्ति नभएसम्म खोप उपलब्ध गराउन नसकिने जनाएको छ। यदि बिरामी आफैंले खोप खरिद गरेर ल्याएमा मात्र लगाइदिने व्यवस्था गरिएको छ। हालसम्म यो महिनामा ३६ जना सेवाग्राहीले रेबिजविरुद्धको खोप लगाइसकेका…

विस्तृतमा...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता नेपालको निधन भएको हो । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए । नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार नेता नेपालको निधन केहीबेरअघि भएको हो । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए । के हो पार्किन्सन्स रोग ? पार्किन्सन्स रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर हिजोआज उल्लेख्य सङ्ख्यामा युवाहरूमा पनि यो रोग देखिएको छ। पार्किन्सन्स हुँदा बिस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ र शरीर काम्ने, हिँडडुल…

विस्तृतमा...

काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औँ स्थापना दिवस मंगलबार विशेष समारोहका साथ मनाइएको छ। प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सा शिक्षा र सेवामा न्याम्सले पुर्‍याएको योगदानको प्रशंसा गर्दै बढ्दो ‘ब्रेन ड्रेन’ (विदेशिने चिकित्सकको संख्या) लाई रोक्नुपर्नेमा जोड दिएका छन्। ‘स्वास्थ्य सेवामा सुधार आइरहे पनि जनशक्तिलाई पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ,’ उनले भने, ‘त्यसैले चिकित्सकको विदेशिने प्रवृत्ति बढ्नु चिन्ताको विषय हो। यसलाई सम्बोधन गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ।’ राष्ट्रपतिले दक्ष चिकित्सक उत्पादनमा राष्ट्रले लगानी गरेको हुँदा चिकित्सकहरूले सेवा भावसाथ यो पेशालाई हेर्नुपर्ने उनले उल्लेख गरे। सो अवसरमा न्याम्सका उपकुलपति प्रा.डा.…

विस्तृतमा...

काठमाडौं— वंशाणुगत रूपमा रगत नजम्ने गम्भीर समस्या हेमोफिलिया पीडितहरूका लागि अब उपचार सहज हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व हेमोफिलिया महासंघसँगको सहकार्यमा निःशुल्क औषधि वितरण सुरु गर्न लागेको छ, जसले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुँदै आएका सयौं बिरामीलाई राहत दिनेछ। गत फागुन ४ गते मन्त्रालय र महासंघबीच भएको समझौता अनुसार प्राप्त औषधि हालै स्वास्थ्य सेवा विभागमा आइपुगेको छ। व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार, पाँच प्रकारका औषधि वितरणका लागि सूची तयार पारिनेछ र आवश्यकता अनुसार अस्पतालहरूमा पठाइनेछ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसअघि माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा दिने निर्णय गरेका थिए। अब त्रिवि शिक्षण अस्पताल, वीर…

विस्तृतमा...

कञ्चनपुर -कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी)अभाव भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप उपलब्ध नहुँदा अभाव भएको हो । अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् । “एक हप्ता अगाडिसम्म अस्पतालमा ६० भाइलसम्म खोप उपलब्ध थियो”, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले भने, “अहिले पूरै सकिएको छ, सार्वजनिक सूचनानै जारी गरेर रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएको जानकारी गराइसकेका छौँ ।” आपूर्ति व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने निःशुल्क खोप अभाव भएकाले उनले सेवाग्राहीले बाह्य क्षेत्रका मेडिकलबाट खोप खरिद गरेर ल्याएमा अस्पतालका स्वास्थ्यकर्मीले लगाई दिने बताए । “रेबिजविरुद्धको खोप लगाउने…

विस्तृतमा...

सर्लाही, लालबन्दी — सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा आधुनिक स्वास्थ्य उपकरण यथेष्ट रूपमा उपलब्ध भए पनि, ती उपकरण प्रयोग गर्न सक्ने दक्ष जनशक्तिको अभावले स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन। उपचार केन्द्रमा भेन्टिलेटर, आइसियुजस्ता अत्यावश्यक उपकरण झन्डै छ वर्षदेखि जडान भएर बसेका छन्, तर प्रशिक्षित चिकित्सकको अभावमा ती उपकरण हालसम्म प्रयोगमा आउन सकेका छैनन्। यस्ता उपकरण समयमै चलाउन नपाउँदा गम्भीर अवस्थामा रहेका बिरामीहरू जोखिममा पर्दै आएका छन्। केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलका अनुसार, योग्य चिकित्सक नियुक्त गर्नका लागि केन्द्रले पटक–पटक विज्ञापन खुलाउने, परीक्षा लिने लगायत प्रयास गरेको छ। तर, योग्य उम्मेदवारको कमीका कारण सेवा सञ्चालन हुन सकेको छैन।…

विस्तृतमा...

रूपन्देही- लुम्बिनी प्रदेश सरकारले प्रदेशभरिका सबै १४ वटा अस्पताल विकास समिति विघटन गरेको छ। वैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा यी समितिहरू विघटन गर्ने निर्णय लिएको हो। यसअघि गठबन्धन सरकारका तर्फबाट नियुक्त भएका अध्यक्षहरू अदालतको आदेशपछि पुनः जिम्मेवारीमा फर्किएका थिए। तर, अहिले एमाले नेतृत्वको सरकार आएपछि फेरि उनीहरू हटाइएका छन्। प्रमुख चार अस्पतालका अध्यक्षहरू अजयमान श्रेष्ठ (लुम्बिनी प्रादेशिक अस्पताल), पदमप्रसाद न्यौपाने (राप्ती प्रादेशिक अस्पताल), विजयविराज विष्ट (प्युठान) र फत्तेकुमारी वली (रुकुम पूर्व)ले आफ्नो नियुक्ति हटाउने निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतले उनीहरूको पक्षमा अन्तरिम आदेश दिए पनि अब सबै विकास समिति विघटन गरिएको छ।…

विस्तृतमा...

नारायणगढ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भरतपुर अस्पतालमा चिकित्सा शिक्षातर्फको स्नातक तह ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरिएको बताएका छन् । हिजाे अस्पतालमा क्याथ ल्याब, वर्न वार्ड, फर्टिलिटी क्लिनिक, स्तनपान व्यवस्थापन कक्ष, सिमुलेसन ल्याब, बाल खेल उपचार कक्षलगायत सेवाहरू शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले अस्पताललाई सबैखाले उपचार उपलब्ध गराउन सक्ने गरी विकसित गर्न विकास समिति, अस्पताल प्रशासन र मन्त्रालय निरन्तर लागिरहेको बताए । ‘एमबिबीएस कार्यक्रम सञ्चालन गर्ने विषय स्वास्थ्य मन्त्रालयसँग मात्रै सम्बन्धित हुँदैन, यो चिकित्सा शिक्षा आयोगसँग पनि सम्बन्धित हुन्छ । यहाँ एमबिबीएस कार्यक्रम सञ्चालन गर्न अघिल्लो वर्ष नै हामीले पर्याप्त छलफल गरेका…

विस्तृतमा...