स्वास्थ्य डायरी

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–१, दोबामा करिब पाँच करोड रुपैयाँ खर्चेर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन दुई वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन। संघीय सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले पाँच शय्या क्षमताको अस्पताल भवन निर्माण गरेको थियो। तर, जनशक्ति र स्वास्थ्य उपकरणको अभाव, पहुँचको समस्या र भवनसम्म पुग्ने सडकको जिर्ण अवस्थाका कारण अस्पताल सञ्चालनमा ल्याउन नसकिएको हो। अन्नपूर्ण–१ का वडाध्यक्ष दिलीप गर्बुजाका अनुसार गाउँपालिकाका अन्य वडामा सरकारी मापदण्डअनुसार अस्पतालका लागि आवश्यक जग्गा उपलब्ध नहुँदा दोबामा भवन निर्माण गरिएको हो। “भवन प्रयोगमा ल्याउन सबैभन्दा पहिले बेनी–जोमसोम सडकखण्डको भिरकाटेदेखि दोबासम्मको सडक स्तरोन्नति आवश्यक छ”, उनले भने,…

विस्तृतमा...

जलेश्वर- जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ। सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पताल प्रमुख डा. विकास साहले बताए । दश नगरपालिका र पाँच गाउँपालिका भएको उक्त अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको गुनासो गर्दै उनले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए । अस्पतालमा दैनिक ३०० जना बिरामी आउने गरेका छन् । मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिको लागि निरन्तर अनुरोध भएको प्रमुख साहले बताए । आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट जेनतेन व्यवस्थापन गरिहेको जानकारी दिँदै उनले इमर्जेन्सी सेवा पनि प्रभावित…

विस्तृतमा...

काठमाडौं– नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी केभीएनपी कोरियाबीच नेपालमै कोरियन प्रविधिको प्रयोग गरी पशु औषधि उत्पादन गर्ने प्राविधिक सम्झौता भएको छ। आज नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र पशु सेवा विभागका सह-सचिव डा. सजिना मानन्धरको उपस्थितिमा केपीएलका अध्यक्ष हेमराज बडाल र केभीएनपी कोरियाका प्रतिनिधि हानी स्वङबीच सम्झौतामा हस्ताक्षर भएको हो। यस सम्झौतासँगै केपीएलले कोरियन कम्पनी केभीएनपीको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरका पशु औषधिहरू उत्पादन गर्ने भएको छ। यसले पशुपालन क्षेत्रमा आत्मनिर्भरता बढाउने, आयात प्रतिस्थापन गर्ने र नेपाली…

विस्तृतमा...

झापा – झापाको कचनकवल गाउँपालिका अन्तर्गत घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशी प्रतिबन्धित लागुऔषध कारोबारमा मुछिएपछि सेवा करार सम्झौता खारेज गरिएको छ। गाउँपालिकाले उनको संलग्नतामाथि प्रश्न उठाउँदै उनलाई स्वास्थ्य सेवाबाट हटाएको हो। राजवंशी बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित ‘विक्रम विकास मेडिकल’सँग आबद्ध थिए। स्वास्थ्य सेवा दिइरहेका व्यक्तिको संलग्नता लागुऔषधजस्तो गम्भीर अपराधमा देखिएपछि स्थानीय प्रशासन चनाखो बनेको छ। विराटनगरस्थित औषधि व्यवस्था विभागको टोलीले वैशाख २५ गते मेडिकलमा अनुगमन गर्दा राजवंशी उपस्थित थिएनन्। त्यसपछि विभागले कचनकवल गाउँपालिका स्वास्थ्य शाखासँग राजवंशीको विवरण मागेको थियो। गाउँपालिकाले सोही दिन फार्मेसीसम्बन्धी कागजात माग्दा पनि उनले वैशाख २८ गतेसम्म कुनै प्रतिक्रिया नदिएको बताइएको छ। गाउँपालिकाका प्रमुख…

विस्तृतमा...

काठमाडौं— नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि बिक्री नहुँदाको गुनासोपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँगको छलफलपछि विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि आवश्यक पारासिटामोल र जीवनजल खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो। महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार मन्त्री पौडेलको प्रतिबद्धता पछि प्रक्रिया सुरु गरिएको हो। “नियमअनुसार खरिद सम्झौता प्रक्रिया अघि बढ्नेछ,” उनले बताए। मंगलबार मन्त्री पौडेलको सक्रियतामा स्वास्थ्य मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल औषधि लिमिटेडका अधिकारीहरूबीच छलफल भएको थियो। उक्त छलफलमा आवश्यक औषधि खरिद गर्न सरकार सकारात्मक रहेको र तीनवटै तहका…

विस्तृतमा...

काठमाडौँ- समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पु¥याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् । अन्तरराष्ट्रिय नर्सिङ दिवस–२०२५ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाद्वारा आयोजित कार्यक्रममा यसरी सम्मानित हुनुहुनेमा चन्द्रागिरि नगरपालिका–१५ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स पार्वती पङ्गेनी पौडेल, बर्दिवास नगरपालिका–१४ मा सेवारत सामुदायिक नर्स अनिसा थापा, वालिङ नगरपालिका–१ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स सृष्टि मल्ल रहेका छन् । यसैगरी तिलोत्तमा नगरपालिकास्थित गौतमबुद्ध उच्च माविमा सेवारत नर्स मुना ज्ञवाली, गोरखा नगरपालिकास्थित गोरखा माविमा सेवारत नर्स ममता लामिछाने, रोशी गाउँपालिकास्थित रोशी माविका सेवारत नर्स…

विस्तृतमा...

काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवा सुधारका लागि वरिष्ठ चिकित्सक डा. मदन उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेका छन्। तीन सदस्यीय कार्यदलमा दीपक मोहन भट्टराई र डा. सुरेश तिवारी सदस्य छन्। कार्यदलले अस्पतालका सेवा, उपकरण, जनशक्ति र स्रोतको प्रभावकारी उपयोगबारे सुझाव दिनेछ। फार्मेसी, रेडियोलोजी, प्याथोलोजी, अर्थोपेडिक्स सेवा र डिजिटलाइजेसनमा देखिएको चुनौतीबारे पनि सुझाव दिन कार्यादेश दिइएको छ। मन्त्री पौडेलले थन्किएका उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएपछि थुप्रै उपकरण पुनः प्रयोगमा आएका छन्। उनका नेतृत्वमा ओपिडी दुई सिफ्टमा सञ्चालन हुँदै सेवामा सुधार देखिएको छ। सीटी स्क्यान, एमआरआई जस्ता सेवा अधिक क्षमतामा चलिरहेका छन्। नवौं बुँदे सुधार…

विस्तृतमा...

काठमाडौँ-  नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ ।  स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ । बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य गरिएको छ । यसैबीच, चितवन जनस्वास्थ्य कार्यालयले जिल्लाका अभिभावकहरुलाई सबै पालिकाबाट खोप लगाउने व्यवस्था गरिएकाले खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई खोप सेवा लिन अनुरोध गरेको छ । कार्यालयका कीटनियन्त्रक राम केसीका अनुसार नियमित खोप छुटेका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आज खोप लगाइने छ । जिल्लाका सातवटै पालिकाका सरकारी स्वास्थ्य संस्थाबाट खोप लगाइने छ ।

विस्तृतमा...

काठमाडाैं- मुख स्वास्थ्य जीवनको महत्त्वपूर्ण पाटो हो। नियमित रूपमा ब्रस गर्ने, फ्लस गर्ने र स्केलिङ गर्ने बानी बसाल्न आवश्यक छ। स-साना लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ, त्यसैले समयमै दन्त चिकित्सकको सल्लाह लिनु बुद्धिमानी हुने डेन्टल सर्जन डा. श्रृंखला ढकालकाे सुझाव छ। उनका अनुसार, दन्त चिकित्सकहरूसमक्ष सबैभन्दा बढी किरा लागेर वा दुखेर बिरामी आउने गर्छन्। यस्तो अवस्थामा सुरुमा आवश्यक परीक्षण गरिन्छ। यदि परीक्षणबाट दाँतमा किरा लागी नसासम्मै पुगेको देखियो भने रुट क्यानल ट्रीटमेन्ट (आरसीटी) गरिन्छ, जसलाई जराबाट हुने उपचार भनिन्छ। रुट क्यानल ट्रीटमेन्टको प्रक्रियाआरसीटीको क्रममा सुरुमा बिरामीको गिजामा एनेस्थेसिया लगाइन्छ जसले गर्दा उपचार हुने भाग शून्य हुन्छ। लोकल एनेस्थेसियाको…

विस्तृतमा...

काठमाडौं – सर्वसाधारणले सुपथ मूल्यमा औषधी सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यसहित सरकारले नेपाल औषधी लिमिटेडका उत्पादन तीनै तहका सरकारी स्वास्थ्य संस्थामा पुर्‍याउन समिति गठन गरेको छ। स्वास्थ्य सेवा पहुँच र औषधीको उपलब्धता सुधार गर्न गठित उक्त समिति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजनमा बनेको हो। समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा नेपाल औषधी लिमिटेडका अधिकारी सहभागी छन्। सरकारी उत्पादन भए पनि सिटामोल, जीवनजलजस्ता आधारभूत औषधी बजारमै नपाइने गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा समिति गठन गरिएको हो। मन्त्री पौडेलले वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरूसँग…

विस्तृतमा...