बुटवल- लुम्बिनी प्रदेशलाई पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । ५९ महिनासम्मका सबै बालबालिकाहरूले राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप सुनिश्चित भएको घाेषणा गरेका हुन् । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० जना शून्य डाेजका र दुई हजार तीन सय ४३ जना खाेप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खाेजी गरेर पूर्ण खाेप लगाएपछि प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा भएको हो । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्ण खाेप पाएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले…
स्वास्थ्य डायरी
काठमाडौं- नेपाल क्यान्सर अस्पतालले पीआईसीसी/पीओआरटी लाइन केयर कार्यशाला गोष्ठी सम्पन्न गरेकाे छ । कार्यशालामा अस्पतालका चिकित्सक तथा नर्सिङ सुपरभाइजर तथा इन्चार्जहरुले प्रशिक्षण दिएका थिए । कार्यशालामा विभिन्न अस्पतालमा कार्यरत ५२ जना नर्सहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पीआईसीसी/पीओआरटी केयर सम्बन्धी विषयगत तथा अभ्यासका कक्षाहरु सञ्चालन गरिएको थियो । सहभागीहरूलाई पीआईसीसी/पीओआरटी लगाउन हुने तथा नहुने अवस्था र फाइदा बेफाइदा, पीआईसीसी/पीओआरटी लगाउने विभिन्न नशाहरुको बारेमा ज्ञान प्रदान, लगाउने विधी, आउने विभिन्न समस्या र हल गर्ने उपायबारे ज्ञान र उचित हेरचार र सुरक्षित प्रयोगकारे ज्ञान दिइएकाे थियाे । क्यान्सरको विरामीको उपचारको पद्धतीमध्ये किमो थेरापी पनि एक हो । केमोथेरापीले बिरामीका नशालाई बिगार्न सक्ने…

