स्वास्थ्य डायरी

दाङ- दाङको तुलसीपुर कारागारमा दुईदिने नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा सम्पन्न शिविरमा झण्डै ५ सय कैदीबन्दीले सेवा लिए। स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार आचार्यका अनुसार, शिविरमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला, एचआईभी लगायतका विषयमा परीक्षण, परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले स्वास्थ्य सबैको मौलिक अधिकार भएकाले कैदीबन्दीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए। स्वास्थ्य परीक्षणमा सहभागी ४७९ जना मध्ये १७४ जनामा उच्च रक्तचाप, १२९ जनामा मधुमेहको आशंका, र ६१ जनामा पिसावसम्बन्धी समस्या देखिएको कारागार स्वास्थ्य प्रमुख दोर्णबहादुर वलीले जानकारी दिए। उनका अनुसार…

विस्तृतमा...

काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न स्रोत, प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। स्वीट्जरल्यान्डको जेनेभामा जारी ७८औं विश्व स्वास्थ्य सम्मेलनमा सोमबार सम्बोधन गर्दै उनले अहिलेका जटिल स्वास्थ्य चुनौतीहरूको सामना गर्न नवीन उपाय खोज्नुपर्ने उल्लेख गरे। उनले महामारी नियन्त्रणका लागि समान पहुँचयुक्त सेवा र वैश्विक साझेदारी अपरिहार्य रहेको बताए। साथै, विश्व स्वास्थ्य संगठनले अगाडि सारेको महामारी सन्धिको नेपालले स्वागत गरेको पनि उनले बताए। मन्त्री पौडेलले नेपालले पोलियो उन्मूलन, मातृ तथा शिशु मृत्युदरमा उल्लेखनीय प्रगति र खोपको पहुँच विस्तारमा उल्लेखनीय सफलता हासिल गरेको जानकारी सम्मेलनमा गराएका छन्। साथै, महिला स्वास्थ्य स्वयंसेविका…

विस्तृतमा...

झापा- कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको छ । नगर अस्पतालको सेवामा विविधतासँगै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बताए । “चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “नयाँ भवन…

विस्तृतमा...

कैलाली- कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेकी महिलालाई सडकमै सुरक्षित रूपमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई पुरस्कृत गरिएको छ। मंगलबार गोदावरी नगरपालिका–१ मा कोठा भाडामा बस्दै आएकी २४ वर्षीया चन्द्रा आचार्यले सडकमै छोरालाई जन्म दिएकी थिइन्। त्यस क्रममा प्रहरी जवान देउवाले प्रसूति गराउन सक्रिय भूमिका खेलेकी थिइन्। उक्त साहसी र मानवीय कार्यको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेको हो। कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्र प्रदान गरेका हुन्। “सडकमै व्यथाले छट्पटाइरहेकी महिलालाई सघाएर सुरक्षित रूपमा सुत्केरी गराई अस्पतालसम्म पुर्‍याएको उत्कृष्ट कार्यका लागि प्रहरी जवान देउवालाई पुरस्कृत गरिएको हो,”…

विस्तृतमा...

काठमाडौं- कोरोना भाइरसको त्रास विश्वले बिर्सन नपाउँदै यसको नयाँ भेरियन्ट फेरि सक्रिय हुन थालेको छ। हाल हङकङ, सिङ्गापुर हुँदै भारतमा पनि नयाँ संक्रमणका केसहरू देखिन थालेका छन्। मुम्बईमा पछिल्ला तीन महिनादेखि प्रत्येक महिना ७ देखि १० जना कोरोना संक्रमित भेटिन थालेका छन्। त्यहाँको प्रसिद्ध केईएम अस्पतालमा दुई जना कोरोना पोजेटिभ बिरामीको पुष्टि भइसकेको छ। ती दुईमध्ये ५८ वर्षीया महिलाको क्यान्सरका कारण र १३ वर्षीया किशोरीको मिर्गौलाको समस्या कारण मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। यद्यपि, दुवैको मृत्युअघि गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको थियो। यसैबीच, आइपीएल खेलमा पनि कोरोना संक्रमण देखिएको छ। सनराइजर्स हैदराबादका ओपनिङ ब्याट्सम्यान ट्राभिस हेड कोरोना संक्रमित भएका…

विस्तृतमा...

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा राखिएको हरियो धनियाँमा ९९ प्रतिशतभन्दा बढी मात्रामा विषादी पाइएको छ। उक्त धनियाँ काभ्रेपलाञ्चोकबाट ल्याइएको हो। विषादीको मात्रा धेरै भएकाले उक्त धनियाँ उपभोग अयोग्य रहेको जनाइएको छ। उक्त बजारमा मंगलबार ल्याइएको काभ्रेको धनियाँमा ‘अर्गानोफस्फेट’ नामक विषादी ९९.३७९ प्रतिशत भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। कालीमाटी बजारमा राखिएका १७ प्रकारका तरकारी र फलफूलको नमुना लिएर केन्द्रीय कृषि प्रयोगशालामा परीक्षण गरिएको थियो। त्यसा क्रममा हरियो धनियाँमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटिएको हो। सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ। ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न…

विस्तृतमा...

कैलाली- प्रतिनिधिसभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगै सुदूरपश्चिम प्रदेशमा खुसियाली छाएको छ । विधेयक पारित भएको खुसियालीमा कैलालीको गेटास्थित विश्वविद्यालय भवन परिसरमै जम्मा भएर स्थानीयले दीप प्रज्वलन गर्दै खुसी मनाए । देउडा खेले, खुसी साँटासाट गरे । विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले विधेयक पारित गराउन भूमिका खेलेकामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल, सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलगायत सबैलाई धन्यवादसहित बधाइ दिए । उनले भने, ‘विगतमा सुदूरपश्चिम हेपिएको थियो, अब यो उठेको छ, जागेको छ । विधेयक पारित हुँदा हामी निकै खुसी छौँ । अब चाँडै चिकित्सा शिक्षा पढाई…

विस्तृतमा...

कैलाली- कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवतीको सुरक्षित रूपमा प्रसूति गराइएको छ। सडकमा बेथा लागेको अवस्थामा भेटिएकी ती महिलालाई प्रहरीले मानवीयता प्रदर्शन गर्दै उद्धार गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीअन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रीका देउवाले ती महिलालाई सडक छेउमा पीडामा रहेको देखेपछि तुरुन्तै स्थानीय बासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सारिन्। त्यहीँ महिलाको सुरक्षित रूपमा सुत्केरी गराइयो। सुत्केरीपछि प्रहरी जवान देउवाले आमा र नवजात शिशुलाई पद्मा अस्पताल, अत्तरिया सम्म आफैं ल्याएर उपचारका लागि भर्ना गराइन्। अस्पताल स्रोतका अनुसार हाल दुवैको स्वास्थ्य अवस्था सामान्य छ। यस घटनाले सुरक्षाकर्मीले आपतबेलामा देखाउन सक्ने मानवीय पक्षको उदाहरण प्रस्तुत गरेको छ।

विस्तृतमा...

काठमाडौं– आगामी भदौदेखि नेपाली बजारमा आउने सबै खाले सुर्तीजन्य पदार्थका प्याकेटको शतप्रतिशत भागमा सरकारले तोकेको घातक चित्र अङ्कित तस्बिर र चेतावनीमूलक सन्देश राख्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ स्वीकृत गरेको छ । त्यसको कार्यान्वयन भने १ भदौ २०८२ देखि हुने भनिएको थियो । नयाँ निर्देशिकामा चुरोट, खैनी, बिँडी र गुट्खाको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्युजस्ता घातक रङ्गिन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ…

विस्तृतमा...

काठमाडाैं- साउदी अरेबियामा विश्वकै पहिलो यस्ताे क्लिनिकको सुरुवात गरिएको छ, जहाँ बिरामीको जाँच र उपचारको जिम्मेवारी अब मानव डाक्टरले होइन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित चिकित्सकले लिइरहेका छन्। चीनको स्टार्टअप कम्पनी ‘Sini AI’ ले अल-अहसा क्षेत्रमा यस्तो क्लिनिक सञ्चालनमा ल्याएको हो, जुन हाल परीक्षण चरणमा छ। यो क्लिनिक अलमूसा हेल्थ ग्रुप सँगको सहकार्यमा खोलिएको हो। ग्रामीण तथा दुर्गम क्षेत्रमा डाक्टरको अभाव एक गम्भीर समस्या हो। यस्तो अवस्थामा एआई डाक्टरले गाउँघरमै सेवा पुर्‍याउन सक्ने सम्भावना देखिएको छ। क्लिनिकमा ‘डॉ. हुआ’ नामक एआई प्रणालीले बिरामीसँग संवाद गरेर लक्षण बुझ्छ, परीक्षणको नतिजा विश्लेषण गर्छ र उपचार योजना तयार पार्छ। अहिले यो प्रणालीले दम,…

विस्तृतमा...