स्वास्थ्य डायरी

काठमाडाैं- नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा सञ्चालनको कानुनी ढोका खुलेको छ। प्रतिनिधिसभाबाट आइतबार ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित भएसँगै सुदूरपश्चिममा मेडिकल शिक्षाको औपचारिक सुरुवात हुने भएको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पेस गरेका थिए। अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि उक्त विधेयक ऐनका रूपमा लागू हुनेछ। शिक्षामन्त्री पन्तका अनुसार विश्वविद्यालयमा दुई जना सहकुलपति रहनेछन्—शिक्षामन्त्री र स्वास्थ्यमन्त्री। प्रधानमन्त्री कुलपति हुने भए पनि उनको भूमिका औपचारिक मात्र हुनेछ। विश्वविद्यालयको नीति निर्माणदेखि प्रशासनिक निर्णयसम्मको नेतृत्व शिक्षा हेर्ने सहकुलपतिले गर्नेछन्। गेटामा विश्वविद्यालय स्थापनाको माग दुई दशकभन्दा अघिदेखि उठ्दै आएको हो। २०५६ सालमै मेडिकल कलेजको…

विस्तृतमा...

काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । उनको कार्यालयले आइतबार जारी विज्ञप्तिमा क्यान्सर हड्डीसम्म फैलिएको जनाएको छ । ८२ वर्षीय बाइडेनमा युरिनसम्बन्धी लक्षण देखिएपछि गत हप्ता परीक्षण गरिएको थियो, जसले शुक्रवार क्यान्सर पुष्टि गरेको हो । चिकित्सकका अनुसार, यो ‘हाई ग्रेड’ र ‘हर्मोन–सेन्सेटिभ’ क्यान्सर हो, जसको अर्थ औषधीय उपचारद्वारा नियन्त्रण सम्भव छ । तर, यो आक्रामक रूपमा फैलिन सक्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।

विस्तृतमा...

काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ, बाल र नवजात शिशु जीवनरक्षा कार्यक्रममा समस्या आइरहेको बताउँदै यसको निरन्तरता सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय दातृ निकायसँग सहयोगका लागि आग्रह गरेका छन्। मन्त्री पौडेलले स्विट्जरल्यान्डको जेनेभामा हुने विश्व स्वास्थ्य संगठनको ७८औँ सभाका पूर्वसन्ध्यामा आयोजित मन्त्रीस्तरीय गोलमेचमा यस्ताे भनेका हुन्। उनले भने, “वैदेशिक विकास सहायता कटौतीका कारण प्रजनन उमेरका लगभग ५० लाख महिलाले प्राप्त गर्ने सेवा र पाँच वर्षमुनिका १५ लाख बालबालिकाको पोषण कार्यक्रम जोखिममा पर्न थालेको छ। ३५ लाख वयस्कले प्रजनन शिक्षा र सेवामा समेत प्रभाव भोगिरहेका छन्।” पौडेलका अनुसार, नेपालले निम्न तथा…

विस्तृतमा...

काठमाडाैं- निजामती कर्मचारी अस्पतालले आइतबारदेखि चार घण्टे सन्ध्याकालीन सेवा सुरु गर्ने निर्णय गरेको छ। यस सेवा अन्तर्गत कार्यालय समयपछि पनि सेवाग्राहीहरूले आवश्यक सबै उपचार र परामर्श लिन सक्नेछन्। यस नयाँ व्यवस्था संघीय सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा बसेको निजामती अस्पताल विकास समितिको वैशाख २२ गते बसेको बैठकले अनुमोदन गरेको हो। अस्पतालका मेडिकल विभाग प्रमुख डा. विदेश विष्टका अनुसार, सरकारी तथा निजामती कर्मचारीले सहुलियत शुल्कमै सेवा पाउँनेछन् भने सर्वसाधारणले थोरै अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था मिलाइएको छ। यो सेवा बिस्तारले अस्पतालमा भएका विविध गुनासो र मागलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरिएको छ। भविष्यमा आवश्यकता र मागअनुसार सेवा समय थप गर्ने सम्भावनासमेत खोलिएको छ।

विस्तृतमा...

बैतडी- बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । उनीहरु खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ । यसका बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदासमेत हालसम्म पनि उपलब्ध हुनसकेको छैन । उनले भने “गत तीन हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव रहेको छ । खोप अभावबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौँ ।” जिल्लाको तीन स्थानमा रेबिजविरुद्धको खोप दिइने गरिन्छ । सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट रेबिजविरुद्धको खोप दिइने गरिन्छ । पछिल्लो समय जिल्ला अस्पताल…

विस्तृतमा...

गोरखा- गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि पुनः संसार देख्न थालेका छन् । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याएका थिए। उनीजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत मंङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उनको पालो सबैभन्दा पछि थियो । जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोले, उहाँ बसिरहेको कुर्चीबाट उठे र विस्तारै आँखाका परेला खोल्न थाले । “एक दशकदेखि अन्धकार…

विस्तृतमा...

भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ । बाल क्यान्सरका बिरामी बढ्दै गए पनि छुट्टै वार्ड नहुँदा उपचारमा समस्या आएकाले चार शय्याको आइसियू, सात शय्याको डे केयर र वार्डसहित १५ शय्याको वार्ड सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेले जानकारी दिए । क्यान्सर अस्पतालमा दैनिक एक हजार जना बिरामी बहिरङ्ग सेवा (ओपिडी) का लागि आउने गरेको बताउँदै उनले १३० शय्यामा सञ्चालन अस्पताल हाल आधा घण्टाका लागिसमेत शय्या खाली नहुने अवस्था आएको बताए । प्रमुख प्रशासकीय अधिकृत तजेलले बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि एक महिनादेखि १४ वर्षमुनिका बच्चालाई निःशुल्क उपचार, केमोथेरापीसहितको…

विस्तृतमा...

काठमाडौं- किशोर किशोरीलाई सही मार्ग अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने र शिक्षकले पढाउन नसक्ने वातावरणले समस्या भइरहेको बताए। कक्षा ९ र १० मा भने स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक वर्गमा समेटिएकाले सबैले पढ्न पाउने वातावरण नरहेको उनले जानकारी दिए। माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा अभियानकर्मी तामाङको जोड रहेको थियो । किशोर किशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत…

विस्तृतमा...

काठमाडौं- आज विश्व उच्च रक्तचाप दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको नारा ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नुहोस्, लामो समय बाँच्नुहोस्’ रहेको छ । बेला–बेला रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गरी यसवर्षको उच्च रक्तचाप दिवस मनाउन लागिएको हो । उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ देखि यो दिन मनाउन शुरू गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीलगायतले मानिसलाई ‘हाइपरटेन्सिभ’ बनाउने गरेको डाक्टरले बताएका छन् । ‘ब्लडप्रेशर’लाई ठीक ठाउँमा राख्न आवश्यक छ । सामान्यतया माथिल्लो ‘प्रेशर’ अर्थात् ‘सिस्टोलिक’ १२० र तल्लो ‘डायस्टोलिक’ ८० हुने गर्छ । विशेषगरी हृदय रोगको कारक त

विस्तृतमा...

काठमाडाैं- धुलिखेल अस्पताल अन्तर्गत ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारले नेपाललाई ५७ करोड ३० लाख येन बराबरको थप अनुदान दिने भएको छ। सो सम्बन्धी सहमति पत्रमा नेपाल र जापानबीच औपचारिक हस्ताक्षर भएको हो। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत माएडा तोरुले हस्ताक्षर गरेका हुन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो। यसअघि सन् २०२३ को अक्टोबरमा जापान सरकारले यसै परियोजनाका लागि ३ अर्ब २९ करोड ६० लाख येन बराबरको अनुदान दिने सम्झौता गरिसकेको छ। हस्ताक्षर…

विस्तृतमा...