– डा. अखिलेस कुमार कस्यपकलेजोमा बोसोको मात्रा बढेर उत्पन्न हुने रोगलाई फ्याटीलिभर भनिन्छ । सामान्यतया हाम्रो कलेजोमा पाँच प्रतिशत भन्दा बढी बोसो भयो भने फ्याटीलिभर हुन्छ । भिडियो एक्सरे गर्दा कलेजोमा बोसो जमेको आधारमा चिकित्सकहरूले ग्रेड छुट्याएको हुन्छ । तर, हाम्रो ध्यान त्यतातिर गएको हुँदैन । त्यसैले अहिले यो फ्याटीलिभर बढ्दो क्रममा रहेको छ । पहिले लिभर क्यान्सर वा लिभर सिरोसिस् जस्ता समस्या मध्यपान सेवन तथा हेपाटाइटिस् बी वा सी को कारणले हुन्छ भनिन्थ्यो । तर, अहिले विभिन्न अनुसन्धानले मध्यपान सेवन तथा हेपाटाइटिस् बी वा सी ले भन्दा बढी फ्याटीलिभरले कलेजो बिग्रिने समस्या उत्पन्न गराएको छ । यदि कसैमा फ्याटीलिभर…
स्वास्थ्य डायरी
काठमाडाैं- भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयवासीले फेरि आन्दोलन सुरु गरेका छन् । दसैँअघि एक महिना दिनसम्म चलेको आन्दोलन पुनः सुरु भएको हो । सोमबारदेखि सुरु भएको आन्दोलनको कार्यक्रम मंगलबार पनि जारी रहेकाे छ । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलन मंगलबार बिहान अस्पतालको गेट अगाडि प्रदर्शन गरिएको छ । प्रदर्शनमा स्थानीय संघ संस्था एवम् गुठी समूह, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरू पनि प्रदर्शनमा उत्रिएका थिए । अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । स्थानीयले दसैँअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई भेटेर विभिन्न चरणमा ज्ञापन पत्र…
सुर्खेत- स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय १८ वडा छन् । आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन् । यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । मुगुमा एक जिल्ला अस्पताल छ, भने २४ वटा स्वास्थ्य चौकी छन् । यहाकाँ चार स्थानीय तहमा कुनैमा आधारभूत अस्पताल निर्माण हुनसकेका छैनन् । हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ । यहाँ सात…
पर्वत- स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको कूल जनसङ्ख्याको ३५ दशमलव पाँच प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका सातै वटा पालिकाका ४६ हजार तीन सय ९६ जनाले स्वास्थ्य बिमा गरेका हुन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत असोज मसान्तसम्म १६ हजार पाँच सय ७० परिवारका ४६ हजार तीन सय ९६ जना नागरिकले स्वास्थ्य बिमा गरेर उपचार सेवा लिँदै आएका छन् । कार्यालयकी संयोजक एवं दर्ता अधिकारी सिया गुरुङले जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका १६ हजार पाँच…
कैलाली- कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । सोमबार अस्पतालको चिकित्सकीय टोलीले ५० वर्षीय पुरुषको हातको पाखुरामा पलाएको सिस्टको शल्यक्रिया गरेर अस्पतालमा शल्यक्रिया सेवा सुरु गरेको हो । शल्यक्रिया टोलीमा सर्जन डा. शंकर अधिकारी , एनेस्थेसियोलोजिष्ट डा. आशिष तिवारी, नर्सिङ कर्मचारी रोशनी शाही, आरती भण्डारी, शर्मिला चौधरी र सहयोगी रोशनी चौधरी रहेका थिए । गेटा अस्पतालले थप स्वास्थ्य सेवाहरु विस्तार गर्दै गइरहेको छ ।
बाँके – बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए । तिहार, छठ लगायतका चाडपर्वमा प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले आग्रह गरे । प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले स्थानीय किसानबाट उत्पादन भएको फूलले समेत बजार नपाउने तथा रकम बाहिरिनेजस्ता समस्या देखिने गरेको उनले उल्लेख गरे । प्रशासकीय अधिकृत गिरीले…
कास्की- चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिएको थियो । केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक…
काठमाडौं- भक्तपुरकी १०१ वर्षीया बृद्धाको घाँटीमा अड्किएको मासुको डल्लो पाटन अस्पतालका चिकित्सकहरुले निकालेका छन् । गत शनिबार खाना खाने क्रममा मासुको डल्लो बृद्धाको घाँटीमा अड्किएको थियो । मासु अड्किएर छट्पटाएकी बृद्धालाई तत्काल परिवारले पाटन अस्पताल लगेका थिए । त्यहाँका नाक कान घाँटी (ईएनटी) चिकित्सकहरुको समूहले रिजिड ईसोफागोसकोपी) गरी निकालिदिएका दिएका हुन् । उपचारमा सम्लग्न इएनटी विशेषज्ञ डा. लिजन महर्जनले बृद्धा महिलालाई बेहोस गरेर घाटीमा अड्किएको मासु ‘रिजिड इसोफागोसकोपी’ गरी निकालिएको बताए । उनले बयोबृद्धा बिरामीमा दमको समस्या समेत भएकोले अहिले पाटनमै दमको उपचार भइरहेको जानकारी दिए । बयोबृद्धाको घाँटीमा अड्किएको मासु निकाल्न शनिबार डा. महर्जनसंगै डा. बिदुर अधिकारी, डा. ओम…
तनहुँ- तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका डेंगु संक्रमणको ‘हट स्पट’ बन्दै गएको छ । पछिल्लो दुई हप्तामा नगरपालिका क्षेत्रभित्र डेंगु संक्रमण ह्वात्तै बढेको हाे । स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा व्यास नगरपालिकामा १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । नगरपालिका क्षेत्रमा पछिल्लो हप्ता ६ सय ८४ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । गत असोज १५ मा नगरपालिकामा ८ सय ८८ जनामा डेंगी पुष्टि भएकामा कात्तिक ३ सम्म १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लामा गत असार पहिलो सातादेखि हालसम्म ४ हजार ५…
कैलाली- सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरीदेखि अगस्तसम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको हो । पछिल्ला दुई महिनामा मात्रै कुल सङ्क्रमितको आधाभन्दा बढी व्यक्तिलाई ‘स्क्रब टाइफस’ भएको निर्देशनालयले जनाएको छ । अगस्तमा सबैभन्दा बढी ३७१ जनालाई यो रोग लागेको थियो । निर्देशनालयले दिएको जानकारी अनुसार डडेलधुरामा सबैभन्दा बढी ३४७ जना, अछाममा २४४, बैतडीमा १३३, कैलालीमा १२०, दार्चुलामा १०१ जनालाई ‘स्क्रब टाइफस’ सङ्क्रमण भएको छ । त्यस्तै डोटीमा ७४, बाजुरामा ५६, कञ्चनपुरमा ३४ र बझाङमा २२ जनालाई ‘स्क्रब टाइफस’ भएको छ । जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट मान्छेलाई ‘स्क्रब…

