स्वास्थ्य डायरी

काठमाडौँ- सरकारले क्यान्सर रोगको उपचारमा आर्थिक रूपमा कमजोर बिरामीलाई लक्षित गरी १४ अस्पतालमार्फत सहुलियत सेवा उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती र कोशी प्रदेशमा रहेका ती अस्पतालहरूबाट क्यान्सरसम्बन्धी शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, औषधि, शय्या तथा प्रयोगशालाजस्ता सम्पूर्ण सेवा सहुलियत दरमा उपलब्ध हुनेछ। मन्त्रालयले प्रत्येक बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क वा सहुलियतमा दिने व्यवस्था मिलाएको जनाएको छ। यस्तो सेवा प्राप्त गर्न चाहनेले आफू स्थायी रूपमा बसोबास गर्दै आएको वडाबाट सिफारिस पत्र लिनुपर्नेछ। त्यसपछि पालिका कार्यालयबाट सिफारिस गराई सम्बन्धित अस्पतालमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। हालका लागि बागमती प्रदेशका प्रमुख अस्पतालहरू वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण…

विस्तृतमा...

काठमाडौँ- सरकारले चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद रिक्त भएका कारण आवेदन आह्वान गरेको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि उपकुलपति सिफारिस समितिले आवेदन खुलाएको हो। स्वास्थ्य मन्त्रालयका सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार योग्य इच्छुक उम्मेदवारलाई आवेदन दिन सूचित गरिएको छ। साथै, प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तयार पारिएको व्यवसायिक कार्ययोजना समेत शिलबन्दी गरेर बुझाउन भनिएको छ। सचिवालयका अनुसार चारै प्रतिष्ठानको उपकुलपति पदका लागि आवश्यक योग्यता फरक–फरक रहेको छ। तर, विशेषज्ञहरू भने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू प्राज्ञिक थलो भएकाले…

विस्तृतमा...

तुलसीपुर, दाङ- राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएर सञ्चालनमा आउन नसक्दा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा अत्यावश्यक स्वास्थ्य सेवाका रूपमा रहेको सिटीस्क्यान परीक्षण ठप्प भएपछि बिरामीहरू निजी अस्पताल धाउन बाध्य भएका छन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले सिटीस्क्यान मेसिन मर्मत हुनै नसक्ने अवस्थामा पुगेको जानकारी दिए। “प्राविधिकहरूले उक्त मेसिन मर्मत गर्न नसकिने निष्कर्ष दिएका छन्,” उनले भने। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विसं २०७७ मा करिब तीन करोड रुपैयाँको लागतमा उक्त मेसिन अस्पताललाई उपलब्ध गराएको थियो। त्यहीबेला अस्पतालमा सिटीस्क्यान सेवा सुरु गरिएको थियो। तर, चार वर्ष नपुग्दै मेसिन पूर्ण रूपमा बिग्रिएपछि सेवा रोकिएको हो। सिटीस्क्यान मेसिन…

विस्तृतमा...

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाएर वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा सरकारले नीति तथा कार्यक्रममार्फत अघि सारेको यो व्यवस्था कार्यान्वयनको चरणमा पुगेको हो। मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला मन्त्रालयमा पत्राचार गर्दै पालिकाका राष्ट्रसेवक र वैदेशिक रोजगारीमा गएकाका परिवारलाई बीमामा समेट्न आग्रह गरेको थियो। सोही अनुरूप संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको हो। स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार राष्ट्रसेवक र वैदेशिक रोजगारीमा गएकाका परिवारलाई बीमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध गरिनुपर्ने प्रावधान छ। तर,…

विस्तृतमा...

काठमाडौं- देशभर डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चालू आर्थिक वर्षमा हालसम्म ७३ जिल्लामा एक हजार ३६० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। महाशाखाअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले पुसयता लगातार संक्रमितको संख्या बढिरहेको बताए। सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा ३४८, कोशीमा २८२ र गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ। त्यस्तै, लुम्बिनीमा २१५, सुदूरपश्चिममा १७४, कर्णालीमा ३२ र मधेश प्रदेशमा १८ जनामा डेंगु संक्रमण देखिएको छ। काठमाडौँमा सबैभन्दा बढी १४० जना संक्रमित भेटिएका छन्। कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६०, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६,…

विस्तृतमा...

डडेल्धुरा। डडेल्धुरा अस्पतालमा मृत जन्मदरको समस्या अझै पनि गम्भीर चुनौतीका रूपमा कायमै छ। चालू आर्थिक वर्षको वैशाख महिनासम्म अस्पतालमा २२ शिशु मृत जन्मिएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा मृत जन्म संख्या केही घटे पनि समस्या समाधान भएको छैन। स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदका अनुसार आर्थिक वर्ष २०७९/८० मा डडेल्धुरा अस्पतालमा २,१५८ शिशुको जन्म भएकोमा २४ शिशु मृत जन्मिएका थिए। त्यसपछिको वर्ष २०८०/८१ मा जन्म संख्या घटेर १,८८१ पुगे पनि मृत जन्म ३८ मा उक्लिएको थियो। चालू आर्थिक वर्षमा वैशाख महिनासम्म १,६२८ शिशुको जन्म भइसकेको छ, तर वर्षको दुई महिना अझै बाँकी रहेकाले मृत जन्मदर अझ बढ्न सक्ने साउदको भनाइ…

विस्तृतमा...

चितवन– चितवनको राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द भएको छ । नगरप्रमुख शमशेर लामाले स्रोतको अभावका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटाइएसँगै स्वास्थ्यलगायत क्षेत्रमा समस्या उत्पन्न भएको बताए । विकट पहाडी गाउँमा रहेका कान्दा, कालीटार, वाकराङ, अमृतपानी र परेवाकोट स्वास्थ्य केन्द्र बन्द भएका छन् । ती क्षेत्र जिल्लाको पहाडी र सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास भएका स्थान हुन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्य केन्द्र बन्द भएका हुन् । ज्यालादारीमा रहेका दुईजना एम्बुलेन्स चालक हटेपछि निःशुल्क सेवा दिँदै आएका दुईवटा एम्बुलेन्स पनि थन्किएका छन् । नगरप्रमुख लामाले नियमित परीक्षणका लागि क्यान्सर, मिर्गौला, मुटुलगायत…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एकीकृत गर्ने उद्देश्यले ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन’को मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयले विधेयकमाथि १५ दिनभित्र सुझाव दिन पनि सार्वजनिक सूचना जारी गरेको छ। यो विधेयकले हाल अलग–अलग ऐनअनुसार सञ्चालित प्रतिष्ठानहरूलाई एउटै कानुनी ढाँचामा ल्याउन प्रस्ताव गरेको छ। समेटिएका प्रतिष्ठानहरूमा न्याम्स (वीर अस्पताल), बिपी कोइराला (धरान), पाटन (ललितपुर), कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। मस्यौदाको दफा ३२(१) अनुसार, यी प्रतिष्ठानहरू “अध्ययन संस्थान” मा परिणत हुनेछन्। ऐन लागू भएपछि हालका छुट्टाछुट्टै भिसी (उपकुलपति) पद हटाई एकीकृत प्रतिष्ठानका लागि एक जना भिसीको मात्र व्यवस्था गरिनेछ। तर, अध्ययन संस्थानभित्रका प्रतिष्ठानहरूमा…

विस्तृतमा...

काभ्रेपलाञ्चोक- तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ। गत जेठ अन्तिम साता विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीका प्राविधिकहरुद्वारा संकलित विभिन्न १५ जातका स्थानीय तरकारी परीक्षण गर्दा विषादीको अवशेष निकै कम देखिएको हो। प्राविधिक टोलीले पाँचखालका कृषकको खेतबारीमै पुगेर उत्पादित लौका, तुनेबोडी, काँक्रो, गालेभेँडा, बुलेट खुर्सानी, बन्दा, हरियो फर्सी, भेँडेखुर्सानी, रायो साग, हरियो धनियाँ, भिण्डी, तीतेकरेला, भण्टा, घिरौँला संकलन गरी प्रयोगशालामा परीक्षण गरेकामा ती तरकारीमा सरदर शून्य दशमलव २१ देखि १२ दशमलव २४ प्रतिशतसम्म विषादीको अवशेष देखिएको स्पष्ट गरेको छ। विषादी अवशेष द्रूत विश्लेषण कार्यविधि, २०७५ मा ३५…

विस्तृतमा...

काठमाडौं- सरकारले तीन प्रदेशका १५ वटा अस्पतालमार्फत मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध गराउन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती, कोशी र लुम्बिनी प्रदेशका सरकारी तथा केही निजी अस्पतालहरूमा उक्त सेवा विस्तार गरिएको हो। सरकारले विशेष गरी महाधमनी (एओर्टा) सम्बन्धी जटिल शल्यक्रिया, मुटुमा पेसमेकर राख्ने, स्टेन्ट राख्ने र भल्भ पूर्णरूपमा क्षति भएको अवस्थामा उपचार खर्चमा एक लाख रुपैयाँसम्मको सहुलियत दिने व्यवस्था मिलाएको छ। यस्ता गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरूले सेवा लिन स्थायी बसोबास रहेको वडाबाट विपन्नता पुष्टि गर्ने सिफारिसपत्र लिएर सम्बन्धित अस्पतालमा जानुपर्नेछ। मन्त्रालयका अनुसार प्राथमिकतामा परेका बिरामीलाई सुलभ सेवा दिन अस्पतालहरूलाई आवश्यक निर्देशन दिइएको छ। बागमती प्रदेशमा वीर…

विस्तृतमा...