स्वास्थ्य डायरी

म्याग्दी- अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूति गृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो । अन्नपूर्ण –४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्डअनुसारको प्रसूति गृह स्थापना गरेको जानकारी दिए । “निलगिरिखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमको बजेटबाट निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री खरिद गरेर प्रसूति गृह स्थापना गरेको हो”, उनले भने, “नारच्याङका महिला सुरक्षित प्रसूति सेवाका लागि गाउँ छाडेर जानुपर्ने समस्या हटाएका छौँ ।” नारच्याङका गर्भवती यसअघि प्रसूति सेवाका लागि…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको छ । वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि तीन महिनाभन्दा बढी कुर्नु नपर्ने व्यवस्था गरिएको छ । यस अवधिमा मन्त्रालयले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गर्यो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबहालीको दिन पहिलो निर्णयको रुपमा क्यान्सर नियन्त्रण रणनीति, २०३० स्वीकृत गरेका थिए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल, सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक…

विस्तृतमा...

काठमाडाैं- जलनको उपचार अब सातै प्रदेशमा निःशुल्क हुने भएको छ । सरकारले सातवटै प्रदेशबाट जलनको निःशुल्क उपचार सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृतिका निम्ति पेस गरेको कार्यविधि मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको हो । अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले जलनको…

विस्तृतमा...

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले एमबिबिएस पढ्न ९ जनालाई छात्रवृत्ति दिने भएको छ । सरकारले सुदूरपश्चिम स्थायी घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका ९ जनालाई एमबिबिएस पढ्न छात्रवृत्ति दिन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उक्त छात्रवृत्तिका लागि कार्तिकको १३ गते भित्र आवेदन दिन भनेको छ । छात्रवृत्तिमा ५ सिट खुला, २ सिट महिला, १ सिट आदिवासी जनजाति र १ सिट पिछडिएको क्षेत्रका लागि छुट्टाइएको छ । प्रदेश सरकारले २०७६ साल देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्षदेखि ३ जनालाई एमडी अध्ययनका लागि पनि छात्रवृत्ति दिन लागिएको…

विस्तृतमा...

बैतडी- बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । महिनावारी भएको समयमा महिलाहरुलाई आरामको आवश्यकता पर्ने भएकाले महिला कर्मचारीहरुलाई बिदाको व्यवस्था मिलाएको उनले बताए । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले अरु बेला शनिवार समेत बिदा पाउने स्थिती नरहेकाले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको उनले बताए । महिनावारी भएको समयमा कतिपय महिलाहरुलाई पेट दुख्ने लगायतका समस्याहरु देखापर्ने र यो अवस्थामा आरामको आवश्यकता हुने भएकाले महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको हो । यो निर्णयले स्वास्थ्यचौकीमा…

विस्तृतमा...

काठमाडाैं- सहरी विकास मन्त्रालयले देशभरका विभिन्न स्थानमा ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरेको छ । साउनदेखि यता १०० दिनको अवधिमा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य १०० दिनभित्रै पुरा गरेको आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलवालले बताए । जसअन्तर्गत सोलुखुम्बुमा जिल्ला जनस्वास्थ्य कार्यलयको भवन, पाँचथरमा लुङरुपा आयुर्वेद औषधालय भवन, डडेल्धुरा अस्पताल भवन निर्माण गरेको छ । त्यसैगरी तेह्रथुममा इसिबु स्वास्थ्य चौकी भवन र थोुक्लुङ स्वास्थ्य चौकी भवन, धनकुटामा मारेकटहरे स्वास्थ्य चौकी भवन र मूर्तिढुङ्गा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ ।

विस्तृतमा...

काठमाडौं– नेपालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दीप तिम्सिनामा ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरेको हो । यसलाई नेपाली स्वास्थ्य सेवाकै महत्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ । तिम्सिनालाई एक वर्षअघि पोर्चुगलमा काम गरिरहेका बेला ‘बड चियारी सिन्ड्रोम’ भएको पत्ता लागेको थियो । भारतको नारायण अस्पतालमा समेत उनलाई तत्काल कलेजो प्रत्यारोपणको सल्लाह दिइएको थियो । तर, नेपाल फर्केपछि नर्भिक अस्पतालका डा. पौडेल र उहाँको टोलीले परीक्षण गर्दा कलेजो प्रत्यारोपणको साटो टिप्स/डिप्स (ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट ) मार्फत् सजिलै उपचार गर्न…

विस्तृतमा...

काठमाडौँ- रुवान्डा सरकारले मारबर्ग भाइरस रोगको फैलावट रोक्नको लागि विभिन्न उपायहरूको घोषणा गरेको छ । सेप्टेम्बरको अन्त्यमा देशले मारबर्ग भाइरस रोगको प्रकोप फैलिएको घोषणा गरेको थियो । यो घातक रोगको सिकार भएकाहरूको अन्त्येष्टिमा कम मात्रै मानिस भेला हुन दिने, स्कुलहरू बन्द गर्ने, अस्पतालमा भर्ना भएका बिरामीहरूको हेरचाह गर्नेहरूको सङ्ख्यालाई सीमित गर्ने नियम लागू गरिएको छ । सरकारले स्क्रिनिङ मेकानिजमहरू पनि ल्याएको छ । मारबर्ग भाइरस रोगका बिरामीहरूको सबै सम्पर्कहरू पहिचान गरेको छ, र क्वारेन्टाइन अन्तर्गत नजिकका सम्पर्कहरूलाई ध्यान नदिने वा यात्रा नगर्ने सुनिश्चित गर्न इलेकट्रोनिक प्रणालीहरू लागू गरेको छ। किगालीको इजो हेजा बजारकी एक अधिकारी अल्फोन्सिन मुकन्देराल बजारमा प्रवेश गर्ने…

विस्तृतमा...

काठमाडौँ- सरकारले जलनपीडितको निःशुल्क उपचार प्रयास प्रारम्भ गरेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गरेको त्यससम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार मन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताए । उनले भने, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रस्तुत प्रस्तावप्रति सरकार सकरात्मक छ । जलन पीडितहरूको निःशुल्क उपचारको व्यवस्था गर्नेसम्बन्धी प्रावधान शीघ्र सार्वजनिक हुनेछ ।” स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल,…

विस्तृतमा...

काठमाडौं- पर्यटन व्यवसायी वसन्त मिश्रको निधन भएको छ । आइतबार बिहान ७१ वर्षको उमेरमा उनको डेंगुको संक्रमणबाट थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको मिश्रका आफन्तले जनाएका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन्, जसले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याएका छन् । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि यो क्षेत्रमा सक्रिय थिए । मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन् ।

विस्तृतमा...