स्वास्थ्य डायरी

काठमाडौं- नेपालमा स्नायु विज्ञानको प्रवर्धन, विकास र नवीन अभ्यासबारे अन्तर्राष्ट्रियस्तरमा छलफल गर्न उपेन्द्र देवकोटा फाउन्डेसनले आगामी असार ४ र ५ गते काठमाडौंमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। ‘स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन’ नारासहित आयोजना हुने यो सम्मेलन प्रा. डा. उपेन्द्र देवकोटाको सातौं पुण्यतिथिको अवसरमा हुन लागेको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डा. मधु दीक्षित देवकोटाले न्युरो सर्जरीदेखि पुनःस्थापनासम्मका प्रमुख शाखाहरू एउटै मञ्चमा ल्याउने उद्देश्य रहेको जानकारी दिइन्। फाउन्डेसनका सीईओ मिलन गुरुङका अनुसार सम्मेलनमा स्ट्रोक, पार्किन्सन, छारे रोग, अल्जाइमरलगायत स्नायु रोगको समयमै पहिचान र नवीनतम प्रविधियुक्त उपचार प्रणालीबारे गहन छलफल हुनेछ। सम्मेलनमा अमेरिका, बेलायत, भारत, फ्रान्स, इजिप्ट,…

विस्तृतमा...

काठमाडौं – आत्महत्या प्रयासको संकेत दिँदै सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। मंगलबार बिहान भैंसेपाटीस्थित मन्त्री निवासमा पुगेका श्रेष्ठले गृहमन्त्रीसँग आफूले रामेछापमा भोगेको पीडा र अन्यायबारे विस्तृत रूपमा बताएका हुन्। श्रेष्ठले गृहमन्त्रीसमक्ष रामेछाप अस्पतालमा कार्यरत रहँदा आफूले प्रशासनिक अन्याय, मानसिक दबाब, झुटा आरोप र धम्की सहनु परेको गुनासो गरेका छन्। उनले आफूविरुद्ध योजनाबद्ध रूपमा केही कर्मचारीले मानसिक यातना दिने कार्य गरेको समेत बताए। गृहमन्त्री लेखकले सोमबार श्रेष्ठको “अलबिदा” शीर्षकको फेसबुक स्टाटस पढेपछि आफू स्तब्ध र चिन्तित भएको जनाएका थिए। मंगलबारको भेटमा उनले कठिन परिस्थितिमा पनि आत्मबल गुमाउन नहुने भन्दै डा. श्रेष्ठलाई हिम्मतका साथ अगाडि बढ्न…

विस्तृतमा...

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर ७ र ८ मा ठेउला रोग फैलिँदा बालबालिका प्रभावित भएका छन्। संक्रमण तीव्र रुपमा फैलिन थालेपछि केही विद्यालयमा पठनपाठन स्थगित गरिएको छ। सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार बालबालिकामा ठेउला देखिन थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। सरुवा प्रकृतिको यो रोग एक व्यक्तिबाट सजिलै अर्कोमा सर्ने भएकाले बालबालिका, गर्भवती महिला र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई बढी जोखिम हुने उनको भनाइ छ। महराका अनुसार ठेउला लागेमा ज्वरो आउने, शरीरभरि बिमिरा देखिने, दुखाइ हुने, भोक नलाग्नेजस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ। संक्रमण फैलिन नदिनका…

विस्तृतमा...

काठमाडौं– नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको एक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘यौन दुर्वलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण-२०२४’ नतिजा सार्वजनिक गरियो । सो नतिजाअनुसार ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता डा।खेमबहादुर कार्कीले जानकारी दिए ।दुर्बलता नेपालमा पहिलोपटक गरिएको उक्त सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता डा. कार्कीका अनुसार यौन दुर्वलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्वलता र ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्वलता छ । उनले…

विस्तृतमा...

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ सन्देश लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ काठमाडौंको बालाजुस्थित एक रिसोर्टमा सकुशल फेला परेका छन्। सोमबार बिहान ९:४७ बजे उनले फेसबुकमा ‘सबैजनालाई अलविदा, मलाई माफ गर्नुहोस्’ भन्ने सुसाइड नोट पोस्ट गरेका थिए। त्यसपछि उनको मोबाइल फोन अफ रहेको र उनी सम्पर्कविहीन भएपछि प्रहरीसहित परिवारमा चिन्ता थपिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डा. श्रेष्ठ तार्केश्वर नगरपालिका–३ मा रहेको ‘श्रीनाथ वुटिक रिसोर्ट’मा फेला परेका हुन्। प्रहरी टोलीले उनलाई फेला पारेर सोधपुछ गर्दा उनले ‘मर्न आएको’ जवाफ दिएका थिए। ‘जिउँदै हुनुहुन्छ त ?’ भनेर सोध्दा उनले ‘दाम्लो पाइएन’ भनेको प्रहरी स्रोतले जनाएको छ। प्रहरी प्रवक्ता एसपी अपिलराज…

विस्तृतमा...

कञ्चनपुर– सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिकाले उच्च प्राथमिता दिएको छ । यसैक्रममा शुक्लाफाँटा– ११ कलुवापुरमा निःशुल्क रगत परीक्षण आयोजना गरिएको छ । निःशुल्क रगत परीक्षण स्वास्थ्य शिविरमा एक सय १६ महिला र ६४ पुरुषको शिविरमा रगत परीक्षण गरिएको छ । ती मध्ये १४ जनामा सिकलसेलको ट्रेट (बाहक) फेला परेको छ । सिकलसेल एनिमिया भए नभएकोबारे ट्रेट देखिएकाको रगत प्रयोगशालमा पुनः परीक्षण पश्चात यकिन हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए । उनका अनुसार ट्रेट देखिएकामा नौ जना महिला र पाँचजना पुरुष रहेका छन । ‘६ वर्षीय बालकदेखि ६५ वर्षीय महिलामा सिकलसेल एनिमियाको ट्रेट देखा परेको छ’…

विस्तृतमा...

सिरहा – लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतबार वडा नं १२ पडरिया टोलदेखि उक्त शिविरको सुरुवात गरिएको हो । समयमै रोग पहिचान भएमा उपचार गर्न सहज होस भन्ने उद्देश्यले यस शिविर सञ्चालन गरिएको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए । “गाउँघरमा लुप्त रूपमा बिरामी रहेका हुन्छन् । उनीहरूको पहिचान गर्न र थप उपचार गर्न सजिलो होस भनेर हामीले यो कार्यक्रम सुरु गरेका हौँ”, उनले भने, “चेकजाँच गरेर थप उपचारका लागि स्वास्थ्य संस्था पठाउँछौँ ।” नियमित औषधी सेवन गरिरहेका बिरामीलाई शिविरमार्फत औषधी पनि…

विस्तृतमा...

काठमाडाैं- नेपालको सरकारी स्वास्थ्य सेवा प्रणालीभित्र देखिने राजनीतीकरण, आन्तरिक षड्यन्त्र र दवावको कथन यति बेला एकजना कर्मठ डाक्टरको “अलविदा” सन्देशसँगै सार्वजनिक भएको छ। डा. केशव श्रेष्ठ रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा १८ महिनासम्म सेवा दिएका थिए। सोमबार बिहान फेसबुकमा अत्यन्तै भावुक र गम्भीर स्टाटस लेख्दै उनी सम्पर्कविहीन भएका छन्। स्टाटसमा उनले आफ्नो चरित्र हत्या, राजनीतिक हस्तक्षेप, अन्यायपूर्ण सरुवा, मानसिक पीडा, र परिवारप्रतिको गहिरो माया खुलस्त रुपमा पोखेका छन्। “हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे…”फेसबुक पोस्टमा उनले लेखेका छन् “मलाई माफ गरिदेउ सानु… धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो… काम चोर्ने, ठग्ने सिस्टममा नबस्नेहरूसँग जुध्दा…

विस्तृतमा...

काठमाडौं- औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समिति अन्तर्गतका १२ वटा संस्थाले औषधिको मूल्य निर्धारणसम्बन्धी प्रतिवेदनविरुद्ध जारी आन्दोलन केही समयका लागि स्थगित गरेका छन्। शुक्रबारदेखि आन्दोलनमा उत्रिएका ती संस्थाहरूले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित छलफलपछि १५ दिनको अल्टिमेटम दिँदै संघर्षका कार्यक्रम रोक्ने निर्णय गरेका हुन्। स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग भएको छलफलमा मन्त्री पौडेलले डा. पोषराज पाण्डेको अध्यक्षतामा गठित मूल्य निर्धारण समितिको प्रतिवेदनमाथि थप सरोकारवाला निकायहरूसँग परामर्श गरी मात्र निर्णय लिइने प्रतिबद्धता जनाएका थिए। मन्त्री पौडेलले नेपाली जनतालाई औषधि सहज रूपमा उचित मूल्यमा उपलब्ध गराउने कुरामा सरकार दृढ रहेको उल्लेख गर्दै नेपाली औषधि उद्योग, आयातकर्ता र व्यवसायीलाई व्यवसायिक वातावरण…

विस्तृतमा...

अछाम- सरकारले सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराउने औषधि स्थानीय स्वास्थ्य संस्थाकै एक स्वास्थ्यकर्मीले निजी क्लिनिकमार्फत बिक्री गर्दै आएको खुलेकाे छ। मौलास्थित एक निजी क्लिनिकबाट औषधि किन्ने क्रममा स्थानीय मानबहादुर विकले खिचेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको हो। उक्त भिडियोमा उनले १५० रुपैयाँ तिरेर औषधि खरिद गरेको देखिन्छ। सो क्लिनिकमा कार्यरत अनमी शान्ति रावलमाथि औषधि बिक्रीमा संलग्न भएको आरोप लागेको छ। स्वास्थ्य स्रोतका अनुसार बिक्रीमा आएको औषधि स्थानीय स्वास्थ्य चौकीबाट वितरण गरिनुपर्ने निःशुल्क औषधिमध्ये पर्छ। तर, ती औषधि स्वास्थ्य चौकीबाटै निकालेर निजी क्लिनिकमा बिक्री गरिएको शंका गरिएको छ। यता, स्वास्थ्य चौकी इन्चार्ज नवीन खत्रीले भने औषधि बिक्री भएको भन्ने आरोप अस्वीकार…

विस्तृतमा...