काठमाडौँ – अनुहारको हाड जोर्नी (टीएमजे), टाउको तथा अनुहार दुखाइ, घुर्ने समस्या र निद्रामा सास अड्किने जस्ता जटिल तर प्रायः उपेक्षित रोगहरूको उपचारमा समर्पित कान्तिपुर डेन्टल कलेजले न्युरोमस्कुलर डेन्टिष्ट्रि विभाग स्थापना गरेकाे एक वर्ष पूरा भएकाे छ। कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी), बसुन्धरास्थित यो विभागले द राइट बाइट, स्लीप एन्ड टीएमजे केयर र नेशनल इन्स्टिच्युट अफ क्रेनियोफेसियल सर्जरीसँगको सहकार्यमा सेवा दिइरहेको छ। विभाग प्रमुख डा. अंकित शाहका अनुसार स्थापना भएदेखि अहिलेसम्म २६६ जनाले परामर्श सेवा लिएका छन् भने ४३ जना बिरामीले विशेष उपचार पनि गराइसकेका छन्। उनले भने, “बिरामीहरू प्रायः जिब्रो चलाउँदा क्लिक हुने, अनुहार दुख्ने,…
स्वास्थ्य डायरी
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका छन्। असार १४ गते ज्वरोको लक्षण देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालमा भर्ना गरिएको हो। अस्पतालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको उपचार निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोलीले गरिरहेको जानकारी दिएको छ। विज्ञप्तिअनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था हाल क्रमिक रूपमा सुधार भइरहेको छ।
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ज्वरोको लक्षण देखिएपछि शनिबार वीर अस्पतालमा भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार मन्त्री पौडेललाई ज्वरो आएपछि तत्कालै अस्पताल लगिएको हो। हाल उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षणहरू जारी छन् र चिकित्सकहरूको निगरानीमा राखिएको छ।
काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सङ्गठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन संवाद अघि बढाएका छन्। सङ्गठनका कार्यकारी समिति सदस्य समेत रहेको नेपालले यस मुद्दा आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ। यसै सन्दर्भमा थाइल्याण्डको बैंककस्थित राष्ट्रसङ्घीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले सङ्गठनकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदसँग नेपालको एजेण्डाको तयारी र यसमा जुटाउन सकिने विश्व समर्थनबारे विषय उठान गरे। मन्त्री पौडेलले भने, ‘हाम्रा धेरै श्रमिक अहिले रोजगारीका क्रममा बाहिर छन्। उनीहरुको स्वास्थ्य समस्या हाम्रा लागि चिन्ताको विषय बनेको छ। सबै श्रमिक देशका साझा समस्यालाई सम्बोधन गर्न पर्याप्त गृहकार्य आवश्यक छ।’ जवाफमा निर्देशक…
नेपाली समाजमा परम्परागत रूपमा असार १५ का दिन दही–चिउरा खाने चलन रहेको छ। खेतमा रोपाइँ गरेपछि थकान मेट्ने, शरीरलाई शीतलता दिने र ऊर्जा प्रदान गर्ने गुणका कारण दही–चिउरा यस दिन विशेषरूपमा खाइन्छ। तर, यो परिकार केवल परम्पराको हिस्सा मात्र नभई स्वास्थ्यको दृष्टिले पनि अत्यन्त लाभदायक छ। दहीका फाइदाहरू– दहीमा क्याल्सियम, पोटासियम, सोडियम र भिटामिन पाइन्छ, जसले हड्डी र मांशपेशीलाई बलियो बनाउँछ।– यसमा पाइने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहायता गर्छ।– दही सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।– पेटको गडबडी, विशेषतः पखालाका लक्षणहरू हुँदा दही उपयोगी मानिन्छ।– चिसो लाग्ने डर भएकाले राति नखान सुझाव दिइन्छ, तर ठीक तापक्रममा खाँदा हानिकारक हुँदैन। चिउराका फाइदाहरू–…
नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउको तरकारी पकाएर खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरू घर ढलानको भोजमा च्याउको तरकारी खाएर बिरामी परेका हुन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बिरामीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। उनीहरु सबै बुलिङटार गाउँपालिका–२ का बासिन्दा हुन्। च्याउ खाएर बिरामी परेका स्थानीय १७ वर्षीया निशा…
काठमाडौं – बच्चाले समयमै बोल्न जान्नुपर्छ। यदि ढिलो देखिन्छ भने तत्काल चिकित्सकसँग परामर्श गरेर कान परीक्षण गराउनुहोस्। समस्या छ भने हियरिङ एड र स्पिच थेरापीमार्फत बालबालिकालाई सामान्य अवस्थामा ल्याउन सकिन्छ। ललितपुरमा रहेको बीएण्डबी अस्पतालले विगतदेखि नै यी समस्याहरूकाे उपचार गरिरहेकाे छ । बालबालिका बोल्न ढिलो गर्नु सामान्य जस्तै देखिए पनि त्यसका पछाडि गम्भीर कारणहरू लुकेका हुनसक्छन्। बीएण्डबी अस्पतालमा कार्यरत नाक, कान, घाँटी विशेषज्ञ डा. अश्बिना केसीका अनुसार, बच्चाले समयमै बोल्न नजानु केवल “अझै सानो छ, बोल्ला” भनेर बेवास्ता गर्न मिल्ने कुरा होइन। ढिलो बोल्नुको मुख्य कारण – सुन्ने समस्याडा. केसीका अनुसार बालबालिका बोल्न नजानुका पछाडि सबैभन्दा पहिलो हेर्नुपर्ने कुरा हो…
-डाक्टर पवनराज पाठक मैले दिनमा सालाखाला ३०-४० जना बिरामी हेर्ने गर्छु। जनरल ओपीडी र इमरजेन्सी गरेर फरक फरक प्रकृतिका रोग र विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक परिवेशका बिरामी हेर्ने अवसर मलाइ प्राप्त हुन्छ। नेपालजस्तो देशमा बसेर दिनमा ३०-४० जना बिरामी हेर्नु भनेको सामान्य कुरा नै हो ! तर मेरो काम भन्दा मेरो कामले जन्माएको अन्तरविरोधले म ज्यादा थकित हुन्छु। उपचार गर्दा मैले बिरामी को चप्पल हेर्नु पर्ने अवस्था छ। म कहाँ आएको बिरामीले कुन जाँचहरु गर्न सक्छ, उसले कुन औषधि उपचार किन्न सक्छ भनेर म एकछिन आफैँ रुमल्लिन्छु र बिरामीसँग केहिबेर गफ्फेर उसका दु:ख सुखहरु एकैछिन साटेर म औषधि उपचार र…
काठमाडौं – स्वास्थ्य पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयमा एक दिने कार्यशाला बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)को संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कार्यशालाको उद्घाटन सत्रमा परिषद्का अध्यक्ष प्रा. डा. नारायण विक्रम थापाले स्वास्थ्य अनुसन्धान र सञ्चारको सहकार्यले स्वास्थ्य प्रणाली सुधारमा टेवा पुग्ने बताए। “अनुसन्धानको नतिजा जनस्तरसम्म पुर्याउन मिडियाको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ,” उनले भने। कार्यक्रममा डा. गणेश दंगाल, परिषद्का सदस्य सचिव डा. प्रमोद जोशी, वरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र डा. युविन यादवले विभिन्न विषयमा प्रस्तुति दिएका थिए। डा. प्रमोद…
सिरहा- सिरहाको गोलबजार नगरपालिका–१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय रहेको बताए। “स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुन्छ”, उनले भने, “यस्तो कार्य अन्य वडाका लागि प्रेरणादायी बन्छ।” गोलबजार–१० वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको उद्देश्यबारे भने, “स्वयंसेविकाले घरदैलोमै पुगेर सेवा दिनुपर्छ । उनीहरू टाढाटाढासम्म पैदल हिँड्न बाध्य थिए । अब साइकल पाउँदा उनीहरूको काम सहज र प्रभावकारी बन्ने…

