स्वास्थ्य डायरी

कञ्चनपुर- गर्मी र वर्षातकको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमितताले डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ। जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए । “तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ”, उनले भने, “पहिला गर्मी र वर्षाका बेला मात्र डेङ्गुको सङ्क्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ ।” लामखुट्टेको जीवनचक्रमा मौसमले…

विस्तृतमा...

तनहुँ- जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् । दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा डीबी क्षेत्रीले जानकारी दिए । ‘पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५–२० पुगेको छ । पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ’, उनले भने । ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोटलगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् । थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्याङ्क छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको प्रतिबद्धता व्यक्त गरे । उनले भने, “नागरिक परिचयपत्रमा जनसङ्ख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्याङ्क लिन नेपालले काम गरिरहेको छ ।” मन्त्री पौडेलले एकीकृत तथ्याङ्क अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरिएको उल्लेख गर्दै डिजिटल स्वास्थ्य सुधारमा अन्तर मन्त्रालयस्तरीय सहकार्य अझ व्यापक पार्ने बताए।…

विस्तृतमा...

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका–४ दिगामचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिरामी पर्नेमा ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन्। उनीहरूले हिजो दिउँसो जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए। राति नै टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएपछि अवस्था गम्भीर भएपछि उनीहरूलाई तत्काल लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

विस्तृतमा...

चितवन – चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो । अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा. गुरुशरण साहका अनुसार क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका र क्यान्सर निको भएर पुनः देखिएका बिरामी यस अस्पतालको पहुँच बाहिर रहेकाबेला सहजीकरण गर्न यो सेवा शुभारम्भ गरिएको हो । चौबिसै घण्टा खुला रहने ९८५५०८१५०१ नम्बर फोनमा बिरामी वा आफन्तले सम्पर्क गरेर सेवा लिनसक्ने उनले जानकारी दिए । उनले भने, ‘यो नम्बरमा अस्पतालसम्बन्धी गुनासो…

विस्तृतमा...

काठमाडौं – माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटमा सम्झौतासम्बन्धी मस्यौदामाथि सकारात्मक छलफल भएको हो। मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र सम्झौता चाँडै गर्न गृहकार्य भइरहेको जानकारी दिएका छन्। एमडी, एमएस तथा एमबीबीएस तहमा माल्दिभ्सका विद्यार्थीलाई स्वागत गर्न नेपाल तयार रहेको बताउँदै उनले नेपाली विद्यार्थीको अवसर प्रभावित नहुने गरी छुट्टै कोटा राख्ने विषयमा परामर्श भइरहेको जनाए। भेटका क्रममा मन्त्री पौडेलले माल्दिभ्समा कार्यरत नेपालीहरूले आम्दानी स्वदेश पठाउन कठिनाइ भोगिरहेको समस्या पनि उठाए। जवाफमा राज्यमन्त्री गसिमले उक्त समस्या समाधान…

विस्तृतमा...

भक्तपुर ।-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्ने बताएका छन् । आज भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उनले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्‍याउनुपर्ने धारणा राखे । मन्त्री पाण्डेले भक्तपरबाट सुरु भएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी एवं युवा वर्गलाई योगमा केन्द्रित गराउनुपर्ने बताउनुभयो । उनले भने, “नेपालको युवा शक्तिलाई योगमा ल्याउनु आवश्यक छ । अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्नेछन् । योगको ज्ञान र ध्यानले पहिलो परिवार, समाज, देश…

विस्तृतमा...

भोजपुर- जिल्लाका ६ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका हुन् । षडानन्द नगरपालिकाका साथै रामप्रसाद राई र आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने चरणमा रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । तीन वटा स्थानीय तहलाई समयमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न ढिलाइ हुदाँ जिल्लालाई घोषणा गर्न नसकिएको उनले बताए । भोजपुर नगरपालिकाका साथै हतुवागढी, टेम्केमैयुङ, साल्पासिलिछो, अरुण र पौवदुङमा गाउँपालिकाभित्र रहेका सबै लक्षित उमेर समूहका बालबालिकाले नियमित खोप तालिकाअनुसार पूरा खोप सेवा लिएपछि यी स्थानीय तहलाई पूर्णखोप सुनिश्चित…

विस्तृतमा...

काठमाडौं – अबदेखि देशभरका एम्बुलेन्सहरूलाई अनिवार्य रूपमा सरकारबाट अनुमति लिएर मात्र सेवा दिन पाइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईअन्तर्गतको राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको २०८२ जेठ ३० गते बसेको बैठकले बिना अनुमति सञ्चालन भइरहेका एम्बुलेन्सहरूलाई अब अनुमतिबिना चलाउन नपाइने निर्णय गरेको हो। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “अबदेखि एम्बुलेन्स सेवा दिन चाहनेले जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सँग समन्वय गरी, सम्पूर्ण मापदण्ड पूरा गरेर मात्र सेवा दिन सक्नेछन्।” अनुमति प्राप्त गर्नका लागि जीपीएस प्रणाली जडान, प्रेषण केन्द्र प्रणालीमा आबद्धता, राजश्व छुट लिएको जिल्लामै सेवा दिइरहेको हुनु, फोरह्विल सवारी हुनुजस्ता प्राविधिक मापदण्ड अनिवार्य गरिएको छ।…

विस्तृतमा...

काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डको स्वास्थ्य प्रणालीबाट नेपालमा गर्न सकिने सुधारका सम्भावनाबारे नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्। जनसङ्ख्या नीति सम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रिस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले, नेपाली राजदूतावासको आयोजनामा आयोजित कार्यक्रममा, थाइल्याण्डमा कार्यरत नेपाली स्वास्थ्य नीति निर्माता, विज्ञ तथा मेडिकल विद्यार्थीहरूसँग विचार आदानप्रदान गरेका हुन्। मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्य उपचार प्रणाली, मेडिकल शिक्षा र स्वास्थ्य बीमा प्रणालीबारे थाहा पाएका अनुभव नेपाली स्वास्थ्य प्रणाली सुधारका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। उनले मन्त्रालयले हाल नीति निर्माण, स्वास्थ्य सेवा विस्तार र बीमामा सुधारका कदम अघि बढाएको जानकारी समेत दिए। कार्यक्रममा नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा…

विस्तृतमा...