चितवन– यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण भएको पाइएको हो । मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाइँका अनुसार नेपाल सरकारले बनाएको मापदण्डअनुसार चितवनमा उत्पादित महको गुणस्तर राम्रो भएको र पौष्टिक तत्वले भरिपूर्ण रहेको पाइएको हो । मौरीपालन विकास केन्द्र भण्डारा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको गुणस्तर परीक्षणका लागि ११ वटा फार्मबाट नमूना संकलन गरि पठाएको थियो । परीक्षणका क्रममा सबै नमूना गुणस्तरयुक्त पाइएको हो । उनले भने, ‘चितवनका ११ वटा फार्मबाट रुदिलो, तोरी, चिउरी, फापर र जङ्गली…
स्वास्थ्य डायरी
सङ्खुवासभा- खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ श्ययाको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पांमा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ नीति कार्यान्वयन गरेको हो । नगर अस्पताल भवन रु तीन करोड ७३ लाख ५१ हजारको लागतमा सम्पन्न भएसँगै बुधबारदेखि अस्पतालले सेवा सञ्चालन गरेको हो । कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेललगायत स्थानीय विशिष्ट व्यक्तिले अस्पतालको उद्घाटन गरे। पूर्वस्वास्थ्यमन्त्री कार्कीले अस्पतालका लागि आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नगरप्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिए।
बाँके- डुडुवा गाउँपालिकाले बाढी र डुबानबाट प्रभावित विपन्न बासिन्दाका लागि पाँच शय्याको सामुदायिक आधारभूत अस्पताल निर्माण गरेको छ। गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीका अनुसार राप्ती नदी तटीय क्षेत्रका बासिन्दा झाडापखाला, हैजा, लुतो र छालासम्बन्धी रोगको संक्रमणबाट बारम्बार प्रभावित हुने भएकाले अस्पताल स्थापना गरिएको हो। अध्यक्ष चौधरीले आर्थिक अवस्था कमजोर भएका कारण नेपालगन्जका ठूला अस्पतालसम्म पुग्न नसक्ने बाढीपीडितहरू जोखिममा पर्दै आएको बताए। त्यस्ता समुदायलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क उपचार सेवा दिन अस्पताल निर्माण गरिएको हो। गाउँपालिकाका डुडुवा, गन्धैली र सुतैया नालासँगै राप्ती नदीको बाढीले अधिकांश बस्ती जलमग्न हुने गरेको अध्यक्ष चौधरीले बताए। नदीले तीनतिरबाट घेरिएको चौफेरी बस्तीका बासिन्दालाई बाढीका बेला ज्यान…
डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप तथा पूर्णसंस्थागत प्रसूति सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधबार पालिकालाई प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसूति पालिका घोषणा गरिएको हो । घरमा हुने प्रसूति शून्य भएपछि पालिकालाई पूर्णसंस्थागत सुत्केरी घोषणा गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए । ०७४ सालमा पारित पहिलो नीति तथा कार्यक्रममा समेटिएको योजना र लक्ष्यअनुसार नै पूर्णसंस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए । अध्यक्ष भट्टले उक्त उपलब्धि हासिल गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिए ।
काठमाडौँ- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण देखिन सक्ने अनुमान गरेको छ। महाशाखाको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेङ्गु फैलिने समय सुरु भइसकेकाले जुनसुकै समयमा र ठाउँमा सङ्क्रमण तीव्र गतिमा फैलिन सक्ने खतरा रहेको छ। उनका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म डेङ्गुको जोखिम सबैभन्दा उच्च हुन्छ। हालसम्म ७३ जिल्लाबाट करिब १६ सयमा सङ्क्रमण पुष्टि भइसकेको छ। तर बिरामीमा लक्षण नदेखिनु, परीक्षण नगर्नु वा रिपोर्ट नआउनुका कारण आधिकारिक तथ्याङ्क कम देखिएको उनले बताए। डा. दाहालले हाल समाजमै १० हजारको हाराहारीमा डेङ्गु सङ्क्रमित रहेका तर उपचारको दायरामा नआएका बिरामी रहेको बताए। उनले डेङ्गु फैलावट…
काठमाडौं – कलंकी–रविभवन क्षेत्रस्थित ‘निर्जरा ब्युटी सलोन’ले गैरकानुनी रूपमा दन्तसम्बन्धी सेवा प्रदान गरिरहेको खुलासा भएको छ। सामाजिक सञ्जाल विशेषगरी टिकटकमा भाइरल भएका भिडियोहरूमा उक्त सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा सजावट गर्ने र अन्य दन्तसम्बन्धी काम गरिरहेको देखिएको हो। नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय महासचिव डा. प्रदिप भण्डारीका अनुसार यस्तो सेवा नेपालमा कानुनी रूपमा प्रमाणित दन्त चिकित्सकबाहेक अरू कसैले दिन मिल्दैन। तर उक्त सलोनले कुनै प्रमाणिकता नदेखाई यस्तो सेवा दिँदै आएको पाइएको छ। एसोसिएसनका अर्का केन्द्रीय सदस्य भुमेश काफ्लेले यस्ता कार्यले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने चेतावनी दिए। “दाँत र मुखको स्वास्थ्य संवेदनशील विषय हो, अनधिकृत व्यक्तिबाट सेवा लिँदा दीर्घकालीन क्षति हुन…
ललितपुर- ललितपुर महानगरपालिकाले महानगरबासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिरिदिने भएको छ । ललितपुर महानगर र राष्ट्रिय बिमा बोर्डबीच बुधबार प्रिमियम तिर्ने सम्बन्धी समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गरे । यसैगरी नगर प्रहरी, महानगरका सरसफाईकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्पै्ररक (टिएचपी)को भने सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको हो । कार्यक्रममा चेक हस्तान्तरण पनि गरिएको थियो । ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम दुई वर्ष अघि सुरु गरेको हो । यस स्वास्थ्य केन्द्रमार्फत् बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त…
काठमाडौं- औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकारवाला समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच औषधिको मूल्य नीतिसम्बन्धी प्रतिवेदनका विषयमा आज महत्वपूर्ण छलफल भएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटा र आन्दोलनरत सरोकारवालाबीचको छलफलमा प्रतिवेदनमा उल्लेखित विषयहरूमाथि गहन समीक्षा गरिएको छ। छलफलका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधिको मूल्य नीतिसम्बन्धी प्रस्तावित प्रतिवेदनमा केही कमजोरी रहेको स्वीकार गर्दै त्यसलाई अझ परिष्कृत र व्यावहारिक बनाउने प्रतिबद्धता जनाएका छन्। मन्त्री पौडेलको भनाइ उद्धृत गर्दै सचिव देवकोटाले मन्त्रालयको आन्तरिक कमिटीमा थप छलफल गरिने र आन्दोलनरत सबै सरोकारवालाबाट राय, सुझाव संकलन गरेर मात्र प्रतिवेदनलाई अन्तिम रूप दिइने स्पष्ट पारे। सरकारसँगको छलफलपछि नेपाल औषधि उत्पादक…
काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाइने भएका हुन् । “पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भने । सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरले प्रतियुनिट रु एक हजार ५० का दरले रकम प्रदान गर्नेछ ।
कैलाली- सुदूरपश्चिम प्रदेशमा रेबिज विरुद्धको खोपको अभाव भएको छ। कैलाली र कञ्चनपुरका प्रमुख अस्पतालहरू, जसमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताल समेत अहिले रेबिज खोप उपलब्ध छैन। प्रदेश सरकारले पहाडी जिल्लाका केही स्वास्थ्य संस्थामा थोरै खोप हुन सक्ने जनाए पनि अधिकांश स्थानमा अभाव देखिएको छ। नेपाल सरकारले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमार्फत निःशुल्क खोप पठाउने व्यवस्था गर्दै आएको भए पनि हाल केन्द्रबाट खोप नपठाइएकाले सुदूरपश्चिममा अभाव देखिएको हो। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीका निमित्त प्रमुख झनक ढुङ्गानाका अनुसार सुदूरपश्चिममा खोप अभाव भएको र यसअघि विनियोजित १० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिएका छन्। ढुङ्गानाका अनुसार संघीय सरकारले…

