स्वास्थ्य डायरी

पाल्पा – पाल्पाको रामपुर नगरपालिका–६, तिलकपुरका १० वर्षीय पवन कुमाल विगत एक वर्षदेखि फलामको खोरभित्र थुनिएर दिन बिताउँदै आएका छन्। मानसिक र शारीरिक रूपमा अशक्त पवनलाई परिवारले सुरक्षा कारण दिँदै बिहानदेखि साँझसम्म खोरभित्र राख्नुपरेको बताएको छ। पवनका आमा पूर्णमाया कुमालका अनुसार पवन जन्मँदै अशक्त छन्। झोलुङ्गोमा राखेर घरमै राख्ने कोसिस गरे पनि घस्रिँदै घरबाट बाहिर निस्किने, फर्किन नसक्ने र सडक दुर्घटनाको डरले उनीहरू बाध्य भएर फलामको खोर बनाउनु परेको हो। पवनका जुम्ल्याहा भाइ पविन भने नवदुर्गा माविमा कक्षा ६ मा अध्ययनरत छन्। आमाले भाइलाई विद्यालय पठाउँदा पवनलाई खोरभित्र राखेर काम गर्न जानुपर्ने अवस्था आएको बताउँछिन्। पवनको उपचारका लागि परिवारले विभिन्न…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयकको मस्यौदामा राय–सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मस्यौदामा सुझाव दिन चाहने व्यक्तिहरूले १५ दिनभित्र पठाउन अनुरोध गरेको छ। हालको कानुन अनुसार २८ हप्तासम्मको गर्भपतन गर्न सकिने व्यवस्था छ। तर नयाँ संशोधन प्रस्तावमा गर्भपतन जुनसुकै समयमा गर्न सकिने व्यवस्था थप्ने तयारी भइरहेको छ। यो प्रस्तावलाई लिएर स्वास्थ्यकर्मी र अधिकारकर्मीबीच मतभेद देखिएको छ। स्वास्थ्यकर्मीहरू आपतकालीन अवस्थामा मात्र यस्तो व्यवस्था लागू गर्न सकिने बताउँछन्। उनीहरू २० हप्तासम्मको भ्रूण पनि जीवितै जन्माउन सकिने उदाहरण प्रस्तुत गर्छन्। तर अधिकारकर्मीहरू चाहिँ महिलाको इच्छा विपरीत जन्माउनुपर्ने…

विस्तृतमा...

काठमाडौं- सामान्यतया जीवनलाई सन्तुलित राख्न ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने सिद्धान्तलाई उत्तम मानिन्छ। आयुर्वेद र शास्त्रले पनि यसलाई स्वस्थ जीवनशैलीका रूपमा स्वीकृति दिएका छन्। यद्यपि, यी समयहरू दिनचर्याअनुसार मिलाउनु आवश्यक हुन्छ। विशेष गरी रातिको समयमा सुत्नु र दिउँसो काम गर्नु स्वास्थ्यका दृष्टिकोणले लाभदायक मानिन्छ। तर, धेरै व्यक्ति कामको प्रकृति वा बानीका कारण दिउँसो सुत्ने गर्छन्। विशेषतः रातिमा काम गर्नेहरू वा थकान महसुस गर्नेहरू दिउँसो आराम गर्छन्। तर शास्त्र र आयुर्वेदका अनुसार दिउँसो सुत्नु शरीरका लागि हानिकारक हुनसक्छ। आयुर्वेदको मान्यता अनुसार दिउँसो सुत्दा पाचन प्रणालीमा असर पर्छ, जसले गर्दा ग्यास, कब्जियत, अपचजस्ता समस्याहरू देखापर्छन्। त्यस्तै,…

विस्तृतमा...

भक्तपुर- भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिए । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मंगललबार तीन जनाको शल्यक्रिया गरेको छ । “आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा भट्टले भने । आङ खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उनले आह्वान गरे।

विस्तृतमा...

काठमाडौं- नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध प्रदर्शन गरेको छ। मंगलबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरू आफूहरूको पेशा मेट्ने प्रयास अस्वीकार्य भएको भन्दै सडकमा उत्रिएका हुन्। उनीहरूले प्रस्तावित संरचना रेडियोग्राफी पेशामाथिको हमला भएको भन्दै विरोध जनाएका छन्। सोसाइटीका अनुसार, स्वास्थ्य मन्त्रालयले ल्याएको प्रस्तावित संरचनाले रेडियोग्राफरहरूको दरबन्दी र भूमिका कमजोर पार्ने भएकाले आफूहरूले यसको विरोधमा उत्रिनु परेको हो। नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ओएनएमको विरोधमा ज्ञापनपत्र बुझाएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर विरोध जारी रहेको बताए। उनले सरकार गम्भीर नबनेको आरोपसमेत लगाए। प्रदर्शनमा सहभागीहरूले “रेडियोग्राफरको आवाज सुन्ने बेला भयो”, “रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्याइयोस्” भन्ने जस्ता प्लेकार्डहरू प्रदर्शन…

विस्तृतमा...

कञ्चनपुर- कञ्चनपुरमा हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ। हाइड्रोसिल भएका बिरामीको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ। विभिन्न स्थानमा हात्तीपाइले सम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन गरी हाइड्रोसिलको समस्या देखा परेका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाइएको हो। शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा सोमबार महाकाली प्रादेशिक अस्पतालले आयोजना गरेको हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविरमा २३ जनामा हाइड्रोसिलको समस्या देखा परेको छ। अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्र रावलका अनुसार हाइड्रोसिलको समस्या देखा परेका २३ मध्ये १० जनामा जटिल प्रकृतिको समस्या देखा परेका छन् भने १३ जनामा सामान्य किसिमको हाइड्रोसिल देखिएको उनँले बताए। “जटिल प्रकृतिको हाइड्रोसिलको समस्या देखा परेका १० जनाको महाकाली…

विस्तृतमा...

कोहलपुर – बाँकेको डुडुवा गाउँपालिका–२ की २२ महिने जुगुन्तीको तौल जम्मा ५ किलो छ। उनको अनुहार खिइएको, शरीर शिथिल देखिन्छ। चिकित्सकहरूले उनलाई ‘गम्भीर कुपोषण’ को श्रेणीमा राखेका छन्। यही वडाकी ११ महिने राधिका खटिकको तौल ४ किलो मात्र छ। यी बालबालिका बाँकेका कुपोषित बालबालिकामध्ये केही प्रतिनिधि मात्र हुन्। स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका ५ हजार ५१३ बालबालिकामा कुपोषण देखिएको छ। तीमध्ये ७८२ जनामा ‘कडा शीघ्र कुपोषण’र २ हजार ५२७ जनामा मध्यम कुपोषण पाइएको छ। यसअघिका वर्षहरूमा पनि कुपोषणको दर उस्तै उच्च देखिएको छ। २०७९/८० मा ५०,३९३ र २०८०/८१ मा ६३,०९९ बालबालिकामा कुपोषण देखिएको थियो। स्वास्थ्य…

विस्तृतमा...

किमाथाङ्का- सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई सोमबार हस्तान्तरण गरेको हो । अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आर्शीवाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमासमेत सहज हुने भएको छ । भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिए । पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने प्रमुख शाक्यको भनाइ छ । अस्पताल…

विस्तृतमा...

विराटनगर- कोभिड–१९ संक्रमणका कारण इलामकी ३९ वर्षीया एक महिलाको मंगलबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। कोरोना महामारीको चरणपछि विराटनगरमा संक्रमणका कारण भएको यो पहिलो मृत्यु हो। मृतक महिला इलामको सूर्योदय नगरपालिकाकी रहनु भएकी थिइन्। सात दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका लागि पुगेकी थिइन्। अस्पतालमा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि मंगलबार बिहान ४:२० बजे नोबेल शिक्षण अस्पताल, विराटनगरमा भर्ना गरिएको थियो। नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, उनलाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो र उपचार सुरु हुन नपाउँदै बिहान ६ बजेतिर आकस्मिक कक्षमै मृत्यु…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै सेवा पुर्‍याउँदै आएको बीएम फाउण्डेसनले पछिल्लोपटक सुर्खेतको बीरेन्द्रनगर–१३ स्थित जरबुटा करै खोलामा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविर गत ४ असारमा आयोजित गरिएको हो, जसमा एकै दिनमा ५५९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। फाउण्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार, शिविरमा ३१३ जनाको आँखा र २४६ जनाको दन्त परीक्षण गरिएको थियो। शिविरमा आँखाका लागि परीक्षण, चस्मा वितरण र औषधि निःशुल्क वितरण गरिएको थियो भने दन्त तर्फ दाँत सफा गर्ने, भर्ने, निकाल्ने सेवा प्रदान गरिएको थियो। फाउण्डेसनको आयोजनामा भएको उक्त शिविरमा सह-आयोजकको रूपमा बीरेन्द्रनगर वडा नं. १३, कान्तिपुर डेन्टल कलेज टिचिङ…

विस्तृतमा...