स्वास्थ्य डायरी

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार तथा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसीयू सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताए । उनकाअनुसार ट्रमा अस्पतालमा हाल २०० बेडमध्ये १० वटा मात्रै आईसीयू कक्ष सञ्चालनमा छन् । उनले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसीयू सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग…

विस्तृतमा...

झापा- झापामा पुनः कोरोना संक्रमण देखा पर्न थालेको छ। स्वास्थ्य कार्यालय झापाका प्रमुख डा. रमेश बाराकोटी का अनुसार हालसम्म झापामा ८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये पाँच जना झापाका हुन् भने मोरङ, इलाम र दोलखाका एक–एक जना रहेका छन्। संक्रमण पुष्टि भएसँगै मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा शंकास्पद व्यक्तिहरूको परीक्षण सुरु गरिएको छ। “नाकामा तीन जना स्वास्थ्यकर्मी खटिएका छन्,” प्रमुख बाराकोटीले बताए, “तर जटिल प्रकृतिका बिरामीलाई कहाँ राख्ने भन्नेमा अन्योल छ।” उनका अनुसार कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप झापा आइपुगेको छ। नयाँ खोप तालिकाअनुसार जिल्लाका पालिकासँग समन्वय गरेर खोप वितरण कार्य अघि बढाइने तयारी भएको जनाइएको छ। प्रमुख बाराकोटीका…

विस्तृतमा...

काठमाडौं- चिकित्सा शिक्षासँगै गुणस्तरीय उपचार सेवामा स्थापित कान्तिपुर जनरल एण्ड डेन्टल अस्पताल बहुपक्षीय सेवासहित बिरामीहरूको भरपर्दो गन्तव्य बन्दै गएको छ। २००७ सालमा डेन्टल कलेजका रूपमा स्थापना भएको संस्थाले २०१३ देखि १०० शय्याको जनरल अस्पतालमार्फत सर्वसाधारणलाई सेवा दिँदै आएको छ। अस्पतालमा दन्त उपचारदेखि लिएर पेटसम्बन्धी, छालासम्बन्धी, मेडिसिन, बाल रोग, हाडजोर्नी शल्यक्रिया, नाक–कान–घाँटी, स्त्रीरोग, आँखाको उपचारसम्मका सम्पूर्ण सेवा उपलब्ध रहेकाे निर्देशक डा. केदार प्रसाद सेन्चुरीले जानकारी दिए। आपतकालीन सेवा पनि गुणस्तरीय रहेको बताउँदै निर्देशक सेन्चुरी भन्छन्, “वार्डमा भर्ना, शल्यक्रिया, आईसीयू, शल्यक्रिया कक्ष सबै सुसज्जित छन्। सबै ठाउँबाट बिरामी आए पनि सहज व्यवस्थापन गर्नसक्ने क्षमता हामीसँग छ।” बहु–विशेष सेवा, सबै उपकरण उपलब्धअस्पतालमा बहु–विशेषज्ञ…

विस्तृतमा...

बाँके, खजुरा- भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना बिरामी परेका छन्। खजुरा–४ स्थित एफ गाउँमा आफन्तको घरमा आयोजित भात खुवाई कार्यक्रममा सहभागी भएर कुखुराको मासु, पुलाउ र राजमा खाएका व्यक्तिहरूमध्ये मासु खानेहरू बिरामी परेको वडा अध्यक्ष टेकबहादुर रोकाक्षेत्रीले जानकारी दिए। उनका अनुसार कुखुराको मासु खाएका १३ जना मध्ये एकै परिवारका सात जना छन्। उनीहरूमा झाडापखाला, उल्टी, ज्वरो, रिँगटा लाग्ने लगायतका लक्षण देखिएको छ। बिरामीमध्ये बालबालिकासमेत छन्। खजुरा–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीका अनुसार पुलाउ, तरकारी र अचार खाएका व्यक्तिहरूमा कुनै समस्या देखिएको छैन। कुखुराको मासु खानेहरू मात्रै बिरामी परेका हुन्। भात…

विस्तृतमा...

काठमाडौँ – उपभोक्ता अदालतको पछिल्ला फैसलाप्रति असहमति जनाउँदै नेपालभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आजदेखि कालोपट्टी बाँधेर सेवा दिन थालेका छन्। नेपाल चिकित्सक संघको अगुवाइमा सुरु गरिएको यस ७२ घण्टे विरोध कार्यक्रम अन्तर्गत चिकित्सकहरूले नियमित सेवा प्रवाहलाई निरन्तरता दिँदै हातमा कालोपट्टी बाँधेर असहमति जनाइरहेका छन्। नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार पछिल्ला दिनमा उपभोक्ता अदालतले विभिन्न अस्पताल र चिकित्सकमाथि क्षतिपूर्तिको फैसला सुनाएको छ, जुन नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रसँग बाझिएको छ। उनका अनुसार उपचारका क्रममा देखिएको सम्भावित त्रुटिको छानबिन नेपाल मेडिकल काउन्सिलमार्फत हुनुपर्ने हो उपभोक्ता अदालतमार्फत होइन। संघका अनुसार ओम अस्पताल, हिमालय अस्पताल, ग्राण्डी अस्पताललगायत केही संस्थालाई अदालतले लाखौँदेखि करोडौँसम्म…

विस्तृतमा...

काठमाडौं- भारतको दक्षिणी राज्य तेलङ्गानाको हैदराबाद नजिकै रहेको एक औषधि निर्माण कम्पनी सिगाची इन्डस्ट्रिज लिमिटेडको उत्पादन इकाइमा सोमबार भएको भीषण विस्फोट र आगलागीमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने तीन दर्जनभन्दा बढी कामदार घाइते भएका छन्। राज्यका अग्नि नियन्त्रण विभाग प्रमुख जी.भी. नारायण रावका अनुसार, घटना हैदराबादबाट करिब ५० किलोमिटर टाढाको एक औद्योगिक क्षेत्रमा भएको हो। विस्फोटपछि फैलिएको आगोका कारण कारखाना पूर्ण रूपमा भत्किएको छ र घटनास्थलबाट ३४ जलेका शवहरू निकालिएको छ। थप दुई जना अस्पतालमा मृत घोषित गरिएको जनाइएको छ। रावका अनुसार, कारखानाको स्प्रे ड्रायर युनिटमा विस्फोट भएको थियो, जुन कच्चा पदार्थलाई औषधिमा रूपान्तरण गर्ने क्रममा प्रयोग गरिन्छ।…

विस्तृतमा...

काठमाडौं – नेपाल अप्थाल्मिक सोसाइटीले नेपाल मेडिकल एसोसिएसनद्वारा सुरु गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आफ्ना सदस्यहरूलाई ७२ घण्टासम्म कालो पट्टी बाँधेर सेवा दिन आग्रह गरेको छ। नेपाल मेडिकल एसोसिएसनले उपभोक्ता अदालतको निर्णयविरुद्ध विरोध जनाउँदै असार १७ गतेदेखि ७२ घण्टासम्म सबै स्वास्थ्य सेवा प्रदायकहरूलाई कालो पट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो। त्यसको समर्थनमा नेपाल अप्थाल्मिक सोसाइटीले २०८२ असार १६ गते प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सबै सदस्य, अप्टोमेट्रिस्ट, आँखा सहायक, आँखा स्वास्थ्यकर्मी तथा आँखा स्वास्थ्य संस्थाहरूलाई सतर्क रहन र एकीकृत आन्दोलनमा सहभागी हुन अनुरोध गरेको हो। संस्थाका महासचिव डा. तेजसु सिंह मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल मेडिकल एसोसिएसनको नेतृत्वमा भइरहेको…

विस्तृतमा...

काठमाडौँ- भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले थालेको तयारीअनुसार अब भारतसँग सम्झौता हुने भएको छ। स्वास्थ्य क्षेत्र सहकार्यको फ्रेमवर्क तथा आयुर्वेद तथा परम्परागत चिकित्सा विज्ञानको विकास र विस्तारका लागि भारतसँग नेपालले गर्न लागेको सम्झौता तथा समझदारीसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद बैठकले पारित गरेको छ। यसअनुसार अब दुई देशबीच फ्रेमवर्कमा सम्झौता हुनेछ। गत अक्टोबर ७ मा भारत भ्रमणका क्रममा त्यहाँका स्वास्थ्यमन्त्री जेपी नड्डासँग भएको भेटवार्तामा दुई देशबीच द्विपक्षीय स्वास्थ्य सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गर्ने सहमति भएको थियो। तनहुँको दुलेगौंडामा रहेको नेपालकै एक मात्र स्वास्थ्य उपचार केन्द्र जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा तीन सय शैय्याको संरचनाका लागि समेत त्यसबेला…

विस्तृतमा...

मुम्बई- बलिउड अभिनेत्री तथा मोडल शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्युले भारतीय मनोरञ्जन क्षेत्रमा शोक छाएको छ। प्रारम्भिक फोरेन्सिक रिपोर्ट अनुसार एन्टी-एजिङ औषधिको इन्जेक्सनको रियाक्सनका कारण कार्डियाक अरेस्ट (हृदयघात) भएर निधन भएको देखिएको छ। शेफाली जरीवाला विगत ७–८ वर्षदेखि नियमित रूपमा एन्टी–एजिङ ट्रीटमेन्ट(बुढ्यौली रोक्ने) लिंदै आइरहेकी थिइन्। २७ जूनको दिन उनले व्रत रहेको अवस्थामा दिउँसो एन्टी-एजिङ इन्जेक्सन लिएकी थिइन्। त्यसपछि राति करिब १०–११ बजे तिर उनी अचानक बेहोस भएर लडेकी थिइन्। परिवारले तुरुन्तै उनलाई मुम्बईको बेल्लेभ्यू मल्टिस्पेशलिटी अस्पताल पुर्‍याएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। फोरेन्सिक टोलीले शेफालीको घरबाट विभिन्न औषधिहरू जफत गरेको छ, जसमा…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले निजी अस्पताल र सामुदायिक स्वास्थ्य संस्थालाई आगामी साउन १ गतेदेखि ‘प्रथम सेवा विन्दु’ अर्थात् प्राथमिक उपचार केन्द्रबाट हटाउने निर्णय गरेको छ। अबबाट स्वास्थ्य बीमाको पहिलो सेवा केन्द्र सरकारी स्वास्थ्य संस्थाहरूमा मात्र सीमित हुनेछ। स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधन अन्तर्गत दफा ९ को उपदफा (६) र नियमावली, २०७५ को पहिलो संशोधनको नियम २ को खण्ड (छ) अनुसार यो व्यवस्था गरिएको हो। हालसम्म केही निजी तथा सामुदायिक स्वास्थ्य संस्था पनि प्रथम सेवा विन्दुको रूपमा सेवा दिँदै आएका थिए। स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, “थोरै संख्यामा निजी तथा सामुदायिक स्वास्थ्य संस्था प्रथम सेवा…

विस्तृतमा...