

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा जङ्गलबाट ल्याइएको जङ्गली च्याउ खाँदा आमा–छोरी बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार देवा देवी चौधरी र उनकी १८ वर्षीया छोरी सङ्गीता चौधरी च्याउ खाएपछि बिरामी भएका हुन्। प्रहरीले प्रारम्भिक अनुसन्धानमा विषालु च्याउ सेवनका कारण स्वास्थ्यमा समस्या आएको अनुमान गरेको छ।
बिरामी दुबै जनाको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए। दुबैजनाको अवस्था अहिले सामान्य रहेको बोहराले बताए।



