काठमाडौं- धनकुटा नगरपालिका अन्तर्गतका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन तथा भिडियो कलमार्फत स्वास्थ्य परामर्श सेवा प्रदान गर्न थालिएको हो। धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेका अनुसार, यो सेवाबाट विशेषज्ञ डाक्टरमार्फत परामर्श, प्राथमिक उपचार, रोग निदान र औषधिसम्बन्धी सल्लाह प्रदान गरिनेछ। बिरामीले भिडियो कलमार्फत आफ्नो समस्या डाक्टरसामु राख्न सक्नेछन् र डाक्टरले बुझेर औषधि वा आवश्यक परे थप उपचारका लागि सिफारिस गर्नेछन्। हप्तामा एक दिन, प्रत्येक बुधबार मात्रै सञ्चालन हुने यो सेवा दीर्घरोगी तथा नियमित औषधि सेवन गर्ने बिरामीका लागि…
स्वास्थ्य डायरी
काठमाडौं- पाटन अस्पतालमा पहिलोपटक घाँटीबाट प्वाल पारेर मस्तिष्क पक्षघातको सफल उपचार गरिएको छ। अस्पतालमा कार्यरत न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलका अनुसार, केही दिनअघि एक पुरुषको मस्तिष्क पक्षघातको उपचार न्युरो इन्टरभेन्सन प्रविधिबाट सफलतापूर्वक गरिएको हो। डा. पौडेलले सेतोपाटीसँग कुरा गर्दै भने, “नेपालमै पहिलोपटक घाटिबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार गरिएको हो। यो एक नयाँ प्रविधि हो।” उनका अनुसार यस प्रविधिबाट उपचार गर्दा टाउको चिर्नु नपर्ने भएकाले बिरामीलाई कम पीडा हुन्छ। साथै, अस्पतालमा बसाइ छोटो हुने भएकाले उपचार खर्च पनि तुलनात्मक रूपमा कम हुने उनले बताए।
काठमाडौं – शैक्षिक सत्र २०८२/०८३ का लागि स्वास्थ्य क्षेत्रका शैक्षिक कार्यक्रममा तत्काल भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना दिइएको छ। स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चको आयोजनामा सीटीईभीटी (सीटीईभीटी) परिसरमा धर्ना कार्यक्रम गरिएको हो। हाल सीटीईभीटीले स्वास्थ्यबाहेक अन्य प्राविधिक कार्यक्रमका लागि भर्ना आह्वान गरिसकेको छ। तर स्वास्थ्यतर्फका कार्यक्रम अझै अनिश्चित रहेकाले धर्ना दिइएको मञ्चका महासचिव निर्मल सापकोटाले जानकारी दिए। उनका अनुसार भर्ना प्रक्रिया अझै नखुल्दा विद्यार्थी, अभिभावक र कलेज सञ्चालक अन्योलमा परेका छन्। यस वर्ष सीटीईभीटीले प्रवेश परीक्षाबिनै एसईईमा ल्याएको अंकका आधारमा विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। तर चिकित्सा शिक्षा आयोगले अहिलेसम्म सिट निर्धारण नगरेकाले भर्ना प्रक्रिया अघि बढाउन ढिलाइ…
स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र रहेका चार हजार पाँच सय ४३ घरधुरीका नागरिकको निःशुल्क बीमावापतको रकम रु एक करोड ७२ लाख भुक्तानी गरेको छ । गाउँपालिकाभित्र बसोबास गर्ने पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्य राख्दै कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । निःशुल्क स्वास्थ्य बीमा गरेसँगै पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड ७२ लाख ७२ हजार एक सय ५० स्याङ्जास्थित स्वास्थ्य बीमा कार्यालयमा भुक्तानी गरेको गाउँपालिकाका निःशुल्क बीमा कार्यक्रममा कार्यरत दुर्गा पाण्डेले जानकारी दिइन् । सात वटावडा रहेको कालीगण्डकी…
सिरहा- सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालले आफ्नो नाममा जग्गा नआउँदा समस्या भोगिरहेको छ । अस्पताल सञ्चालनका लागि करिब ५० वर्षअघि दाताबाट प्राप्त गरेको एक बिघा १५ कट्ठा जग्गा अझैसम्म अस्पतालको नाममा रजिस्ट्रेसन नहुँदा सङ्घीय र प्रदेश सरकारबाट आउने बजेट फिर्ता हुन थालेको छ । अस्पतालका प्रमुख डा रञ्जितकुमार झाका अनुसार मुरारका र सारडा परिवारले उक्त जग्गा दान र अस्पतालको निर्माणसमेत गरिदिएका थिए । तर जग्गा हालसम्म सरकारी नाममा दर्ता नहुँदा अस्पतालको भौतिक पूर्वाधार विकासमा अवरोध आइरहेको छ । “जग्गा रजिस्ट्रेसन नहुँदा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेट फिर्ता जान थालेको छ, जसका कारण आवश्यक भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन…
पर्सा- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टीकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताएका छन् । नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम) र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को आइतबार शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेस प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टीकृत उपचार केन्द्रको आवश्यकता औँल्याए । “आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा विशिष्टीकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरेका छौँ,” उनले भने, “अस्पताल कहाँ स्थापना गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन । त्यसका लागि गृहकार्य भइरहेको छ । रौतहट, सप्तरी वा अन्य कुनै जिल्लामा हुन सक्छ ।”…
काठमाडौं- पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यससँगै नेपालभर डेंगु संक्रमितको कुल संख्या १,९०५ पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) द्वारा सार्वजनिक तथ्यांक अनुसार पछिल्लो साता ५ वटा प्रदेशमा डेंगु संक्रमण पुष्टि भएको हो। ईडीसीडीका अनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा देखिएका छन्, जहाँ २७ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी लुम्बिनी र कोशी प्रदेशमा समान रूपमा ७–७ जना, गण्डकीमा ३ जना र मधेश प्रदेशमा २ जनामा संक्रमण देखिएको उल्लेख गरिएको छ।
सुर्खेत — वीरेन्द्रनगरका होटलहरूमा यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले गत जेठमा छापा मार्दा एक एचआइभी संक्रमित महिला समेत यौन व्यवसायमा संलग्न रहेको तथ्य खुलेको छ। बुद्धपथ क्षेत्रका हार्दिग, दंगाली र विकास होटलमा प्रहरीले एकैसाथ छापा मार्दा २५ जना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये एक ३३ वर्षीया महिलाले आफू एचआइभी संक्रमित भएको प्रहरी समक्ष स्वीकार गरेकी छिन्। उनले श्रीमानबाट संक्रमण भएको र हाल औषधि सेवन गरिरहेकी बताएकी छन्। प्रहरीले ती महिलाले संक्रमण लुकाएर यौन व्यवसाय जारी राखेको भन्दै संक्रामक रोग फैलाउने, सामाजिक सदाचारविपरीतको कार्य तथा बेश्यावृत्तिसम्बन्धी मुद्दा दर्ता गरेको छ। उनका श्रीमानहरू दुबैको मृत्यु भइसकेको र त्यसपछि आर्थिक कारणले…
डडेल्धुरा- डडेल्धुरा जिल्ला १०औं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पहिलो पटक २०७२ साल पुस १० गतेका दिन डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । त्यस यता प्रत्येक वर्ष १६ महिना देखि ५ वर्ष मूनीका सबै बालबालिकाहरु लाई खोप लगाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै आएको छ । शनिबार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काको प्रमूख आतिथ्यमा डडेल्धुरालाई १०औं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख केशर साउदले जानकारी दिए । उनका अनुसार डडेल्धुरामा हाल १०६ वटा खोप केन्द्रहरुबाट प्रत्येक महिनाको २ गते देखी…
चितवन- चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आईएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ। स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ। अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ। उनले भने, ‘बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ। अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ।’ यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायत…

