स्वास्थ्य डायरी

काठमाडाैं- नेपाल सरकारले सिकल सेल रोगको उपचारका लागि ठूलो मात्रामा औषधि सहयोग प्राप्त गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई भारत सरकारबाट वस्तुगत सहायतास्वरूप औषधि हस्तान्तरण गरिएको हो। भदौ ९ गते प्रकाशित राजपत्रअनुसार, नेपाल सरकारले सहयोगस्वरूप प्राप्त उक्त औषधिलाई पैठारी गर्दा सम्पूर्ण भन्सार महसुल, दस्तुर, शुल्क वा करमा पूर्ण छुट दिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार भारत सरकारले प्रदान गरेको औषधिको मूल्य करिब अमेरिकी डलर १५ लाख ५२ हजार ७२.०७ (झण्डै २० करोड ६० लाख रुपैयाँ) बराबरको छ। यो औषधि विशेषगरी सिकल सेल रोगको उपचारका लागि प्रयोग गरिनेछ। यस सहयोगलाई नेपाल सरकारले रोग नियन्त्रण र उपचार सेवामा ठूलो…

विस्तृतमा...

काठमाडाैं- मधेश प्रदेशमा हैजाको प्रकोप लगातार बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै ११५ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। प्रकोप सुरु भएदेखि हालसम्म संक्रमितको संख्या ५४० पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म २ सय ५७ जना बिरामी निको भइसकेका छन् भने २ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी प्रभावित क्षेत्र वीरगन्ज महानगरपालिका रहेको छ। नारायणी अस्पतालमा हाल १५८ सक्रिय संक्रमितको उपचार भइरहेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ६२ जना नयाँ बिरामी भर्ना भएका छन्। यस्तै, तराई अस्पतालमा ४२ सक्रिय संक्रमितको उपचार भइरहेको छ भने…

विस्तृतमा...

काठमाडाैं- वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले फेरि एकपटक सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। उनले बिहीबार बिहान वक्तव्य जारी गर्दै सरकारले हालै निजी मेडिकल कलेजका लागि सिट बढाएको विरोधस्वरूप भदौ १५ गतेदेखि सत्याग्रह सुरु गर्ने जानकारी दिएका हुन्। गत साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल शिक्षामा १ हजार ३५९ सिट थप गर्ने निर्णय गरेको थियो। यसलाई डा. केसीले विद्यार्थी तथा जनताको हितविपरीत रहेको भन्दै आपत्ति जनाएका छन्। उनले वक्तव्यमा लेखेका छन्, “मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असर पार्ने प्रधानमन्त्री र आयोगका पदाधिकारीले स्वार्थपरक निर्णय गरेका छन्। यसले गरिब मात्रै होइन, बुद्धिजीवी, पत्रकारदेखि सम्पूर्ण नेपालीको…

विस्तृतमा...

बारा- बारामा पनि हैजा संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार कलैया अस्पतालमा उपचाररत झाडापखालका एक बिरामीमा बुधबार हैजा पोजेटिभ देखिएको हो। संक्रमित व्यक्ति कलैया नगरपालिका–१८ पचौराका करिब ५५ वर्षीय पुरुष हुन्। संक्रमित पुरुष लामो समयदेखि छिमेकी जिल्ला पर्साको वीरगञ्जमा काम गर्दै आइरहेका थिए। उनी नियमित रूपमा घर र कार्यस्थलबीच आउजाउ गर्ने गर्थे। तर आइतबार अचानक झाडापखालको समस्या देखिएपछि उपचारका लागि कलैया अस्पताल भर्ना भएका थिए। परीक्षणपछि उनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य प्रमुख यादवका अनुसार संक्रमितको गाउँमा स्वास्थ्यकर्मी पठाएर अरु व्यक्तिमा झाडापखाल वा हैजाको लक्षण छ कि छैन भनेर अनुगमन भइरहेको छ। साथै स्थानीयलाई…

विस्तृतमा...

कैलाली- कैलालीको गेटा अस्पतालले प्रदेशमै पहिलो पटक मेमोग्राम सेवा दिँदै आएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा स्थापना गरिएको गेटा अस्पतालले स्तनको जाँच गर्ने मेमोग्राम सेवा दिइरहेको हो । गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवले महिलाहरूमा स्तन क्यान्सर छ या छैन भन्ने जाँच गर्न मेमोग्राम गरिने बताए । मेमोग्राफी गर्दा स्तनभित्रको असामान्य गाँठो वा टिस्यु देखाउने गर्दछ । यो ४० वर्षभन्दा माथिका महिलाले नियमित रूपमा जाँच गर्नुपर्ने सेवाका रूपमा रहेको चिकित्सकहरू बताउछन । अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले गत आर्थिक वर्षमा ९६ जनाले मेमोग्राम सेवा लिएको बताए । उनले चालु आर्थिक वर्षको श्रावणमा…

विस्तृतमा...

गोरखा – जिल्लाको बारपाक सुलीकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङका एक पुरुषमा जापनिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमण पुष्टि भएको छ। लामो समयदेखि चितवनमा बस्दै आएका ती पुरुष बिरामी भएपछि उनका छोरा–बुहारीले गाउँ ल्याएर उपचार गराएका थिए। तर स्वास्थ्यमा सुधार नआएपछि चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा चेकजाँच गर्दा जापनिज इन्सेफलाइटिस भएको पत्ता लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिए। घटनापछि गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। साथै, पालिकाभरि स्वास्थ्यकर्मी परिचालन गरेर सचेतना कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ।

विस्तृतमा...

स्याङ्जा – आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका–२ चिरुवा निवासी २२ वर्षीय रामकिसन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हालै उद्घाटन भई सञ्चालनमा आएको स्वास्थ्य केन्द्रको झ्याल र ढोका आइतबार राति तोडफोड भएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गर्दा गुरुङको संलग्नता भेटिएपछि उनलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार सोही वडाका स्थानीय गुरुङमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा स्याङ्जा अदालतले १० दिनको म्याद थप गरेको छ।

विस्तृतमा...

वीरगञ्ज- वीरगञ्जमा हैजाको सङ्क्रमण बढेर १ सय १४ पुगेको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार रातिसम्म १ सय १४ जनामा हैजा संक्रमित पुष्टि भएको हो। यसैगरी, वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालाका कारण उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या हालसम्म ४२२ पुगेको छ। तीमध्ये २ सय २३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। महानगरपालिकाले हैजा सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने अनुमान गर्दै पानीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गराइरहेको जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको १० वटा नमुनामध्ये ८ वटामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने बाँकी २ वटाको रिपोर्ट आउन बाँकी छ। सङ्क्रमण फैलिन थालेपछि…

विस्तृतमा...

नेपालगञ्ज- भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका हुन् । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी सङ्क्रमितलाई सेरोपोजेटिभ बिरामीको रुपमा परिभाषित गरिएको जानकारी दिए। बिरामीले १ वर्षमा ३ लाख रुपैयाँ बराबरको डाइलायसिस सेवा पाउनेछन् । अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ । अस्पतालका प्रमुख मेडिकल…

विस्तृतमा...

वासिङ्टन – अमेरिकामा पहिलो पटक मानिसमा मासु खाने परजीवी फ्लेस–इटिङ स्क्रुवर्म को सङ्क्रमण पुष्टि भएको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) का अनुसार न्यू वर्ल्ड स्क्रुवर्म मियासिस नामक यो सङ्क्रमण एक व्यक्तिमा फेला परेको हो, जो हालै एल साल्भाडोरबाट अमेरिकामा फर्किएका थिए । उक्त केस गत अगस्ट ४ मा पुष्टि भएको हो । यो रोग परजीवी मक्खीको लार्भा (म्यागोट्स) मार्फत सर्ने गर्छ, जसले जिउँदो मासु खाइदिन्छ । सामान्यतया यसले चौपायामा असर गर्ने भए पनि मानिसमा पनि सङ्क्रमण हुने बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले मेरील्यान्डको स्वास्थ्य विभागसँग सहकार्य गर्दै यसबारे अनुसन्धान सुरु गरिसकेको छ…

विस्तृतमा...