चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको विस्तारित सेवा पुन सुरुआत गरिएको छ। अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार बिरामीको चाप बढ्दै गएपछि नियमित समयभन्दा अतिरिक्त समयमा शल्यक्रिया सेवा थालिएको हो। नियमितभन्दा अतिरिक्तमा केही शुल्क बढी लाग्ने भए पनि पालो कुर्न नचाहने र आर्थिक रूपमा केही सक्षम बिरामीलाई लक्षित गरेर सेवा थालनी गरिएको हो। यसबाट विपन्न अन्य बिरामीका लागि पनि सहज हुने उनले जानकारी दिए। गत आइतबार आन्द्राको क्यान्सरको शल्यक्रिया गरिएको कन्सल्टेन्ट सर्जिकल अङ्कोलोजिष्ट डा ज्ञानप्रसाद पोखरेलले बताए। सोमबार नाक, कान, घाँटीको शल्यक्रिया यसै सेवाअन्तर्गत गरिएको छ। अस्पतालमा नियमित शल्यक्रिया गर्नुपर्ने बिरामीले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । डा…
स्वास्थ्य डायरी
पाल्पा – पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी १२ वर्षीया अस्मिता कुमालको ज्यान गएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिए । स्थानीय वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिताको गुल्मीको रिडी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको थियो । लगातार ज्वरो, टाउको, गर्धन र घाँटी वरिपरि पसिना, बिमिरा आउनेलगायतका समस्या भएपछि उपचारका लागि लगिएको मृतकका परिवारले जनाएका छन् । रैनादेवी छहरामा गएको साउनदेखि अहिलेसम्म ४८ जनामा स्क्रब टाइफस र १० जनामा डेङ्गीकाे पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
तनहुँ – तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो । नयाँ मेडिकल कलेज चितवनमा परीक्षण गर्दा ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क परीक्षण तथा जनचेतना कार्यक्रम गरेको छ । कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा उक्त वडामा पुगेर स्थानीयवासीको सम्पर्क परीक्षण गरिएको कँडेलले जानकारी दिए । जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको…
वीरगञ्ज- वीरगञ्जमा केही दिनयता देखिएको झाडापखाला र हैजाको प्रकोप क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार साँझसम्म कुल १७८ जना बिरामी उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् । केवल सोमबारमै ५४ जना बिरामी निको भएका छन् । तीमध्ये केही हैजा पुष्टि भएका बिरामीसमेत रहेको महानगरले जनाएको छ । गत शुक्रबारदेखि सोमबारसम्म वीरगञ्जका विभिन्न अस्पतालमा ३४४ जना बिरामी भर्ना भएका थिए । तीमध्ये १६६ जना अझै उपचाररत छन् । महानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार नारायणी अस्पतालबाट ५७, तराई हस्पिटलबाट ५७, नेसनल मेडिकल कलेजबाट ३५, प्रभु हस्पिटलबाट १०, नेपाल इण्डो हस्पिटलबाट ९…
काठमाडाैं- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै पनि प्रकारको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका क्रममा मन्त्री पौडेलले सरकार आवश्यक औषधि, सामग्री र उपचार सेवामा कुनै कमी हुन नदिनेगरी तयारीमा रहेको बताए। ‘यो महामारीको समयमा सबै पक्षले मानवीयतालाई प्राथमिकता दिनुपर्छ,’ भन्दै मन्त्री पौडेलले निजी अस्पतालहरूलाई पनि हैजाका बिरामीको उपचारमा हातेमालो गर्न आह्वान गरे। उनले थपे, “बिरामीको स्वास्थ्य परीक्षणका लागि निजी अस्पताललाई पनि किट उपलब्ध गराउँछौं। सरकारले अन्य औषधि पनि उपलब्ध गराउँदा उहाँहरूले न्यून शुल्कमा उपचार गरेर बिरामीलाई राहत दिन सक्ने अवस्था आउँछ भने, हामी छलफल गर्न तयार छौं। अहिले निजी अस्पतालहरूले…
काठमाडौं – नेपालमा आइभीएफ (इनभिट्रो फर्टिलाइजेसन) वा ‘टेस्ट ट्युब बेबी’ प्रविधि बच्चा नबस्ने दम्पतीका लागि सुरक्षित र भरपर्दो उपायका रूपमा अघि बढिरहेको छ। ललितपुरको बीएण्डबी अस्पतालमा कार्यरत आइभीएफ विशेषज्ञ तथा प्रजनन स्वास्थ्य विज्ञ डा. नुतन शर्माका अनुसार यस प्रविधिले असंख्य दम्पतीलाई आमा–बुबा बन्ने सपना पूरा गरिदिएको छ। डा. शर्माले आइभीएफबारे जानकारी दिँदै भनिन्, “यो प्रविधिमा महिलाबाट अण्डा र पुरुषबाट वीर्य निकालेर प्रयोगशालामा मिलाइन्छ। त्यसबाट भ्रूण तयार पारेर पुनः आमाको गर्भाशयमा राखिन्छ। सफल भएमा आमा गर्भवती हुन्छिन् र बच्चा सामान्य नै हुन्छ।” उनका अनुसार महिलाको अण्डा सकिसकेको, महिनावारी सुकिसकेको, पुरुषमा वीर्यको संख्या अत्यन्तै कम भएको, उमेर बढी भएको वा विभिन्न उपचार प्रयास…
सिरहा – लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । करिब छ महिनाअघि अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा प्रारम्भ गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ । काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच सय रुपैयाँ पर्ने ‘इको’ परीक्षण यहाँ केवल हजार रुपैयाँमै गरिनेछ । त्यस्तै अन्य शुल्क पनि न्यूनतम रहेको छ । हालसम्म दुई हजार तीन सयभन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन्, भने दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले नाफा नभइ सेवा लक्षित…
विराटनगर– कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि नि:सन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुगेको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो । उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले बताइन् । ‘निजी क्लिनिकमा गएर निःसन्तानपनको उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गका दम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने…
काठमाडौं – नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन कार्यक्रम’ तत्काल स्थगित गर्न माग गरेको छ । बालबालिकालाई स्वर्णभस्म/स्वर्णकल्प खुवाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने दाबी गरिएको कार्यक्रममा वैज्ञानिक प्रमाण, बाल–सुरक्षा र नियामक पारदर्शिता नआएसम्म सहमति नहुने भन्दै शुक्रबार नेपासले विज्ञप्ति जारी गरेको हो । नेपासले भदौ ८ गते जारी गरेको स्थिति–पत्रमा शिशुहरूमा स्वर्णकल्प खुवाउँदा प्रतिरक्षा प्रणाली बढ्छ भन्ने कुनै वैज्ञानिक आधार नभएको स्पष्ट गरेको छ । ‘‘भारी धातुबाट सम्भावित जोखिम देखिएको छ, बजारमा पाइने केही आयुर्वेदिक उत्पादनमा सिसा, पारा, आर्सेनिक जस्ता हानिकारक तत्व भेटिएको छ,’’ विज्ञप्तिमा उल्लेख छ । साथै, औषधि व्यवस्था विभागको दर्ता प्रमाणपत्र, ब्याच परीक्षण…
वीरगञ्ज– जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञ्जमा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो । बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो । निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए । बैठकले सङ्घीय सरकार र…

