स्वास्थ्य डायरी

कैलाली- कैलाली जिल्लाका तीन पालिकामा सङ्क्रामक रोगहरुको साथै अनपेक्षित जस्वास्थ्य घटनाको सुक्ष्म निगरानी प्रणाली लागू गरिने भएको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर मार्फत कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाभित्र समुदायमा घट्ने अनपेक्षित जनस्वास्थ्य घटना र सङ्क्रामक रोगहरुको सुक्ष्म निगरानी गरिने भएको हो । कैलाली जिल्लामा सङ्क्रामक रोगहरुको सुक्ष्म समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गर्नका लागि स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख ओलटनारायण चापागाई र पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत तथा कैलाली जिल्ला कार्यक्रम संयोजक उपेन्द्र कार्की बीच सहकार्य तथा समन्वयका लागि समझदारी पत्रमा सहमति…

विस्तृतमा...

बैतडी – भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तको भनाइ छ । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको हो । उनको भनाइ छ, “सीमा जोडिएको जिल्ला भएकाले भित्रिन नदिन सतर्कता अपनाएका हौँ ।” भारतसँग सीमा जोडिएका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । केन्द्रले सीमा जोडिएका दशरथचन्द र पञ्चेश्वरलाई उच्च सतर्कता अपनाउन आग्रह गरेपछि यी दुवै पालिकाले सूचना जारी गर्दै सतर्कता अपनाउन सूचना…

विस्तृतमा...

सिरहा- सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ । अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अन्यत्र ‘रेफर’ गरिएको जनाउँदै पीडितपक्ष चिन्तित बनेका छन् । यहाँको औरही गाउँपालिका–३ खजनपुरका ५५ वर्षीय किसान राजेन्द्र यादवलाई यही भदौ १४ गते दिउँसो सर्पदंश भएपछि उनी आफैँ हिँडेर प्रादेशिक अस्पताल, सिरहा पुगेका थिए । तर, उपचार प्रक्रिया सुस्त हुँदा बिरामीको अवस्था गम्भीर बन्यो र अन्ततः अन्यत्र रेफर गरिएपछि मृत्यु भएको पीडितपरिवारले आरोप लगाएका छन् । यस घटनापछि सिरहा विकास मञ्चसहित पीडित परिवार र स्थानीयवासीले बुधबार अस्पताल परिसर र सिरहा बजार क्षेत्रमा विरोध प्रदर्शनसमेत गरेका थिए । मञ्चका संयोजक रामरिझन यादवले भने,…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोग उपचार सेवा सुरु गरेको छ । सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मेसिन हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरे । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर सक्रिय रहेको बताए । ‘क्षयरोगलाई सकेसम्म छिटो पहिचान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय पूर्ण प्रतिबद्ध छ,’ मन्त्री पौडेलले भने, ‘आज जडान भएको यो अत्याधुनिक मेसिनले क्षयरोगको निदानमा क्रान्तिकारी योगदान दिनेछ ।’ यसअघि एपीएफ अस्पतालमा क्षयरोग परीक्षण सुविधा नहुँदा उपचारका लागि आएका बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता थियो । नयाँ…

विस्तृतमा...

काठमाडौं- चीन सरकारले निजामती कर्मचारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । एक हप्तासम्म चिनियाँ सरकारको प्रतिनिधिमण्डलले दुई हप्तासम्म अस्पतालमा बसी सम्भाव्य अध्ययन गरेर अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा स्तरोन्नति गर्ने भएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले चीन सरकारले अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा ‘तेस्रो फेज’का लागि थप दुई सय शय्या बनाउने जानकारी दिए। यसअघि चीन सरकारले अस्पतालको ‘पहिलो फेज’ अन्तर्गत १३२ शय्या र ‘दोस्रो फेज’ अन्तर्गत ३०० शय्या बनाएको थियो। उनका अनुसार चीन सरकारको नेपालमा भवन निर्माण परियोजना हेर्ने टोलीले सम्भाव्य अध्ययन गरी भर्खरै फर्किएका छन्। ‘नेपाल र चीन सरकारबीच कर्मचारी अस्पताललाई स्तरोन्नति…

विस्तृतमा...

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये एक हजार ८०१ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका–३ जना, खैरहनी नगरपालिकाका १७, माडी नगरपालिकाका एक जनामा, त्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका सात, कालिका नगरपालिकाका १२ र इच्छाकामनाका ३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये २२ जना जिल्ला बाहिरका रहेका छन् । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा…

विस्तृतमा...

चितवन – पछिल्ला वर्षहरूमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित बनेका छन् । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि वैकल्पिक उपायमार्फत रोग नियन्त्रण गरी अण्डा उत्पादन भइरहेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अधिकांश पोल्ट्री फार्महरूले अब एन्टीबायोटिक प्रयोग नगरेका छन् । उनले नवलपरासीस्थित दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरूपमा निषेध गरिएको उदाहरण प्रस्तुत गर्दै हाल खोप र जडिबुटीजन्य खुराकमार्फत रोग नियन्त्रण गर्ने गरिएको जानकारी दिए । पहिले दाना र पानीमा प्रयोग हुने एन्टीबायोटिक (एजीपी) रोकिएपछि अब कुखुरालाई भ्याक्सिन दिइने र खोरमा हर्बल सामग्री खुवाइने गरिएको छ । यसले अण्डामा कुनै अवशेष पुग्ने नगरी रोग…

विस्तृतमा...

काठमाडौँ – नेपाल प्रहरीले मानव अंग तस्करीको ठूलो जालो भण्डाफोर गर्दै सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई पक्राउ गरेको छ। उनले सयौँ नेपालीलाई भारत पुर्याई मिर्गौला बेचबिखन गरेको आरोपमा महेन्द्रनगरबाट पक्राउ परेका हुन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सञ्चालन गरेको ‘अपरेसन लाइफ सिल्ड’ अन्तर्गत भण्डारी पक्राउ परेका हुन्। ३८ वर्षीय सुनकोशी गाउँपालिका–७ निवासी भण्डारीले भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटलसहित विभिन्न क्लिनिकका कर्मचारी र एजेन्टसँग मिलेर अवैध रुपमा अंग कारोबार गर्दै आएको अनुसन्धानमा खुलेको छ। भण्डारीको गिरोहले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायतका विपन्न व्यक्तिलाई “मिर्गौला दिएर स्वास्थ्यमा असर हुँदैन, पैसा कमाइन्छ” भन्ने प्रलोभनमा पार्थे। मिर्गौला दिने मानिस खोजेपछि गिरोहका सदस्यले प्रतिव्यक्ति ५० हजार…

विस्तृतमा...

कैलाली – सुदूरपश्चिम प्रदेशका नौ वटा अस्पताल, व्यवस्थापन समितिविहीन भएको लामोसमय भइसक्दा पनि नियुक्तिमा ढिलाइ भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच भागबण्डामा सहमति नजुट्दा अस्पताल व्यवस्थापन समितिमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दुई प्रादेशिकसहित आठ वटा अस्पताल व्यवस्थापन समिति गत फागुनदेखि पदाधिकारी र सदस्यविहीन छ भने डोटी अस्पताल पनि चैतदेखि समितिविहीन भएको छ । प्रदेश सरकारले ०७८ फागुन २९ गते अस्पताल व्यवस्थापन समितिमा तीन वर्षका लागि राजनीतिक नियुक्ति गरेको थियो । सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियुक्त भएका थिए । त्यस्तै, टीकापुर अस्पताल…

विस्तृतमा...

काठमाडौं – चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसीले निजी मेडिकल कलेजका सिट बढाउने निर्णय फिर्ता गर्न माग गर्दै आइतबारदेखि तीन दिने २३औं सत्याग्रह सुरु गरेका छन्। कैलालीकाे गेटास्थिति दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा अनसन बस्ने बताउँदै उनले देशभर सरकारी मेडिकल कलेज र अस्पताल तत्काल सञ्चालनमा ल्याउनुपर्ने जोड दिएका छन्। डा. केसीका अनुसार करिब दुई दशकदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्दै सर्वसाधारणको पहुँच सुनिश्चित गर्न संघर्ष हुँदै आएको भए पनि हालका केही निर्णयहरूले चिकित्सा शिक्षा ऐनको मर्मलाई धरापमा पारेका छन्। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष हस्तक्षेपमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट…

विस्तृतमा...