वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिए । “आइतबार बेलुका ८ः०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए”, उनले भने, “सोमबार बिहानसम्म थप आठ जना हैजाका सङ्क्रमित भेट्टिएका छन् ।” अहिलेसम्म १०३ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचार भइरहेका छन् । “हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन”, उनले भने, “विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका…
स्वास्थ्य डायरी
काठमाडाैं- केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण र प्रभावितको उपचारका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको शान्ति–सुरक्षासम्बन्धी समग्र समीक्षा पनि गरिएको थियो। बैठकपछि गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिँदै गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणका लागि आवश्यक टोली परिचालन गर्न निर्देशन दिएको बताए। “मन्त्रीज्यूले आवश्यकताअनुसार तुरुन्तै टोली परिचालन गर्ने तयारी गर्न निर्देशन दिनुभएको छ,” प्रवक्ता काफ्लेले भने। गृहसचिव गोकर्णमणि दुवाडी लगायत सुरक्षा निकायका प्रमुखहरू समेत सहभागी बैठकमा वर्तमान सुरक्षा अवस्था र स्वास्थ्य संकट दुवै विषयमा छलफल गरिएको थियो। यसैबीच, स्वास्थ्य तथा…
डडेल्धुरा – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा डेङ्गी सङ्क्रमणका केस तीव्र रूपमा बढ्दै गएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार यस अवधिमा प्रदेशभर २८८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा बढी सङ्क्रमित कैलालीमा भेटिएका छन्। यहाँ ६५ जना बिरामीमा डेङ्गी पुष्टि भएको छ। त्यस्तै अछाममा ४१ जना र कञ्चनपुरमा ३२ जना संक्रमित भेटिएका छन्। हिमाली जिल्ला दार्चुलामा ४ र बाजुरामा १८ जना संक्रमित भएका छन् भने डडेलधुरा, डोटी, बझाङ र बैतडी गरी थप ८८ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिकसम्मको अवधिमा डेङ्गी सङ्क्रमण तीव्र हुने भएकाले विशेष सतर्कता आवश्यक हुने बताए। उनका…
वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि महानगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएका छन् । महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार र सोमबार (भदौ ७ र ८) सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन रोक्ने निर्णय गरेको हो । हैजाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सम्पूर्ण विद्यालय बन्द गरिएको सूचनामा उल्लेख छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ भने १२९ जना उपचाररत छन् । हैजा मुख्यतया वीरगञ्ज महानगरपालिका-११, १२, १३ र १६ नम्बर वडामा फैलिएको छ । शुक्रबार राति मुर्ली टोल (वडा-१२) का स्थानीयमा…
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा हैजा रोगको सङ्क्रमण फैलिँदै गएपछि खानेपानी परीक्षण तथा शुद्धीकरणलाई तीव्र बनाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले हैजा प्रभावित क्षेत्रमा मोबाइल भ्यानसहितको प्राविधिक टोली परिचालन गरी तत्कालै पानी परीक्षण र शुद्धीकरणको काम अघि बढाएको हो । गत शुक्रबार वीरगञ्जमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको थियो भने शनिबार हैजाको लक्षण देखिएका तर पुष्टि नभएका दुई जनाको मृत्यु भएको जनाइएको छ । यसपछि हैजा नियन्त्रणका लागि सरकार र सम्बन्धित निकाय सक्रिय बनेका छन् । विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार हैजा पुष्टि भएका क्षेत्रमा आवश्यक सामग्रीसहितको घुम्ती टोली खटाइएको छ । उनले भने, “हामीले त्यस क्षेत्रको…
चितवन- आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गरी दर्ताका लागि सिफारिसको तयारी गरेको छ । केन्द्रले गत आर्थिक वर्षदेखि औषधि उत्पादनको काम सुरु गरेको हो । गत आवमा १० प्रकारका औषधि सिफारिस गरेकामा यस वर्ष नौ वटा सिफारिस गर्ने तयारी गरेको कार्यालयका प्रमुख डा. सुरेश महर्जनले जानकारी दिए । उनका अनुसार गत वर्ष सिफारिस गरिएका सबै औषधि चूर्ण (धुलो) छन् । यस वर्ष आठ ‘ट्याब्लेट’ र एक भष्म औषधि व्यवस्था विभागमा दर्ताका लागि सिफारिस गर्ने तयारी गरेको हो । गत वर्ष सिफारिस गरिएका औषधिमा अश्वगन्ध चूर्ण, आमलकी चूर्ण, सितोपलादी चूर्ण, अविपत्तिकर चूर्ण, बिल्वादी चूर्ण,…
काठमाडौं – नेपालको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थित डेन्टल साइन्स इन्स्टिच्युट (माइन्डस्)बीच शैक्षिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा विद्यार्थी तथा संकाय आदानप्रदान, संयुक्त अनुसन्धान, सेमिनार र सम्मेलनको सह–आयोजनासहित ज्ञान र सीप आदानप्रदान हुने उल्लेख छ। दन्त उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै दुवै संस्थाले गुणस्तरीय शिक्षा र सेवा प्रवाह गर्ने लक्ष्य राखेका छन्। यो सहकार्यबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी दन्त चिकित्सक तयार हुने र दक्ष मानव संसाधन उत्पादन हुने विश्वास व्यक्त गरिएको छ। सम्झौतामा कान्तिपुर डेन्टल कलेजका तर्फबाट अध्यक्ष डा. बुद्धि मान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रतीक मान श्रेष्ठले हस्ताक्षर गरे…
चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् । यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ । चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
वीरगन्ज- वीरगन्जमा हैजा (कोलेरा) को प्रकोप बढ्दै गएको छ। शुक्रबार ३ जनामा पुष्टि भएको यो रोग शनिबार थप ७ जनामा देखिएसँगै संक्रमितको संख्या १० पुगेको छ। नारायणी अस्पतालमा झाडापखालाका १५ बिरामीमध्ये ८ जनाको परीक्षण गर्दा ५ जनामा हैजा पोजेटिभ देखिएको हो। ती सबै वीरगन्ज महानगरपालिका–१२ मुर्ली टोलका रहेका छन्। यस्तै, अर्को अस्पतालमा उपचाररत वडा नम्बर ११ र १३ का २ जनामा पनि संक्रमण पुष्टि भएको छ। वीरगन्जका अस्पतालहरूमा पछिल्ला दुई दिनदेखि झाडापखालाका बिरामीहरूको चाप बढिरहेको छ। वीरगन्ज हेल्थ केयर हस्पिटलमा मात्रै १३ जना शंकास्पद बिरामी उपचाररत छन्, जसमा ३ जनाको अवस्था गम्भीर छ। यसैबीच, शुक्रबार झाडापखालाका कारण ल्याइएका १९ वर्षीया…
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका हुन् । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ । साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ । सेवाको गुणस्तरमा एकरूपता ल्याउन र नियमन गर्न निर्देशिकाले एम्बुलेन्सको वर्गीकरण गरेको छ । निर्देशिकाले एम्बुलेन्स सेवावापत लाग्ने शुल्कमा एकरूपता र…

