स्वास्थ्य डायरी

पर्सा – पर्सामा हैजा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भदौ ६ गते शुक्रबार पहिलो पटक ३ जनामा पुष्टि भएको हैजा आज बिहानसम्म बढेर १७५ जनामा पुगेको छ। संक्रमितमध्ये १५९ जना वीरगञ्ज महानगरपालिकाका र १६ जना पोखरिया नगरपालिकाका छन्। वीरगञ्जमा मात्रै हालसम्म झाडापखालाका ८०४ जना बिरामी अस्पताल भर्ना भएका छन्। तीमध्ये हिजो बिहान १० बजेपछि मात्रै ३० जना नयाँ बिरामी थपिएका छन्। हालसम्मका ८०४ जना बिरामीमध्ये ४७ जना हैजा संक्रमितसहित १९५ जना अझै उपचाररत छन्। पोखरियामा पनि हिजो बिहानपछि थप २ जना भर्ना भई कुल ३० जना पुगेका छन्, जसमा १६ जनामा हैजा पुष्टि भएको छ। सरकारले…

विस्तृतमा...

काठमाडौं – नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण तीव्र रुपमा बढ्दै गएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हालसम्म देशभर १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भइसकेको छ भने २० जनाले ज्यान गुमाइसकेका छन्। उनका अनुसार खोप नलगाएका व्यक्तिहरूमध्ये यो सङ्क्रमण बढी देखिएको छ। विश्वका करिब ७० देशमा फैलिएको यस रोगबाट १५ वर्षभन्दा माथिका उमेर समूहमा मृत्यु दर ७० प्रतिशतभन्दा बढी रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। नेपालमै ज्यान गुमाउनेहरू झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासी (पूर्व र पश्चिम) र चितवनमा रहेका छन्। स्वास्थ्य विज्ञका अनुसार…

विस्तृतमा...

काठमाडौं– चिकित्सा शिक्षा आयोगले हालै एमबीबीएस र बिडिएस तहमा सिट संख्या वृद्धि गर्ने निर्णयलाई निजी मेडिकल तथा डेन्टल कलेजहरूको एशोसिएसनले सकारात्मक रूपमा लिएको छ। तर, एशोसिएसनले आयोगले तोकेको संख्यालाई अझ बढाउँदै एमबीबीएसमा न्यूनतम १५० र बिडिएसमा न्यूनतम १०० सिट तोक्नुपर्ने माग गरेको छ। एशोसिएन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै आयोगको हालको निर्णयलाई स्वागत गर्दै दीर्घकालीन आवश्यकतासँग मेल खाने गरी नीतिगत स्तरमा थप निर्णय लिन आग्रह गरेका हुन्। कार्कीले हाल नेपालका अधिकांश मेडिकल र डेन्टल कलेजहरूले पर्याप्त भौतिक पूर्वाधार, अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र शैक्षिक वातावरणको पूर्ण…

विस्तृतमा...

वीरगन्ज- गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ्य अवस्था र स्वास्थ्य उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् । शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीयसुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए । अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि…

विस्तृतमा...

सुर्खेत- कर्णाली प्रदेशमा अझै पनि ३५ प्रतिशत महिलाहरू सुत्केरी हुँदा अस्पताल पुग्दैनन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार, प्रदेशभर झण्डै एकतिहाइ महिलाले घरमै सुत्केरी गर्ने गरेका छन् । यसरी घरमै सुत्केरी गर्ने प्रवृत्तिले आमा र बच्चाको जीवनलाई गम्भीर जोखिममा पुर्‍याइरहेको छ । परिणामस्वरूप, कर्णालीमा प्रति एक लाख जीवित जन्ममध्ये मातृमृत्युदर १७२ रहेको छ, जुन अन्य प्रदेशको तुलनामा निकै उच्च हो । गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्म हुने मृत्युलाई मातृमृत्यु भनिन्छ । त्यस्तै, जनगणना २०७८ का अनुसार कर्णालीमा बालमृत्युदर पनि उच्च छ। प्रतिहजार जीवित जन्ममध्ये ३८ शिशुको मृत्यु हुन्छ । स्वास्थ्यकर्मीको सहयोगबिनै असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा आमा र नवजात दुवैका…

विस्तृतमा...

वीरगञ्ज- वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको संक्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा तीव्र गतिमा फैलिएको संक्रमण पछिल्ला दिनमा घट्ने क्रममा देखिएको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बिहीबार मात्र ८४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए । तीमध्ये ११ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । तर सोही दिन १८ जना हैजा संक्रमितसहित १७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । गत शुक्रबार साँझ तीन जनामा हैजा देखिएकोमा बिहीबार साँझ ५ बजेसम्मको परीक्षण परिणामअनुसार यो संख्या बढेर १४३ पुगेको छ । तर, उपचाररत बिरामीको संख्या भने घट्दै गएको स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं– पछिल्लो २४ घण्टामा हैजाका ८४ जना नयाँ सङ्क्रमित फेला परेका छन् । पर्सासहित मधेस प्रदेशका विभिन्न जिल्लामा प्रकोपका रूपमा फैलिएको हैजा संक्रमितको सख्या हालसम्म ६ सय २४ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीले जनाएको छ । संक्रमितमध्ये ४ सय ३७ जना निको भएर घर फर्किएका छन् भने सक्रिय सङ्क्रमित १ सय ८७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इडिसीडीको तथ्यांक अनुसार नारायणी अस्पतालमा ६८ जना, तराई अस्पतालमा ३९ र वीरगन्ज हेल्थकेयर अस्पतालमा १९ जना सक्रिय बिरामीको उपचार भइरहेको छ ।

विस्तृतमा...

काठमाडौं – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा स्वास्थ्य र शिक्षा क्षेत्रको सुदृढ विकास भए मात्र वास्तविक अर्थमा देशको समग्र विकास सम्भव हुने बताएका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकमा नव–निर्मित शुभम इन्टरनेशनल हस्पिटलको भव्य उद्घाटन गर्दै पूर्वराष्ट्रपतिले नेपालले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरे पनि अझै उपचार सेवा गुणस्तरीय बनाउनुपर्ने आवश्यकता रहेको औंल्याए। “गाउँगाउँमा स्वास्थ्य चौकी पुगे पनि उपचारमा सन्तुष्टि दिन सकिएको छैन। अझै धेरै नेपाली विदेशिन बाध्य छन्। यस्ता अस्पतालहरूले यस बाध्यतालाई अन्त्य गर्न ठुलो टेवा पुर्‍याउनेछन्,” उनले भने। यस अवसरमा नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वस्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँसम्म स्वास्थ्य…

विस्तृतमा...

काठमाडाैं- नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका अनुसार हालसम्म १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । हालसम्म २० जनाको मृत्यु भएको शाखाप्रमुख डा अभियान गौतमले जानकारी दिए । जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएकोउनले बताए । उनका अनुसार ७० प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो । स्वास्थ्यकर्मीहरूका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर…

विस्तृतमा...

हुम्ला- हुम्लामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा तीन जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका–३ मैलास्थित स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोख्रेलका अनुसार मंगलबार राति करिब ११ बजेतिर उनीहरूले स्वास्थ्यकर्मीको कोठामा जबर्जस्ती प्रवेश गरी उनलाई बन्दक बनाएर सामूहिक बलात्कार प्रयास गरेको सूचनाको आधारमा प्रहरी टोलीले तत्कालै छप्रेला प्रहरी चौकीबाट कारबाही गर्दै तीनै जनालाई पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले मदिरा सेवन गरेका थिए र त्यसपछि कोठामा गई विभिन्न प्रकारका यौन दुर्व्यवहार गर्न खोजेका थिए। घटनापछि पीडित महिला…

विस्तृतमा...