

काठमाडाैं- नेपाल सरकारले सिकल सेल रोगको उपचारका लागि ठूलो मात्रामा औषधि सहयोग प्राप्त गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई भारत सरकारबाट वस्तुगत सहायतास्वरूप औषधि हस्तान्तरण गरिएको हो।
भदौ ९ गते प्रकाशित राजपत्रअनुसार, नेपाल सरकारले सहयोगस्वरूप प्राप्त उक्त औषधिलाई पैठारी गर्दा सम्पूर्ण भन्सार महसुल, दस्तुर, शुल्क वा करमा पूर्ण छुट दिएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार भारत सरकारले प्रदान गरेको औषधिको मूल्य करिब अमेरिकी डलर १५ लाख ५२ हजार ७२.०७ (झण्डै २० करोड ६० लाख रुपैयाँ) बराबरको छ। यो औषधि विशेषगरी सिकल सेल रोगको उपचारका लागि प्रयोग गरिनेछ।
यस सहयोगलाई नेपाल सरकारले रोग नियन्त्रण र उपचार सेवामा ठूलो मद्दत पुग्ने अपेक्षा गरेको छ।



