काठमाडौँ- तनहुँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो । स्थानीय अपाङ्गता समन्वय समितिको गत भदौ १९ को बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षको अपाङ्गता लक्षित कार्यक्रमअन्तर्गत उनीहरुको बिमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाउन लागिएको अधिकारीको भनाइ छ । गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य बिमा अभिकर्तालाई सूचना जारी गरी सम्बन्धित वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा प्रक्रिया अगाडी बढाउन अनुरोध गरिसकेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले…
स्वास्थ्य डायरी
काठमाडौँ – डेङ्गुको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा दाहालले पानी पनि पर्न रोकिए र अब बिस्तारै जाडो सुरु हुन थालेपछि डेङ्गु सङ्क्रमणको जोखिम कम हुने बताए । तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात सय १४, मधेस प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली…
काभ्रेपलान्चोक- स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बिमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ । सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । उक्त केन्द्रले आजदेखि स्वास्थ्य बिमाको प्रथम सेवा प्रदान गरेको केन्द्र प्रमुख कोपिला कार्कीले बताइन् । उनकाअनुसार उक्त केन्द्रलाई आधारभूत अस्पतालका रूपमा व्यवस्थापन गर्न तत्कालै आवश्यक जनशक्ति तथा भौतिक संरचनासमेत निर्माण गर्न लागिएको छ । जनशक्तिको अभाव देखाउँदै सेवा सुरु नगरेको पाँचखाल नगरले आवश्यक व्यवस्थापन गरी आजदेखि औपचारिक रूपमा नियमित सेवा सुरु गरेको जनाएको हो । यसअघि साउन अन्तिम साता बिमा बोर्डसँग सम्झौता गरी…
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-९, खल्ला मसेट्टी क्षेत्रका गर्भवती महिलाहरू नजिकै प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य छन्। बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ भए पनि जोखिमपूर्ण कच्ची बाटोका कारण त्यहाँ पुग्न मुस्किल पर्छ। सेन्टर पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प छैन। सरकारले गर्भवतीको नियमित जाँच र स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्ने नीति लिए पनि यहाँ यो लागू हुन सकेको छैन। यातायातको सुविधा नभएकाले गर्भवतीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्था पुर्याउनुपर्ने बाध्यता छ। यहाँका स्वास्थ्य स्वयंसेविका विमला बमका अनुसार, कतिपय गर्भवती बाटोमै सुत्केरी भएर फर्कन बाध्य भएका छन्। “बाटोमा नै शिशु जन्मिएका घटना पनि छन्,…
काठमाडौं- दुवै आँखामा मोतियाबिन्दुको कारण कैलालीको जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन् । दुई वर्ष अघिसम्म उनले दुवै आँखाको दृष्टि गुमाएकी थिइन् । उनले भनिन्, “मेरो आँखामा दृष्टि नहुँदा आफन्त, परिवार र वरिपरिको परिवेश मात्र होइन, आफ्नो जीवन नै अन्धकारमय बनेको थियो ।” चरम गरिबी र मोतियाबिन्दुको शल्यक्रिया पछि दृष्टि फर्किन्छ भन्ने चेतनाका अभावमा चन्द्रावती अन्धकारमा जीवन बिताउन विवश थिइन् । दिनहुँका दैनिकी समेत अन्यका सहारा लिनुपर्दा उनले आफैँले आफैलाई एक्लो पाउँथिन् । दृष्टि गुमेपछिको पीडा सुनाउँदै उनले भनिन्,“दृष्टि नभएको मानिसको पीडा कस्तो हुन्छ भन्ने त केवल अनुभूतिले मात्र थाहा हुन्छ, यसलाई कसरी…
दैलेख- जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताए । “संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ”, उनले भने । नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश सरकारको रु १८ करोड २४…
चितवन – जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए। उनका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो । “भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण…
काठमाडौं- योगी नरहरीनाथको सानिन्ध्यमा दीक्षा प्राप्त गरेका राजाराम पाण्डेले नेपालमै पहिलोपटक ध्वनी चिकित्सा सम्बन्धी पाठ्यकम सहितको पुस्तक प्रकाशन गरेका छन् । घटस्थापनाको अवसर पारेर ध्वनी चिकित्सामा ३० वर्ष लामो अनुभव भएका पाण्डेले ३ सय ६८ पृष्ठको पुस्तक ध्वनी चिकित्सा लोकार्पण गरेका हुन् ।प्राचीन प्राकृतिक चीकीत्सा तथा ध्वनी चीकीत्सा केन्द्र सिनामंगलमा आयोजित एक कार्यक्रममा पञ्चकन्याले पुस्तकको लोकार्पण गरेका हुन् । नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेको ऊर्जा चिकित्सा एवं ध्वनी चिकित्सालाई विश्वव्यापी बनाउन योगी नरहरीनाथ र पाण्डेले विश्वविद्यालय सञ्चालनमा ल्याउन ३ दशकअघि नै प्रयास गरेपनि विविध कारणले सो सम्भव भएको थिएन । पाण्डे विगत लामो समयदेखि नेपाल र विश्वभर भ्रमण गरेर ध्वनी चिकित्सा…
काठमाडाैं- मधेस प्रदेशको पर्सामा तीन महिनादेखि फैलिएको हैजाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। साउनको अन्तिम सातादेखि सुरु भएको संक्रमणले अहिलेसम्म तीन जनाको ज्यान लिइसकेको छ भने झाडापखालाका बिरामीको संख्या १४ सय नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो २४ घण्टामा मात्र २७ जना नयाँ बिरामी थपिएका छन्। यससँगै हालसम्म १,४५१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १,४२१ जना निको भइसकेका छन् भने ३० जनामा हैजा पुष्टि भएको छ। हाल चार जना बिरामीको अस्पतालमा उपचार भइरहेको जनाइएको छ। लामो समय भइसक्दा पनि संक्रमणको स्रोत भने पत्ता लाग्न सकेको छैन। सम्भावित पानीका नमूना परीक्षण भइरहे पनि ठोस कारण नखुलेको स्वास्थ्य…
काठमाडौं- स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता मिश्राको मन्त्री बन्ने सम्भावना कमजोर बनेको छ। उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप रहेको र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम फिर्ता लिने तयारी थालेकी छन्। प्रधानमन्त्री कार्कीले आइतबार मात्रै स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। तर मिश्रा ‘विवादित पात्र’ भएको जानकारी प्राप्त भएपछि प्रधानमन्त्रीले तत्काल ‘होल्ड’ गर्न निर्देशन दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। त्यसै दिन प्रधानमन्त्री कार्कीले मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रालयमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रालयमा डा.…

