
कञ्चनपुर – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ।
केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाईभैँसी, बाख्रा, बंगुर लगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रमक रोगविरुद्ध खोप लगाइने भएको हो। ‘तत्काल खोप अभियान सञ्चालनका लागि भेटेरिनरी संकायमा अध्ययन गरेका प्राविधिक, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मी तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई सूचीकृत गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘तिहारपश्चात खोप अभियान सञ्चालन गर्छौ।’
जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरी पशु प्राविधिक सूचीकृतको कार्य अगाडि बढाइएको उनले जानकारी दिए। उनले खोप कार्यक्रमलाई पशुपालकका गोठमै पुगेर लगाउने व्यवस्था मिलाइने बताए। विगतका वर्षझै यसवर्ष पनि खोरेत, पिपआर लगायतका खोप अभियान सञ्चालन हुने छन्


