काठमाडौ- स्वास्थ्य मन्त्रालयको आयोजना गरेको नर्सहरूको तलब स्केल सम्बन्धी कार्यदल बैठकमा आन्दोलनरत पक्षबाट देखिएको अपमानजनक व्यवहारप्रति निजी अस्पताल र मेडिकल कलेज प्रतिनिधिहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपाल र एसोसिएसन अफ प्राइभेट हस्पिटल नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा प्रयोग भएका अपमानजनक शब्द, अनुचित व्यवहार र ‘माफिया’ लेखिएका प्लेकार्ड प्रदर्शनप्रति आपत्ति जनाएका हुन्। विज्ञप्तिमा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानको आधारमा समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै, आन्दोलनरत नर्सहरूको मागप्रति सकारात्मक रहेको जानकारी गराइएको छ। तर, बैठकको वातावरण बिगारेको र आपसी विश्वासमा चोट पुर्याएको कारण स्वास्थ्य संस्थाका प्रतिनिधिहरू बार्ताको कक्षबाट…
स्वास्थ्य डायरी
काठमाडौं- नर्सहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न गठन गरिएको १४ सदस्यीय समितिको बैठकमा असहज परिस्थिति सिर्जना भएपछि एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की बैठकबाट बाहिरिएका छन्। बैठकका क्रममा सुरक्षा खतरा बढेको भन्दै डा. कार्की बैठकबाट निस्किएका हुन्। उनले भने, “बैठक राम्रै सुरु भएको थियो। हामीलाई नर्सहरूको मागबाट कुनै आपत्ति छैन। माग पूरा हुनुपर्छ। तर जे कुरा पनि कार्यविधि बनाएर अगाडि बढ्नुपर्छ। यसले दिगोपन ल्याउँछ। हामी तयार छौं, सहमत छौं, तर हालको आर्थिक अवस्थाका कारण केही समस्या छ। त्यसका लागि राज्यसँग छलफल गर्नुपर्छ भनेर भनेका थियौं। तर उतापट्टीबाट कुरा घुमाइयाे भनियो, अनि हामीले राज्यसँग…
काठमाडौं- नेपाल फार्मेसी संघले हाल नर्सिङ पेशाकर्मीहरूले पारिश्रमिक, सेवा सुविधा र व्यावसायिक सम्मानका मागसहित सुरु गरेको आन्दोलनलाई पूर्ण समर्थन जनाएको छ। संघले स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंग रहेका फार्मेसी पेशाकर्मीहरू पनि अत्यन्त न्यून पारिश्रमिक र असमान परिस्थितिमा काम गर्न बाध्य रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आग्रह गरेको छ। नेपाल फार्मेसी संघले आफ्नो प्रेस विज्ञप्तिमार्फत सरकारसँग तत्कालै तहगत संरचना, शैक्षिक योग्यता र अनुभवअनुसार न्यूनतम पारिश्रमिक, भत्ता र सेवा सुविधा लागू गर्न माग गरेको छ। संघले औषधि परामर्श, औषधि व्यवस्थापन र प्रयोगसम्बन्धी सल्लाहका लागि कानूनी मान्यता र उचित सेवा शुल्क निर्धारण गर्नुपर्ने पनि जोड दिएको छ। त्यसैगरी, संघले फार्मासिस्ट र फार्मेसी सहायकहरूलाई…
काठमाडौं- सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिले आन्दोलनरत नर्सहरूको समस्या समाधानका लागि तत्काल काम सुरु गरेको छ। देशभरका निजी अस्पताल र मेडिकल कलेजका नर्सहरूले “चित पारिश्रमिक पाउनुपर्छ भन्दै आन्दोलन थालेपछि प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री सुशीला कार्कीले गत बिहीबार मन्त्रालयका सचिवहरूलाई बोलाएर तत्काल समाधानका लागि निर्देशन दिएकी थिइन्। त्यसपछि बनेको समितिले आइतबार पहिलो बैठक बसेर आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने पहल थालेको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए। “भोलिदेखि तिहार बिदा सुरु हुन्छ, धेरै जनशक्ति विदामा हुने भएकाले सेवा प्रभावित हुन सक्छ,”…
काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालत काठमाडौंमा १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो माग दावीसहित आरोपपत्र दायर गरेको हो। उनीहरूलाई स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोप लगाइएको छ। डा. मिश्राले जेन-जी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो। त्यतिबेला उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिवको पदबाट राजीनामा दिएकी थिइन्। तर पछि उनीमाथि भ्रष्टाचार अनुसन्धान चलिरहेको खुलेपछि उनकी सम्भावित मन्त्री नियुक्ति रोकिएको थियो। स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा स्वास्थ्य उपकरण खरिदमा…
काठमाडौं- नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले अक्टोबर महिनाको ‘ब्रेस्ट क्यान्सर अवेयरनेस मन्थ’ को अवसरमा ५४औं क्यान्सर सर्भाइभर मिट सम्पन्न गरेको छ। शनिबार बिहान अस्पतालको छैटौँ तलाको सम्मेलन हलमा आयोजित कार्यक्रममा क्यान्सर जितेका व्यक्ति, चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रह्यो। कार्यक्रममा अस्पतालका सल्लाहकार डा. घिसुपनिखा प्रसिको, अध्यक्ष सुदिप श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर बृजेशराज घिमिरे, डा. तपेन्द्र अमात्य र सिइओ कपिल गौतमलगायतको विशेष उपस्थिति रहेको थियो। यो सर्भाइभर मिटमा “वंशाणुगत स्तन क्यान्सर” शीर्षकमा प्यानल डिस्कसन पनि गरिएको थियो। कार्यक्रममा वक्ताहरूले वंशानुगत रूपमा सर्ने ब्रेस्ट क्यान्सरबारे जनचेतना, प्रारम्भिक पहिचान, र जेनेटिक परीक्षणको महत्त्वबारे चर्चा गरे। कार्यक्रममा बाँच्न सफल क्यान्सर सर्भाइभरहरूले आफ्नो संघर्ष, आत्मबल…
विराटनगर – विराट मेडिकल कलेज शिक्षण अस्पताल र आन्दोलनरत स्वास्थ्यकर्मीहरूबीच चार बुँदे सहमति भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र अस्पतालका प्रशासकीय अधिकृत रामप्रसाद लुइँटेलको रोहबरमा भएको छलफलपछि सहमति गर्दै आन्दोलन स्थगित गर्ने निर्णय गरिएको हो। आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल प्रशासनबीच भएको छलफलपछि निम्न सहमति बुँदाहरूमा समझदारी बनेको छः स्वास्थ्य मन्त्रालयको पत्रानुसार पारिश्रमिक तथा सुविधा कार्यान्वयनका लागि पहल गर्ने सहमति भएको छ। यस सम्बन्धमा अस्पताल प्रशासनले सम्बन्धित निकायहरूसँग छलफल गरी आवश्यक व्यवस्था गर्ने सकारात्मक प्रतिबद्धता जनाएको छ। त्यस्तै, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीका गुनासोहरूलाई क्रमशः सम्बोधन गर्दै लैजाने र आन्दोलनका कारण प्रशासनले कुनै प्रकारको बदला वा पूर्वाग्रह…
झापा — व्यवसायी दुर्गा प्रसाईंको स्वामित्वमा रहेको बी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पताल, बिर्तामोडका मेडिकल अफिसरहरूले चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्। प्रशासनले बारम्बार माग बेवास्ता गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। मेडिकल अफिसरहरूले तलब बक्यौता, श्रमशोषण र जनशक्तिको अभावबारे पटक–पटक अस्पताल प्रशासनलाई जानकारी गराए पनि कुनै ठोस कदम नचालिएकाले आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गर्ने निर्णय गरेका छन्। आन्दोलनका क्रममा डाक्टरहरूले ओपीडी सेवा, वार्ड राउन्डलगायतका सेवा तत्कालका लागि बन्द गरेका छन्। तर, बिरामीलाई असहज नहोस् भन्ने उद्देश्यले आपतकालीन सेवा, आइसीयू, सीसीयू र एनआईसीयू भने निरन्तर सञ्चालनमा रहने जनाइएको छ। उनीहरूको प्रमुख मागमा चार महिनाको बक्यौता तलब तत्काल…
तम्घास – देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका अस्पताल शिलान्यास गरेको थियो । जसमा जिल्लाको चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाका दुई अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । पछिल्लो पटक चन्द्रकोट गाउँपालिका–६ मा बिहीबारदेखि आधारभूत अस्पताल सञ्चालनमा आएको हो । पालिका अध्यक्ष युवराज केसीका अनुसार गाउँपालिकाको विज्ञापनमार्फत एक र लुम्बिनी प्रदेशको छात्रवृत्ति करार एक गरी दुइजना एमबिबिएस् डाक्टरको व्यवस्था गरिएको छ । तुल्सीभक्त अर्जुन…
कैलाली- सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र धनगढीमा निजी अस्पतालहरूले श्रम शोषण र न्यून पारिश्रमिक दिएको आरोपमा स्वास्थ्यकर्मीहरूले दोस्रो दिन पनि धर्ना र आन्दोलन जारी राखेका छन्। उनीहरूले अस्पताल प्रशासनले कानूनी प्रावधान नमान्दै आफूहरूलाई न्यून तलबमा अत्यधिक काम गराइरहेको गुनासो गरेका छन्। स्टाफ नर्स आस्मा नेगीका अनुसार, उनीहरूको मुख्य मागमा करारमा मात्रै काममा नराख्ने, सक्कल शैक्षिक प्रमाणपत्र जबर्जस्ती राख्न नदिने, तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता दिने र पारिश्रमिक बैंकमार्फत मात्र उपलब्ध गराउने व्यवस्था लागू गर्नुपर्ने रहेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनको चेतावनी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंसिर २७ गते निर्णय गर्दै निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई…

