स्वास्थ्य डायरी

काठमाडौं – ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरी हुन भर्ना भएकी बिरामीको मृत्यु पश्चात् अस्पतालमा भएको सांघातिक आक्रमणप्रति एशोसियसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज नेपालले गम्भीर आपत्ति जनाएको छ। घटनाको विषयमा विज्ञप्ति जारी गर्दै एशोसियसनले उपचारसम्बन्धी कुनै पनि विमति विधिसम्मत तथा कानुनी प्रक्रियाबाट समाधान गर्नु पर्ने अधिकार हुँदाहुँदै अस्पतालजस्तो संवेदनशील स्थानमा प्रवेश गरी स्वास्थ्यकर्मीको ज्यानै लिने मनसायका साथ गरिएको आक्रमणले त्रास र आतंक सिर्जना भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्तो प्रकारको आक्रमण कुनै स्वभाविक असन्तुष्टि नभई पेशेवर गुण्डा परिचालन गरेर अस्पताल र स्वास्थ्यकर्मीमाथि क्षति पुर्‍याउने नियोजित तथा प्रायोजित हमला हो भन्ने हाम्रो बुझाइ छ।”…

विस्तृतमा...

काठमाडौं- ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरीको क्रममा मृत्यु भएकी ३४ वर्षीया मिनाश्री राईका सन्तानको पालनपोषण र शिक्षाको जिम्मा अस्पतालले लिने भएको छ। खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ की राईको सुत्केरीपश्चात अत्यधिक रक्तस्रावका कारण मृत्यु भएपछि आफन्तले अस्पतालमाथि लापरबाही गरेको आरोप लगाउँदै प्रदर्शन र तोडफोड गरेका थिए। सोमबार अस्पताल परिसरमा भीड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज र अश्रुग्याससमेत प्रयोग गरेको थियो। घटनापछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भयो। छलफलपछि अस्पतालले आफ्नो गल्ती स्वीकार गर्दै राईकी नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि सहयोग गर्ने सहमति जनाएको हो। साथै…

विस्तृतमा...

काठमाडाैं- फिजियोथेरापी आजको अवस्थामा केवल चोटपटकपछि गरिने साधारण व्यायाम मात्र होइन, शरीरमा देखिने हड्डी, स्नायु, मांसपेसी, सासप्रश्वास र पेल्भिकफ्लोरसम्बन्धी कमजोरी, पीडा वा असन्तुलनलाई वैज्ञानिक विधिबाट सुधार गर्ने अत्यावश्यक उपचार हो। आधुनिक जीवनशैली, लामो समय मोबाइल तथा कम्प्युटरमा बस्ने बानी, प्रसूति पछिका शारीरिक परिवर्तन, जेष्ठ नागरिकमा बढ्दो कमजोरी र खेलकुदमा देखिने चोटपटकका कारण फिजियोथेरापीको आवश्यकता दिनदिनै बढिरहेको छ। शरीरमा आएको समस्या औषधिमात्रले होइन, चलायमान राखेर, मांसपेसी तथा स्नायुको सही कार्यक्षमता फर्काइदिएकाले पनि यसको महत्व अझ बढेको हो। बीएण्डबी अस्पतालकी पेल्भीक फ्लोर फिजियोथेरापिस्ट अस्मु भट्टराई का अनुसार पिसाब, दिशा वा पाठेघरसम्बन्धी समस्या देखिनु पेल्भिक क्षेत्रमा कमजोरी आउनुको मुख्य संकेत हो। शरीरको माथिल्लो…

विस्तृतमा...

काठमाडौं– बिरामीको मृत्युलाई लिएर किस्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ । घटना कार्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

विस्तृतमा...

काठमाडौँ- देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार छ हजार ६६८ जनामा डेंगु पुष्टि भएको छ। सोही समयमा पाँच डेंगु संक्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा।गोकर्ण दाहालले जानकारी दिए। उनका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छैन। डेंगु संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा पुष्टि भएको छ। बागमतीमा एक हजार ६४९ जनामा डेंगु पुष्टि भएको छ। गण्डकी प्रदेशमा एक हजार ६३१, लुम्बिनीमा एक हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेशमा १३९ जनामा डेंगु पुष्टि भएको छ। चिकित्सकका अनुसार डेंगु…

विस्तृतमा...

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेर जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार अवस्थाबारे अवलोकन गरेकी छन्। अवलोकनका क्रममा उनले उपचाररत घाइतेहरूसँग प्रत्यक्ष भेटेर स्वास्थ्यस्थिति बुझिन्। भेटघाटका क्रममा मन्त्री गौतम निकै भावुक बन्न पुगिन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै आँसु झार्दै उनले भनिन्, “घाइतेहरूलाई हेर्दा साँच्चिकै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । सरकारको विरोध गर्ने वा चुनाव भाँड्ने काम नगर्नुस्, म अनुरोध गर्न चाहन्छु ।” स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएपछि भोलिपल्टै पहिलो औपचारिक भेटघाटका रुपमा टिचिङ अस्पताल पुगेकी मन्त्री गौतमले घाइतेहरूको उपचारमा कुनै कमी नभएको पाएको बताइन्।…

विस्तृतमा...

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जान लागेका छन्। भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पतीको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनीहरू सिंगापुर जाने तयारीमा रहेका हुन्। यसअघि नेपालमै उपचार भइरहे पनि पूर्ण रूपमा स्वास्थ्य सुधार नदेखिएपछि विदेशमा उपचार गराउने निर्णय गरिएको हो। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा केही दिनमै सिंगापुर प्रस्थान गर्नेछन्। उनले भने, “उहाँ थप उपचारका लागि सिंगापुर जाने तयारीमा हुनुहुन्छ। शीघ्र नै प्रस्थान गर्नुहुन्छ।” प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको थियो। स्वास्थ्यमा केही सुधार आएपछि उनी पार्टी बैठकमा समेत उपस्थित भएका थिए…

विस्तृतमा...

काठमाडौं- चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि ललितपुरस्थित किस्ट अस्पताल तनावग्रस्त भएको छ। आइतबारदेखि नै आक्रोशित आफन्तले सोमबार पनि प्रदर्शन गर्ने भएपछि किस्ट अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले अस्पताल परिसरलाई घेरेर राखेको छ । अस्पताल बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्य भेला भएका छन् । त्यहाँ शनिबार एकजना गर्भवतीको ज्यान गएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूले लगाएका छन् । अहिलेसम्म अस्पतालले संवादका लागि नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

विस्तृतमा...

काठमाडौं – नेपालमा नर्सिङ र चिकित्सा शिक्षा क्षेत्रलाई दिगो विकास र दक्ष जनशक्तिको सुनिश्चितताका लागि नयाँ नीति सुझाव प्रधानमन्त्री समक्ष पेश गरिएको छ। मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसन अफ नेपालले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई जलविद्युत् र पूर्वाधार सरह ‘राष्ट्रिय प्राथमिकता’ क्षेत्रको रूपमा घोषणा गर्न र आवश्यक सरकारी सहयोग प्रदान गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष एक राष्ट्रिय स्तरको नीतिगत सुझाव पेश गरेको हाे। एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले पेश गरेको उक्त प्रस्तावमा स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र आर्थिक दिगोपन सुनिश्चित गर्ने उद्देश्यले विभिन्न सिफारिसहरू गरिएका छन्। नेपालको अर्थतन्त्रलाई टेवा दिनका लागि एमबीबीएस कार्यक्रममा विदेशी विद्यार्थीहरूको भर्ना संख्या बढाएर…

विस्तृतमा...

काठमाडौँ – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहणसँगै मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता मजबुत बनाउन कर्मचारीलाई कडा निर्देशन दिएकी छन्। जेनजी आन्दोलनका घाइते तथा प्रभावित व्यक्तिहरूलाई निःशुल्क मनोसामाजिक परामर्श प्रदान गर्ने निर्णय पनि उनले सार्वजनिक गरेकी छन्। विज्ञहरूका सुझावका आधारमा प्रभावकारी परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर अघि बढ्ने उनको भनाइ छ। मन्त्रालयअन्तर्गतका शाखा तथा विभागहरूले नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सेवाका क्रममा नागरिकलाई अलमल्याउने वा ढिलाइ गर्ने कार्यलाई समेत भ्रष्टाचारकै रूपमा लिएर त्यस्ता गतिविधि नगर्न चेतावनी दिइन्। “कुनै पनि स्तरमा, कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्। आर्थिक वा प्रशासनिक रूपमा कुनै पनि गलत…

विस्तृतमा...