स्वास्थ्य डायरी

काठमाडाैं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा शपथ ग्रहण गरेपछि उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालिन्। पदभार ग्रहण गरेलगत्तै मन्त्री शर्माले आफ्नो पहिलो निर्णयको रूपमा आन्दोलनबाट प्रभावित घाइतेहरूसहित सबै व्यक्तिहरूका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. शर्मालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका थिए।

विस्तृतमा...

काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनलाई शपथ गराएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएकी डा. गौतमसँगै बब्लु गुप्ताले पनि युवा तथा खेलकुद मन्त्रीका रूपमा शपथ लिएका छन्। यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने गरी नाम सिफारिस भए पनि दुवैको शपथ रोकिएको छ। सुनारका पुराना काण्ड–विवाद सार्वजनिक भएपछि उनको शपथ स्थगित गरिएको र श्रेष्ठको शपथ रोकिएको कारण भने खुलाइएको छैन। अनुभवी स्वास्थ्य प्रशासक,…

विस्तृतमा...

दार्चुला- दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेकी हुन् । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी थिइन्। विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए । “अहिलेसम्म स्त्रीरोग विशेषज्ञ जिल्लाले पाएको थिएन्”, भट्टले भने, “अहिलेका कार्यालय प्रमुखले निकै मेहनतका साथ स्त्रीरोग विशेषज्ञ भित्र्याउनुभयो ।”अहिलेसम्म स्त्रीरोग विशेषज्ञ नहुँदा महिला, विशेष गरी गर्भवतीलाई उपचारमा कठिनाइ भइरहेको थियो । स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको दार्चुलामा स्त्रीरोग विशेषज्ञ आउनु…

विस्तृतमा...

काठमाडाैं- अनुभवी स्वास्थ्य प्रशासक तथा जनस्वास्थ्य विज्ञ डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने सम्भावना बलियो भएको छ। प्रधानमन्त्री शुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि गरेका छलफलमा उनको नाम उच्च प्राथमिकतासहित अघि बढाइएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार डा. शर्मा, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तासहित चार मन्त्रीको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको छ। उनीहरूलाई आजै दिउँसो २:३० बजे शपथ दिलाउने तयारी गरिएको छ।सिफारिसअनुसार शर्मा स्वास्थ्य तथा जनसंख्या, सुनार श्रम तथा रोजगार, गुप्ता युवा तथा खेलकुद र श्रेष्ठ भूमिसुधार मन्त्रालयका लागि प्रस्तावित छन्। डा. शर्मा नेपाल चिकित्सक सङ्घको पहिलो महिला अध्यक्ष, पूर्व स्वास्थ्य सचिव, प्रसूति तथा स्त्रीरोग…

विस्तृतमा...

एजेन्सी- बेलायतका वैज्ञानिकहरूले पहिलो पटक डिप्रेसनविरुद्ध प्रयोग हुने विभिन्न औषधिहरूलाई तिनका साइड इफेक्टका आधारमा वर्गीकृत गरेका छन्। ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित अध्ययनले ३० प्रकारका एन्टिडिप्रेसेन्ट औषधिहरूका १५१ अनुसन्धान विश्लेषण गर्दा ५८ हजारभन्दा बढी बिरामीमा उल्लेखनीय भिन्नता देखिएको बताएको छ। किङ्ग्स कलेज लन्डन र अक्सफर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले औषधि सेवनका पहिलो आठ हप्तामा देखिने स्वास्थ्य प्रभावहरूको अध्ययन गरेका थिए। परिणामले केही औषधिले तौल घटाउने, केहीले बढाउने र कतिले मुटु तथा रक्तचापमा असर पार्ने देखिएको छ। उदाहरणका रूपमा, एगोमेलाटिनले औसत २.४ किलोग्राम तौल घटाएको, जबकि म्याप्रोटिलिनले करिब २ किलोग्राम तौल बढाएको पाइयो। फ्लुभोक्सामाइनले मुटुको धड्कन सुस्त पार्ने र नोर्ट्रिप्टाइलीनले तीव्र पार्ने प्रभाव देखियो।…

विस्तृतमा...

विराटनगर – चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोग बढ्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। आफूखुसी र अपूरो डोजमा एन्टिबायोटिक सेवन गर्नाले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारीले देशभर जरो गाड्दै गएको उनीहरूको भनाइ छ। विराटनगरकी सरिता कार्कीले छोरालाई सामान्य खोकी र ज्वरो आउँदा फार्मेसीबाट किनेर दिएको एन्टिबायोटिकले पहिलोपटक निको पारे पनि दोस्रोपटक काम नगरेपछि उनी झसङ्ग भइन्। मोरङका ५५ वर्षीय रामबहादुर राईले पनि दाँत दुख्दा जथाभाबी एन्टिबायोटिक किन्ने बानीले गर्दा पछिल्लो समय औषधिले काम गर्न छाडेको बताए। यी उदाहरणहरूले मानिसहरू ‘छिटो निको हुने’ सोचले आफैँ चिकित्सक बन्ने प्रवृत्ति बढेको देखाउँछ। कोशी अस्पतालका बालरोग विभाग प्रमुख…

विस्तृतमा...

काठमाडौँ- प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि बरामद गरेको छ। काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए। उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम लगायतले सञ्चालन गरेको पाइएको छ । औषधि व्यवस्था विभागसँग समन्वय गर्दा ती औषधिहरू मापदण्ड विपरीत बिक्री गरिएको…

विस्तृतमा...

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लाका बिरामीका लागि मुख्य स्वास्थ्य केन्द्र मानिने डडेल्धुरा अस्पताल लामो समयदेखि चिकित्सकको अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचित हुँदै आएको छ। दरबन्दीअनुसार जनशक्ति नपुगेका कारण अस्पतालले प्रभावकारी सेवा दिन नसकेको सेवाग्राहीको गुनासो छ। संघीय सरकार मातहत संचालित यो अस्पतालमा दैनिक करिब ३०० बिरामी ओपीडीमा उपचारका लागि पुग्छन्। तर विशेषज्ञ चिकित्सक अभावका कारण सामान्य उपचारका केससमेत धनगढी वा अन्य शहरस्थित अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। यस अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि हाल केवल १ जना मात्र कार्यरत छन्। मेडिकल अधिकृत तहका चिकित्सकको संख्या पनि पर्याप्त नभएकाले सेवामा थप…

विस्तृतमा...

डोटी- जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डा. अरुण गुप्ताको असामयिक निधन भएको छ। गुप्ताको काठमाडौंमा निधन भएको बताइएको छ। विगत केही समयदेखि सुगर र मुटुसम्बन्धि समस्या रहेका उनको काठमाडौंमा मृत्यु भएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनको घरमै मृत्यु भएको हो। उनको मृत्युपछि स्वास्थ्यकर्मी, सेवाग्राही र स्थानीय समुदाय सबै शोकाकुल बनेका छन्। डा. गुप्ता लामो समयदेखि जिल्ला अस्पताल डोटीमा सेवा दिँदै आएका थिए। उनी बिरामीप्रति समर्पित, सरल र इमानदार चिकित्सकका रूपमा परिचित थिए।

विस्तृतमा...

काठमाडौं- पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको पहिलो बैठकले यो निर्णय गरेको हो। नेपाल नर्सिंङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्स प्रतिनिधि समेतको कार्यदल ७ वटै प्रदेशमा गठन गर्ने र सो कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको समितिका सदस्य डा अनुप बाँस्तोलाले जानकारी दिए । मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुख समेत रहेका डा. बाँस्तोलाका अनुसार सो कार्यदलले श्रेष्ठ…

विस्तृतमा...