स्वास्थ्य डायरी

दाङ- लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ। बुधवार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरुलाई यस्तो निर्देशन दिइएको हो। वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीले सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकलाई यस्तो निर्देशन दिइएको बताए। नियमानुसार नेपाल सरकारबाट नियुक्ति लिएका चिकित्सकहरूले निजि रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नपाइने प्रावधान छ। सोहीअनुसार बुधवार प्रदेशका सबै अस्पताललाई पत्र लेख्दै यस्तो निर्देशन गरिएको प्रशासक चौधरीले बताए।

विस्तृतमा...

डोटी- डोटीको जोरायल गाउँपालिका स्वास्थ्य क्षेत्रमा पहिलो भएको छ। स्वास्थ्य कार्यालय डोटीले गरेको मुल्यांकनमा ८३.९ अंक ल्याउँदै जोरायल गाउँपालिका पहिलो भएको हो। पहिलो भएको जोरायल गाउँपालिकाको स्वास्थ्य शाखालाई बिहिवार स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा दोसल्ला र प्रमाणपत्रका साथ पुरस्कृत गरिएको छ। गत आर्थिक बर्ष ०८१/८२ मा सम्पादित स्वास्थ्य क्रियाकलापको मुल्यांकन गरेर जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय डोटीले नतिजा सार्वजनिक गरेकोे हो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्टलाई सम्मान प्रदान गरेका हुन।

विस्तृतमा...

बागलुङ- सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, कोलेस्ट्रोल, उच्च रक्तचाप, सुगर र मुटुलगायतका औषधि नपाएको गुनासो गरेका छन् । तीन महिनाअघि थाइराइडको औषधि नपाएर रित्तो हात फर्किएकी तुलसी शर्माले मेडिकल पसलमा पुगेर औषधि लगिन । दोस्रो पटक अस्पताल आउँदा पनि उनले थाइराइडको औषधि पाइनन् । शर्मा प्रतिनिधिपात्रमात्रै हुन् । अस्पताल आउने बिरामीले परीक्षण राम्रो भए पनि औषधि नपाएको गुनासो गरिरहेका छन् । थाइराइड २५ र थाइराइड १२.५ को औषधि अहिले अस्पताल फार्मेसीमा उपलब्ध छैन । अस्पतालले…

विस्तृतमा...

म्याग्दी – बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ । आर्थिक वर्ष २०७८/७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो । प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो वर्ष शून्य बनाइएको नगरप्रमुख सुरत केसीले बताए । “बेनी नगरपालिकामा बसोबास गर्ने शतप्रतिशत गर्भवतीले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन्”,…

विस्तृतमा...

काठमाडौं- काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला केही दिनयता उपत्यकाका मुख्य सहर काठमाडौँ, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी ध्वनि निकाल्ने कम्तीमा पनि दुई सयभन्दा बढी मोटरसाइकलहरू नियन्त्रणमा लिइएको छ । भारी आवाज निकाल्ने मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख…

विस्तृतमा...

काठमाडौं- देशकै पहिलो स्नायु (न्यूरो) स्वास्थ्य सेवा प्रदायक संस्था उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्सेज (न्यूरो अस्पताल, बाँसबारी) ले अत्याधुनिक प्रविधि र उपकरणमार्फत सेवा विस्तार गरेको छ। स्व. प्रा. डा. उपेन्द्र देवकोटाको परिकल्पनामा १९ वर्षअघि स्थापना गरिएको यो अस्पतालले नेपालमा स्नायु सम्बन्धी उपचारमा नयाँ आयाम थप्दै अन्तर्राष्ट्रिय स्तरको सेवासुविधा प्रदान गर्दै आएको छ। मस्तिष्क, मेरुदण्ड, स्नायु र मांशपेशीजन्य रोगहरूको उपचारमा समर्पित यस संस्थाले हालै विश्वस्तरीय पाँच नयाँ प्रविधि सञ्चालनमा ल्याएको छ। अस्पतालका अनुसार, यी उपकरणले शल्यक्रियालाई थप सुरक्षित, सहज र जोखिममुक्त बनाउने उद्देश्य राखिएको छ। सबैभन्दा पहिले, स्टेल्थ-८ न्युरो नेभिगेशन सिस्टम ले मस्तिष्क र मेरुदण्डको भित्री…

विस्तृतमा...

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर प्रधानमन्त्रीले समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्य मन्त्रालयसमेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नर्सको आन्दोलनका विषयमा बुझ्न र तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् । देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने उनले बताइन् । स्वास्थ्य मन्त्रालयको निर्णयबमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनुपर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन् । मन्त्रालयले गत मंसिरमा सबै…

विस्तृतमा...

कैलाली – सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र धनगढीमा रहेका निजी अस्पतालविरुद्ध स्वास्थ्यकर्मीहरू श्रम शोषण र न्यून पारिश्रमिकका विरोधमा आन्दोलनमा उत्रिएका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिँदै सरकारले तोकेको पारिश्रमिक दर कार्यान्वयन गर्न माग गरेका हुन्। स्टाफ नर्स आस्मा नेगीका अनुसार, करार सम्झौता गरेर मात्रै काममा राख्ने, सक्कल शैक्षिक प्रमाणपत्र कार्यालयले राख्न नपाइने, तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता उपलब्ध गराउने र पारिश्रमिक बैंकमार्फत मात्र दिनुपर्ने माग राखिएको छ। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ मंसिरमा निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिन निर्देशन दिएको थियो। त्यसअनुसार न्यूनतम…

विस्तृतमा...

काठमाडौँ– नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस र डब्लूएचओको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीलाई मंगलबार श्रीलंकामा आयोजित कार्यक्रममा यो अवार्ड प्रदान गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार कोलाम्बोमा भइरहेको विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठकमा उक्त अवार्ड प्रदान गरिएको थियो। नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि डब्लूचओको दक्षिण–पूर्वी एसिया क्षेत्रले उक्त जनस्वास्थ्य च्याम्पियन अवार्ड नेपालका महिला स्वास्थ्यस्वयंसेविकालाई प्रदान गरिएको जनाइएको छ। सो सम्मानले नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले…

विस्तृतमा...

काठमाडाैं- भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवाको विस्तार गर्ने भएकाे छ । बुधबार विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसरमा विशेष कार्यक्रम आयोजना गरी भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवाको सशक्त विस्तार गर्ने प्रतिबद्धता जनाउँदै बीसीएच प्यालियटिभ केयर फन्ड स्थापना गर्ने घाेषणा गरेकाे छ । आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्न प्रयोग गरिने जनाइएकाे छ। कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष डा. उज्ज्वल चालिसेले जीवनको अन्तिम क्षणमा पनि माया, सहानुभूति र सम्मान पाउने अधिकार प्रत्येक व्यक्तिको हुन्छ भन्ने सन्देश दिए। ‘हामी केवल उपचार होइन, मानवताको सेवा गरिरहेका छौं। प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक जिम्मेवारी हो,’…

विस्तृतमा...