स्वास्थ्य डायरी

काठमाडौं– कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी भर्ना खुला गरेको छ। बिहीबार सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार रिक्त पदहरू पूर्ति गर्न अस्पतालले ४२ जनाको दरखास्त आह्वान गरेको हो। अस्पतालको पदपूर्ति समितिको निर्णयअनुसार आठौँ तहमा २४ जना मेडिकल अधिकृत, आठौँ तहकै एक जना बायोमेडिकल इन्जिनियर तथा पाँचौँ तहमा १७ जना स्टाफ नर्सका लागि आवेदन मागिएको छ। नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले रितपूर्वक आवेदन दिन सक्ने अस्पतालले जनाएको छ।

विस्तृतमा...

कठमाडौं- हरियो धनियाँ र काक्रोमा अत्याधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीमा बिहीवार केन्द्रिय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परिक्षणमा काक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो । विषादी परिक्षण अवशेषको रिर्पोट अनुसार भक्तपुरका किसान स्वस्थानि के.सीले ल्याएको धनियाँमा अर्गानो फोस्फेट विषादीको मात्रा ५५.२९ प्रतिशत भेटिएको हो । त्यसैगरी, नवलपरासीकी किसान कल्पना चौलागाईको काक्रोमा अर्गानो फोस्फेटको मात्रा ४६.५ प्रतिशत रहेको पाइएको हो । अर्गानो फोस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उक्त फलफूल वा तरकारी उपभोग योग्य मानिन्छ । ४५ प्रतिशत वा त्यभन्दा माथि विषादी भेटिएको…

विस्तृतमा...

चितवन – जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यही मङ्गलबारसम्म यहाँका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच हजार ४५३ जनाको नमुना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये २९० जना चितवनका हुन भने ९६ जना चितवन बाहिरका रहेका छन् । चितवनका १९५ जना महिला र ९५ जना पुरुषमा यो रोगको सङ्क्रमण देखिएको हो । साउनयता अस्पतालमा उपचारका लागि आएकामध्ये यो रोगको सङ्क्रमण जिल्ला बाहिरका २४ जना पुरुष र ७२ जना महिलामा देखिएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका रहेका…

विस्तृतमा...

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपाल कार्यालयले सिंहदरबारभित्र निर्माण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ प्रिफ्याब भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा डब्लुएचओको सहयोगमा बनेका प्रिफ्याब संरचना बुधवार मन्त्रालयलाई बुझाइएकाे हाे। एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम तथा मन्त्रालयका अधिकारीहरूलाई डब्लुएचओले भवन हस्तान्तरण गरेको हो। भवन हस्तान्तरणसँगै रामशाहपथस्थित पुरानो मन्त्रालयबाट आजदेखि नै सराइ प्रक्रिया सुरू भएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार आइतबारसम्ममा मन्त्रालयका अधिकांश सेवा–सुविधा सिंहदरबारभित्रैबाट सञ्चालन हुनेछन्। उनका अनुसार सो क्षेत्रमा सेनाका केही पुराना भवन पनि रहेका छन्। जसमा केहीमा मर्मत सम्पन्न भइसकेको छ भने बाँकी संरचनाको…

विस्तृतमा...

चितवन- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता बढेको छ । हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८० प्रतिशत १० वर्ष पुराना रहेकाले अभाव हुने चिन्ता थपिएको हो । संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने हाल सञ्चालनमा रहेका तीन हजार ३०० एम्बुलेन्समध्ये करिब ८० प्रतिशत १० वर्ष पुराना रहेका जानकारी दिए । उनका अनुसार तीमध्ये १० हाराहारी क वर्गका, १५० हाराहारी ख वर्गका र बाँकी ग वर्गका एम्बुलेन्स छन् । ग वर्गका ८० प्रतिशतभन्दा बढी एम्बुलेन्स १० वर्ष पुराना रहेका उनले बताए । लामिछानेका अनुसार ग वर्षका ८० प्रतिशत हाराहारी एम्बुलेन्स…

विस्तृतमा...

काठमाडौं– विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह नेपालमा पनि मनाइँदैछ । सप्ताह मनाउने क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आज भिडियो सन्देश दिँदै जथाभावी औषधिको सेवन नगर्न आग्रह गरेकी छन् । मन्त्री डा गौतमले चिकित्सकले लेखेको औषधि पूर्ण डोजमा र आवश्यक मात्रामा खान अनुरोध गर्दै अनावश्यक जथाभावी औषधि, एन्टिबायोटिक औषधि र एन्टिमाइक्रोबियल औषधि सेवन नगर्न आग्रह गरिन् । उनले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको जथाभावी प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्स भन्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधि सेवन नगर्न आग्रह गरिन्। सन्देशमा मन्त्री डा. गौतमले उपचारका क्रममा सामान्य औषधिले नछोएर एन्टिबायोटिक र अन्य…

विस्तृतमा...

तनहुँ- जिल्लाको व्यास नगरपालिका–१४ स्थित केशवटार आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि यहाँका दुई व्यक्तिले पाँच रोपनी १२ आना जग्गा दान गरेका छन् । स्थानीय अमृता आले र नरबहादुर थापाले करिब रु चालिस लाख बराबरको जग्गा दान गरेका हुन् । पहिलो चरणमा एक ढलानको चारकोठे सुविधा सम्पन्न भवन निर्माणको लागि काम सुरु गरिएको कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिए । व्यास नगरपालिकाको सहयोगमा रु २५ लाख बजेट विनियोजनपश्चात् भवन निर्माणका लागि शिलान्यास गरी काम अघि बढाइएको कार्यवाहक वडाध्यक्ष आलेले बताए । उनले भने,“वडा कार्यालय परिसरमा रहेको एक भवनबाट काम चलाउ किसिमले स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छौँ ।” विसं २०७२…

विस्तृतमा...

काठमाडौं- सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सिंहदरबारमा मंगलबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको जानकारी दिइएको छ। यसअघि सो पदमा कार्यरत डा. पुकारचन्द्र श्रेष्ठ अवकाश भएपछि पद रिक्त भएको थियो। त्यस्तै, बैठकले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ।

विस्तृतमा...

काठमाडौँ- नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ। लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ। लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधि व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिए। यसअघि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छ।

विस्तृतमा...

बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको १ हजार २०० शय्या क्षमता भएको आधुनिक अस्पताल भवन निर्माण तीव्र गतिमा चलिरहेको छ। प्रदेशका नागरिकलाई सहज, स्तरीय र व्यापक उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित अघि बढाइएको यो परियोजना लुम्बिनी प्रदेशको ‘गौरव’ आयोजनाका रूपमा पहिचान भएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार १४ महिनामा भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत पुगेको छ। १५ भदौ २०८१ मा तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेपछि ११५ वर्ष पुरानो संरचना हटाइएर नयाँ अत्याधुनिक अस्पतालको निर्माण सुरु गरिएको हो। ठेकेदार कम्पनीले शिफ्ट प्रणालीमै दिनरात काम गर्दै आएको छ। आयोजना प्रमुख इन्जिनियर छविराज पोखरेलका अनुसार बजेट…

विस्तृतमा...