स्वास्थ्य डायरी

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशका आठवटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तथा कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै स्वास्थ्य उपचारमा कुनै पनि भेदभाव नराखी स्वास्थ्य उपचारलाई दिगो र प्रभावकारी बनाउन निर्देशन दिए । उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउनसमेत मुख्यमन्त्री यादवले निर्देशन दिए । जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र सहज रूपमा हुने व्यवस्था मिलाउन आवश्यकता रहेको उल्लेख गरे । उनले सरकारी अस्पतालमा आवश्यक जनशक्ति,…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको निर्देशिका मन्त्रीस्तरबाट २०८२ मङ्सिर १४ गते स्वीकृत भएको हो । निर्देशिका कार्यान्वयनले जलवायु परिवर्तन र नयाँ सङ्क्रामक रोगको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसैगरी नसर्ने रोगको शीघ्र पहिचानका लागि समुदायमा देखिने अनपेक्षित जनस्वास्थ्य घटना र सङ्क्रामक रोगहरूको तत्काल पहिचान गर्नाका साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक र सामाजिक अगुवामार्फत स्वास्थ्य संस्थामा २४ घण्टाभित्र द्रुत सूचना प्रवाह गर्ने उल्लेख छ । यस्तै,आधुनिक ‘डिजिटल’ प्रणालीमार्फत तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने,…

विस्तृतमा...

काठमाडौँ – जाडो याम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाडो याममा रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग (हाइपोथर्मिया) का लक्षण देखिने बिरामीको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । पछिल्ला वर्ष जाडो यामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पुर्‍याउने र दम तथा क्यान्सर जस्ता दीर्घ रोगको जोखिम बढाउने गरेको मन्त्रालयको भनाइ छ । विशेष गरी बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घ रोगीहरू जाडो याममा बढी जोखिममा रहने…

विस्तृतमा...

काठमाडौँ- काठमाडौँ महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ । जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गरे। उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद गरिएको हो । उपप्रमुख डङ्गोलले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताइन् । “माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ । आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि वञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ”,…

विस्तृतमा...

काठमाडौँ– सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्य बीमातर्फ रकम हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले तीन जनालाई दोषी ठहर गर्दै जनही दुई वर्ष कैद सजाय सुनाएको छ। साथै अदालतले उनीहरूबाट २४ लाख रुपैयाँभन्दा बढी विगो तथा जरिवाना असुल गर्न आदेश दिएको छ। अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार फैसला सुनाएको हो। फैसला अनुसार प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) तृप्ती शाही, र कुमारी बैंक का एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर विरुद्ध रकम हिनामिनाको अभियोग सिद्ध भएको ठहर भएको छ। अदालतले ठहर गरेको कुल विगो रकम…

विस्तृतमा...

काठमाडौँ- विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदैछन् । तर यकिन तथ्याङ्क आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्यले बताए । शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्ने मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । डा.बज्राचार्यका अनुसार मृगौला केवल रगत सफा गरेर पिसाब बनाउने काम मात्र गर्दैन, यसले शरीरमा नुनको मात्रा, ब्लड प्रेसर, हेमोग्लोबिन र भिटामिन डीको सन्तुलन कायम राख्छ । ‘मृगौलाको काम रक्त फिल्टर मात्र होइन, शरीरको ब्लड प्रेसर र इन्डोक्राइन फङ्क्सनलाई पनि नियन्त्रण गर्ने हो,’ डा. बज्राचार्यले…

विस्तृतमा...

काठमाडौँ- जाडोयाममा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र विभिन्न रोगहरूको जोखिम बढ्ने गर्छ। विशेषगरी यस मौसममा रुघाखोकी, ज्वरो र घाँटी दुख्ने समस्या बढी देखिने भएकाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनु आवश्यक हुन्छ। विज्ञहरूका अनुसार दैनिक खानपानमा समावेश गरिने पोषक तत्त्वहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछन्। आहारमा केही विशेष खानेकुराहरू समावेश गरेमा जाडोयाममा हुने रोगहरूबाट बच्न सकिन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन बेसारलाई प्रभावकारी मानिन्छ। बेसार ओस्टियोआर्थराइटिस र रुमेटोइड आर्थराइटिसजस्ता समस्यामा इन्फ्लेमेटरी औषधिको रूपमा वर्षौँदेखि प्रयोग हुँदै आएको छ। विज्ञहरूका अनुसार बेसारमा पाइने कर्क्युमिन नामक तत्त्वले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ। जाडोमा दूधमा बेसार मिसाएर पिउनु फाइदाजनक हुन्छ। अदुवालाई पनि जाडोयाममा…

विस्तृतमा...

काठमाडौँ- गएको सेप्टेम्बरको अन्तिम सातातिर दुखाइ निवारक औषधि पारासिटामोलबारे विश्वव्यापी बहस चर्किएको थियो। सेप्टेम्बर २३ मा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भावस्थामा पारासिटामोल सेवन नगर्न महिलाहरूलाई सल्लाह दिएपछि यसको प्रयोग र असरबारे अन्तर्राष्ट्रिय स्तरमै प्रश्न उठेका थिए। तर हालै सार्वजनिक भएको एक नयाँ विस्तृत रिपोर्टले गर्भावस्थामा पारासिटामोल सेवन गर्ने र बच्चाहरूमा अटिजम वा एडीएचडी (ध्यान अभाव तथा अतिसक्रियता विकार) विकास हुने जोखिमबीच कुनै ठोस सम्बन्ध फेला नपरेको देखाएको छ। व्यापक अध्ययनहरूको विश्लेषणपछि डाक्टरहरूको टोलीले पारासिटामोललाई खतरनाक औषधिको रूपमा नदेखिएको निष्कर्ष निकालेको हो। पारासिटामोल विश्वमा सबैभन्दा बढी प्रयोग हुने दुखाइ कम गर्ने औषधि मानिन्छ। अमेरिकामा मात्रै…

विस्तृतमा...

म्याग्दी- तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताए । भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको उनले गुनासो गरे । भवन…

विस्तृतमा...

नुवाकोट- लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । लायन्स क्लब इन्टरनेशनका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुङ्गाना र परियोजना संयोजक एवं ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र उपाध्यक्ष वीरबहादुर तामाङलगायतलाई सो सामग्री हस्तान्तरण गरेको हो । शिवपुरी–५, चालिसेस्थित अस्पतालमा लायन्स क्लब अन्तरराष्ट्रिय फाउण्डेशनका साथै ‘लायन्स क्लब अफ ओमकार’ र ‘लायन्स क्लब अफ मिडटाउन’ को सहयोगमा ती सङ्कलित ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

विस्तृतमा...